मुगु हिमपहिरो अपडेटःउद्धारमा ढिलाई भएपछि सांसद लामाद्धारा गृहमन्त्री श्रेष्ठको ध्यानकर्षण


जुम्ला । मुगु र हुम्लाको सिमानामा हिमपहिरोमा पुरिएका जुम्ला पातारासीका व्यक्तिको खोजी कार्यलाई तिब्र वनाउन प्रतिनिधिसभा सांसद छिरिङ ल्यामु लामा तामाङले गृहमन्त्रीको ध्यानाकषर्ण गराउनु भएको छ । उहाँले विहिवार गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर मुगु हिम पहिरोमा पुरिएका तीन जनाको खोजी कार्यका लागि ढिलाई भएको भन्दै ध्यानाकर्षण गराउनु भएको हो । सांसद लामाले गृहमन्त्री श्रेष्ठलाई भेटेर उद्दारको बिषयमा लेखिएको ध्यानाकर्षण पत्र दिएको बताउनुभयो

गत वैशाख २२ गते मुगु र डोल्पाको सिमा नजिक यार्सागुम्वा टिप्न गएका जुम्लाका १५ जना नागरिक मध्य ३ जना हिम पहिरोमा परि हाल सम्म वेपत्ता भएकोले उद्दारमा सक्रियता बढाउन गृहमन्त्रीको ध्यानकर्षण गराइएको सांसद लामाको भनाई छ ।

हिम पहिरोबाट वच्न सफल अन्य ९ जना व्यक्तिहरु घर फर्कि सकेका छन् । हिजो पाचौ दिन उद्दार टोली घटना स्थल गएर हिउँले पुरिएका व्यक्तिको खोजी गर्दा भेटएिका छैनन् । उद्दारटोली त्यस क्षेत्रमा भारी हिउँ भएका कारण वस्न नसकी हिडेर छापाखोला फर्केर ६ दिन भईसक्दा वेपत्ता मानिसको शव फेला नपर्दा जुम्ला पातारासी गाउँपालिका तल्फी गाउँ र आफन्तहरु, शोकमा छन् ।

त्यसैले हिम पहिरोमा परि वेपत्ता भएका जुम्ला पातारासी गाउँपालिका २ का ४२ बर्षिय तारासिंह सार्की, ३८ बर्षिय पूर्णसिंह सार्की, वर्ष ३६ का विर वोहराको खोजी कार्यमा तिब्रता दिन माग गरिएको उहाँको भनाई छ ।

भेटमा गृहमन्त्री नारायाण काजी श्रेष्ठले घटनाको थप अपडेट गरेर उद्दारमा कुनै कसुर नराखी अगाडि बढ्ने बताउनुभयो । मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर बस्नेतका अनुसारले घटनास्थलमा हिउ परिरहेकाले जिल्लाको २१ जनाको सुरक्षाटोली सिरानचौरमा क्याम्प खडा गरेर बसेको छ । घटनास्थलमा साथमा गएका दुई जना कर्णसार्की र प्रकाश सार्की विरामी भएपछि घर पठाईएको उहाँको भनाई छ ।

गत वैशाख २२ गते यार्सागुम्वा टिप्न गएका पातारासी गाउँपालिका २ तल्फि गाउँका ३ जनालाई हिउपरोले पुरेको घटनास्थलबाट जोगिएर फर्किएका कर्ण सार्कीले बताउनुभयो । उहाँका अनुसार मुगु र हुम्लाको सिमाना च्यार्खु लेकनजिक आफुरु हिडिरहेको समयमा हिमपहिरो आएको थियो । हिम पहिरोले १२ जना जोगिन सफल भएका थिए । अहिले नेपाल प्रहरी र शशस्त्रका ११ जना सुरक्षाकर्मी सो क्षेत्रमा गएका छन् ।

 

प्रकाशित मिति : २०८० बैशाख २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस