सामुदायिक विद्यालय सुधारका लागि हिमा गाउँपालिकामा दुईदिने बृहत्त पढाई मेला

जुम्ला । सरकारले सामुदायिक विद्यालय सुधारका लागि वर्षेनि करोडौ लगानी गरेपनि अपेक्षित उपलब्धी हुन सकेको छैन् । सरकारी लगानी उपलब्धी विहिन बन्दै छ । नेपालको संविधानले माध्यमिक तहसम्मको शिक्षा अनिवार्य र निशुल्क हुने व्यवस्था गरेको छ ।

शैक्षिक,प्रशासनिक तथा भौतिक अबस्था कमजोर भएकै कारण सामुदायिक विद्यालयमा विद्यार्थी टिकाउनै मुस्किल छ । नीजि विद्यालय प्रतिको बढ्दो आर्कषणले सरकारी लगानीका सामुदायिक विद्यालयहरु रित्तिदैछन् । स्थानीयतहमा सामुदायिक विद्यालयमा विद्यार्थी बढाउन ठोस कार्यक्रम पनि छैनन् ।

यदपी,सरकारी विद्यालयमा विद्यार्थी टिकाउन छात्रबृत्तिदेखि दिवा खाजा कार्यक्रम सरकारले सञ्चालन गरेको । भने संघियता पछि अपेक्षित रुपमा शैक्षिक क्षेत्रको उन्नयका लागि नीति र लगानी भएको पाईदैन् । भने, सामुदायिक विद्यालयको व्यवस्थापनसंगै शिक्षा पनि कमजोर हुने,व्यवहारिक शिक्षाकोे अभाव र मुलतःशिक्षक,अभिभावक र विद्यार्थीहरुनै जिम्मेवार तथा कर्तव्यनिष्ट नहुँदा सामुदायिक विद्यालयको शैक्षिक स्तर खस्कीदै गएको छ ।

जसका कारण स्थानीयमा नीजि विद्यालय प्रतिको आर्कषण बढ्दै गएको छ । जसका कारण सामुदायिक विद्यालयमा लगानी बढेपनि अपेक्षित रुपमा उपलब्धी हासिल हुन सकेको छैन् ।

तर जुम्लाको हिमा गाउँपालिकाले नीजि विद्यालय प्रतिको आर्कषण घटाउन,सामुदायिक विद्यालयको शिक्षालाई व्यवहारिक एवम् जीवन उपयोगी बनाउन,विद्यालय सुधारका लागि शिक्षक,अभिभावक र विद्यार्थीलाई जिम्मेवार बनाउने उदेश्यले जिल्लाकै पहिलो बृहत्त पालिकास्तरीय पढाई मेलाको आयोजना गरेको छ ।

गणतन्त्र दिवसका अबसरमा हिमा २ कोईरेली स्थित हिमा आधारभुत विद्यालयमा आयोजित दुई दिने पढाई मेलामा पालिकाका सात वडाका सात विद्यालययले विभिन्न शैक्षिक स्टल प्रर्दशन गरेका छन् । जसमा स्थानिय स्रोत साधनको प्रयोग गरी निर्माण गरेका कृषि तथा उद्यमशीलता सामाग्री,विषयगत पठन सामाग्री निर्माण,विद्यार्थीहरुले आफै निर्माण गरेका सृजनात्मक सामाग्रीहरु –कथा कविता,निवन्ध,गित, त्यस्तै,चित्रकला,हस्तकला सम्बन्धी सामाग्री,विद्यालय स्तरमा बनेका शैक्षीक सामाग्री लगायत विभिन्न स्टलहरु प्रर्दशनी गरेको हिमा आधारभुत विद्यालयका प्रधानाध्यापक महेश रावलले बताए ।

उनका अनुसार प्रेरक भनाई,देउडा गित,निवन्धन,बक्तृत्वकला,हाजिरी जवाफ,नृत्य र कम्पयुटर टाईपिङ प्रतियोगिता समेत गराइएको छ । भने बाह्य ज्ञान प्राप्तीका लागि मेमोरी गेम समेत खेलाईएको थियो ।

जेठ १४ र १५ गते दिन सम्म संचालित पढाई मेलामा शिक्षक,विद्यार्थी अभिाभावको उत्साहजनक सहभागिता रहेको थियो । ईच्छा शक्ति भएको खण्डमा सामुदायिक विद्यालयको शैक्षिक अबस्था सुधारमा कुनै कठिनाई नहुने सन्देश हिमाले पढाइ मेला आयोजना गरेर दिएको छ ।
सामुदायिक विद्यालय सुधारमा हिमाको जोड
जुम्लाको हिमा गाउँपालिकाले सामुदायिक विद्यालयको शैक्षिक,प्रशासनिक र भौतिक संचरनाको विकासमा सुरुवाती देखिनै जोड दिदै आएको छ ।

अध्यक्ष लक्ष्मण शाहीको नेतृत्व पाएसंगै हिमाले सामुदायिक विद्यालयमा डिजिटल हाजिरीदेखि फ्रि वाईफाई जडान गर्ने,सरकारी विद्यालयमा बालबालिकाको पहुँच बृद्धि गर्ने,व्यवहारिक शिक्षामा जोड दिदै आएको हो ।

पढाई मेला सामुदायिक विद्यालयको शैक्षिक सुधार गर्ने एक अस्त्र हो । अध्यक्ष शाही भन्छन,“विद्यार्थी शिक्षक अभिभावक बीचका ज्ञान सिप अनुभव आदान प्रदान गर्ने,स्थानीय स्रोत साधनबाट विभिन्न सामाग्री बनाउन विद्यार्थीलाई प्रेरित गर्ने,पठन सिपको विकास,सिकाई उपलब्धी हासिल गर्न तथा सामुदायिक विद्यालयको शिक्षा सुधार गर्न पढाई मेला गरेका हौ ।

मेलालाई सामुदायिक विद्यालयको शिक्षा सुधार गर्ने नयाँ अभ्यासका रुपमा हेरेका छौ । यस्ता कार्यक्रमले सामुदायिक विद्यालय प्रति नागरिकको सकरात्मक धारणा विकास हुने समेत अपेक्षा छ ।”
उनका अनुसार मेलाकै अबसरमा गाउँपालिकाको शिक्षा नीति–२०७९ समेत विमोचन गरिएको छ ।

पालिकाभर रहेका २३ वटा सामुदायिक विद्यालयकै शैक्षिक अबस्था सुधार गर्न,बालबालिकाको पहुँच बृद्धिका लागि शिक्षा नीति काशेढुंगा सावित हुने अपेक्षा गरिएको अध्यक्ष शाहीको भनाई छ ।

जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले सामुदायिक विद्यालयको सुधारका लागि हिमाले गरेको काम अनुसरण योग्य रहेको बताए । भौतिक विकासले मात्र समाज रुपान्तरण सम्भव नहुने तथ्यलाई आत्मसाथ गर्दै हिमाले शैक्षिक क्षेत्रमा गरेको अनुकरण्ीय कामलाई जिल्लाभर लागु गर्ने पर्नेमा जोड दिए ।

प्रमुख जिल्ला अधिकारी जय कुमार घिमिरले सामुदायिक विद्यालयको खस्कीदो शैक्षिक शिक्षा अबस्था सुधार गर्न तथा बालबालिकाको पहुँच बृद्धिका लागि नीति निर्माण र लगानी बृद्धिमा स्थानीय सरकारले ध्यान दिनुपर्ने बताए । उनका अनुसार हिमा सरकारले शिक्षा क्षेत्रमा गरेको काम प्रशासंशा योग्य छ ।

पाठ्यपुस्तकको ज्ञान संगै विद्यार्थीलाई बाहिरी ज्ञानमा पनि पोख्त बनाई भविष्यमा दक्ष जनशक्ति बनाउन रचनात्मक,प्रयोगात्मक कार्यक्रममामा पालिकाले जोड दिने हिमाकी उपाध्यक्ष सुर्पना शाहीले बताईन् ।

उनले सामुदायिक विद्यालय प्रतिको भ्रम चिर्न र बालबालिकाको पहुँच बृद्धि गर्न हिमाले लगानी बढाउने उल्लेख गरिन् । पढाई मेलामा पालिकाभरका अभिभावक,शिक्षक तथा विद्यार्थी सहित जिल्ला स्थित सरोकारवालाहरु गरी करिब २ हजारबढीले मेलाको अवलोकन गरेका छन् ।

प्रकाशित मिति : २०८० जेष्ठ १५ गते सोमवार
प्रतिक्रिया दिनुहोस