जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले एक पुरुषलाई सामाजिक सुरक्षा (विदुर) भत्ता दिने नीति ल्याएको छ । यहाँका आठ स्थानीयतह मध्य नौलो नीतिका रुपमा एक पुरुषलाई बिदुर भत्ता उपलब्ध गराउने नीति ल्याएको अध्यक्ष लक्ष्णम बहादुर शाहीले बताउनुभयो ।
आगामी आर्थिक वर्ष २०८०÷०८१ मा कार्यान्वयन हुने गरी एक पुरुषलाई पनि भत्ता दिने नीति ल्याएका हौ । उहाँले भन्नुभयो,“कर्णालीमा एक पुरुषलाई भत्ता दिने नीति निर्माण र कार्यान्वयनको अभ्यास भएको पाईदैन् । तर हिमाले ५० वर्ष माथि र ५९ वर्षमुनिका एक पुरुषलाई विदुर भत्ता उपलब्ध गराउने नीति लिएको छ । यो कार्यक्रमले एकल पुरुषहरुलाई राहत महसुश गराउने छ ।”
नीति तथा कार्यक्रमको बुँदा नं. ५५ मा एक पुरुषलाई सामाजिक सुरक्षा तथा स्थानी सरकारको अनुभुति दिलाउन विदुर भत्ता उपलब्ध गराउने नीति उल्लेख छ । एकल पुरुषलाई भत्ता दिने सामाजिक सुरक्षा अन्तरर्गत आठैतहमध्य नयाँ नीति ल्याएको हिमाले कृषि,शिक्षा,स्वास्थ्य तथा पूर्वाधारलाई विशेष प्रथामिकता दिएको छ ।
साथै आगामी आवदेखि कार्यान्वयन हुने गरी हिमा सात वटै वडामा सम्भावना र उत्पादनका आधारमा कृषि तथा पशुपालन पकेट क्षेत्र निर्धारण गर्ने नीति समेत ल्याइएको छ । जुन नीतिलाई हिमाका किसानले स्वागत समेत गरेका छन् । १४ औँ गाउँसभाबाट बहुमतले पारित समेत भएको छ ।
नीति तथा कार्यक्रम बुँदा नंं. ३४ मा हिमा ६ वटै वडालाई पकेट क्षेत्र घोषणा गर्ने उल्लेख छ । जसअन्तरर्गत हिमा वडा नंं. १ मा धान पकेट क्षेत्र,आचार्यलिहिलाई तरकारी पकेट क्षेत्र,वडा नं २ को ओदिलाई आलु र लसुन पकेट क्षेत्र तथा वडा नं ३ लाई स्याउ ओखर र फलफुल पकेट क्षेत्रका रुपमा विकास गरिने नीति लिइएको हिमाकी उपाध्यक्ष सुर्पना शाहीले बताउनुभयो ।
त्यस्तै,हिमा वडा नं.४ र ७ लाई गहुँ पकेट क्षेत्र, हिमा वडा नं. ६ को पाथरखोलालाई मौरी पकेट क्षेत्र र हिमा वडा नं. ५ को बुअ र बाजागाडालाई भेडा,सिमि,स्याउ पकेट क्षेत्रका रुपमा विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ ।
उत्पादन तथा सम्भावनाका आधारमा सात वटै वडामा पकेट क्षेत्र निर्धारण तथा आबश्यक बजेट लगानी गरी गरीबी न्युनिकरण,उत्पादन बृद्धि,रोजगारी सृजना,टेवा पुराउने हिमाको लक्ष्य छ ।
त्यस्तै बाताबरण जोगाउन ग्रिन रिभर,ग्रिड रोड ग्रिन हिमा,सार्वजानिक सव सेवा संचालन,एक घर एकधारा,एक शौचालय,व्यवहारिक तथा गुणस्तरीय शिक्षा,रैथानेबाली प्रर्बद्धन लगायतको नीति हिमाले ल्याएको छ ।
यदपी,पकेट क्षेत्र निर्धारण,एकल पुरुषलाई भत्ता,एकघर एकधारा एक शौचालय लगायतका जनताका आबश्यकतामुखी नीति तथा कार्यक्रममा कति बजेट विनियोजन भएको छ भन्ने खुलाइएको छ ।
आगामी आवका लागि हिमाले ३९ करोड ९७ लाख ८४ हजारको डल्लो बजेट मात्रै सार्वजानिक गरेको प्रमुख प्रशासकिय अधिकृत रण बहादुर बुढाले बताउनुभयो । उहाँका अनुसार डल्लो बजेट आएपनि वडामा,विषयगत क्षेत्र तथा शाखामा बजेट बाडफाँड गर्न बाँँकी रहेको जानकारी दिए ।