जुम्ला ः कर्णाली प्रदेश सरकारले प्रहरी निरीक्षक धर्मराज जोशीलाई पुरस्कृत गरेको छ । १६ औँ गणतन्त्र दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी निरीक्षक जोशीलाई मुख्यमन्त्री राजकुमार शर्माले ५० हजार रुपैयाँ नगद र प्रमाणपत्रले पुरस्कृत गरेका हुन् ।
व्यवसायिक एवं निष्ठापूर्वक काम गरेको, विभिन्न मितिमा उद्दारमा खटिएर धेरैको ज्यान बचाएको र सम्पत्तिको सुरक्षा गरेको भन्दै सरकारले जोशीलाई सम्मान गरेको हो ।
प्रदेश सरकारले कर्णाली प्रदेशमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल प्रहरीमध्येबाट मूल्यांकन गरेर निरीक्षक जोशीलाई पुरस्कृत गरेको हो । जोशी १३ महिनादेखि जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत छन् । यस्ता किसिमका सम्मानले थप काम गर्ने हौसल्ला मिलेको र जिम्मेवारी बनाएको प्रहरी निरीक्षक जोशीले बताए ।
प्रकाशित मिति : २०८० जेष्ठ १६ गते मङ्गलवार