जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले २०८० को वर्षलाई बालविवाह मक्त अभियान वर्ष घोषणा गरेको छ । सामाजिक सञ्जालको दुरुपयोग,अशिक्षा,गरिबी,देखासिकीका कारणले बढ्दै गएको बालविवाह रोक्न हिमाले अभियाननै संचालन गर्ने भएको छ ।
बालविवाह मुक्त वर्ष अभियान अन्तरर्गत हिमाका ७ वटै वडाका विभिन्न कार्यक्रम संचालन हुने छन् । जसअन्तरर्गत पहिलो कार्यक्रम पालिकाभरी रहेका धामी झाँक्रीको प्रतिबद्धता लिइएको छ । महिला तथा बालबालिका शाखाद्धारा शुक्रबार आयोजित बालविवाह न्युनिकरणका लागि धामी झाँक्री,पुरोहितको भुमिका विषयमा अन्तरक्रियामा २०८० को बालविवाह मुक्त वर्षलाई सफल पार्न,वडाको सिफारिस तथा जन्मदर्ता हेरेर मात्रै लगन दिन,र बालविवाहमुक्त पालिका घोषणा गर्र्ने लक्ष्यमा दृढताका साथ लाग्ने भन्दै पालिकाभरीका ३८ जना धामी,झाँक्री र पुरोहितले प्रतिबद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।
धामी लालभक्त अधिकारीले भने,“पहिला अहिलको जस्तो कानुन थिएन् । जनचेतना पनि पाएनौ । देखासिकी पारिबारिक दबाबमै सानैमा विवाह गर्यौ । त्यसको असर भोक्दै छौ । अधिकांश लगन धामीलेनै दिने भएकोले २० वर्ष नपुगेका,वडाको सिफारिस नभएकालाई लगन नदिन्े विषयमा सबै धामी झाँक्री दृढ छौ । बालविवाह हुन नदिने भनेर प्रतिबद्धतापत्रमा समेत गरिसकेका छौ ।”
त्यस्तै धामी गारेनाथले पनि वडाको सिफारिस बिना अब लगन नदिने प्रतिबद्धता गर्नुभयो । समाजमा देवीदेवताको लगनबिना विवाह नगर्ने चलन रहेकोले धामीहरु निर्मम भएर अघि बढे बालविवाह रोकिने उहाँको भनाई छ ।
गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर नेपालाई सन् २०३० सम्म बालबिवाहमुक्त बनाउने लक्ष्यनुसार हिमाले गाउँबस्ती बालबिवाहमुक्त गर्ने अभियान चलाएको बताउनुभयो । एक वर्षभित्र पालिकालाई बालबिवाहमुक्त बनाउने उहाँको दाबी छ । यदपी,थुप्रै चुनौतीका बीच पनि बालविवाह न्युनिकरण,सरसफाई तथा स्वच्छता र पालिकाका २१ वटै गाउँमा एकघर एकधारो निर्माणलाई पहिलो प्रथामिकता दिने उल्लेख गर्नुभयो ।
बालबिवाह न्युनिकरणको पहिलो अस्त्रका रुपमा धामी झाँक्रीलाई अघि सारिएको छ । बालविवाहमुक्त पालिका घोषणा गर्ने अभियानमा अटेरी गर्नेलाई सेवासुविधाबाट बन्चित गर्नेदेखि कारबाहि सम्म गरिने अध्यक्ष शाहीको चेतनावी छ ।
प्रमुख प्रशासकिय अधिकृत रण बुढाले हिमालाई जुम्लाकै पहिलो बालबिवाहमुक्त पालिका घोषणा गर्ने गरी यूवा,नागरिकसमाज,धामी झाँक्री,महिला,जेष्ठ नागरिक,राजनीतिक दल सबैसंग सहकार्य गरी विभिन्न कार्यक्रम मार्फत अभियान चलाईने बताउनुभयो ।
महिला तथा बालबालिका शाखा प्रमुख राज्यलक्ष्मी रावलले गरिबीका कारण बालबिवाह बढ्दै गएकोले विपन्न समुदाय पहिचान गरी जनचेतनासंगै उत्पादनमुलक कार्यक्रम ल्याउनु पर्ने बताउनुभयो ।
जिल्लामा हाल सम्म बालबिवाहको एकिन तथ्यांक कतै छ । जनस्वास्थ्य कार्यालय जुम्लाको दुई आव पहिलाको तथ्यांक अनुसार जुम्लाका ८ सय ६० किशोरी २० वर्ष नपुग्दै आमा बनेका थिए । यो तथ्यांकले पनि समुदायमा बालबिवाह बढ्दै गएको पृष्टी गर्छ ।