सरकार विरूद्ध बोल्यो कि कारबाहीको धम्की दिने र मुख थुन्ने प्रयास हुँदैछ: अध्यक्ष ओली

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध कोही बोले कारबाहीको धम्की दिने र मुख थुन्ने प्रयास भइरहेको आरोप लगाउनुभएकाे छ ।

बिहीबार च्यासलस्थित पार्टी मुख्यालयमा केन्द्रीय कमिटीको बैठकको सुरुमा बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । भ्रष्टाचारको विरुद्धमा कोही बोले उसलाई कारबाहीको धम्की दिएर आतंकित बनाउने काम पनि भइरहेको उहाँकाे भनाइ थियाे ।

सरकार विरूद्ध बोल्नु भएका सांसद अमरेश कुमार सिंहलाई सरकारले धम्की दिइएको उहाँकाे तर्क छ ।कसैले एउटा उजुरी हालिदियो भने यसले त भ्रष्टाचार गरेकै रहेछ भनेर कराउने र परपीडिक खालको मानसिकता समाजमा बनिराखेको अध्यक्ष ओलीकाे भनाइ थियाे ।

प्रकाशित मिति : २०८० बैशाख २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस