बालबिवाह र लागु औषध दुव्र्यसनी विरुद्ध हिमशिखरमा सडक नाटक प्रर्दशन


जुम्ला । तातोपानी गाउँपालिकाले बालबिवाह विरुद्धको अभियान संचालन भएको छ । पाँच वर्षभित्र तातोपानीलाई बालबिवाहमुक्त र बालमैत्री बनाउने पञ्चवर्षिय रणनीति अनुसार सामाजिक कुरिती विरुद्धको अभियान चलाइएको हो । सोमबार तातोपानीको हिमशिखर मावि विद्यालयमा बालबिवाह,लागु औषध दुव्र्यसनी विरुद्ध   र न्यायीक समितिको भुमिकाका विषयमासडक नाटक प्रर्दश गरिएको छ । बालविवाह,बहुविवाह,लागु औषध दुव्र्यसनीले पर्ने असर,कानुनी दण्ड सजायका विषयमा नाटक मार्फत जानकारी गराइएको छ ।

सामाजिक संजालको दुरुपयोगकै कारण लागु औषध दुव्र्यसनी र बालबिवाह बढ्दो त्यसलाई रोक्न सामाजिक शसक्तिकरण र सेचतना विकासलाई पहिलो प्रथामिकता दिएर गाउँगाउँ तथा विद्यालयमा सडक नाटक प्रस्तुत गरिएको तातोपानीका अध्यक्ष नन्द प्रसाद चौलागाईले बताए ।

तातोपानीका उपाध्यक्ष रेवती रावलले जनतासंग उपाध्यक्ष कार्यक्रम अन्तरर्गत सामाजिक सशक्तिकरणको क्षेत्रमा काम गरिने बताईन् । सडक नाटकका माध्यमबाट ग्रामिण क्षेत्रमा विद्यमान बालबिवाह,बहुविवाह,लागु औषधदुव्र्यसनी अन्त्यका लागि गाउँगाउँमा अभियान चलाईने उल्लेख गरिन् ।

आगामी पाँच वर्षमा बालबिवाहमुक्त गाउँपालिका बनाउने लक्ष्य अनुसार विभिन्न गतिविधि काम अघि बढाइएको प्रमुख प्रशासकिय अधिकृत तिर्थ बहादुर कठायतले जानकारी दिए ।

सडक नाटकमा जुम्लाका स्थानीय कलाकार,पुर्ण प्रसाद चौलागाई,राजकली महत,मान बहादुर कुँवर,नवराज नेपाली र अर्जुन महतारा,लगायतको अभिनय रहेको थियो । भुरिचुला मिडिया प्रालीको सहजीकरण तथा तातोपानी गाउँपालिकाको आयोजनामा सडक नाटक प्रर्दशन गरिएको हो ।

प्रकाशित मिति : २०८० बैशाख २५ गते सोमवार
प्रतिक्रिया दिनुहोस