जुम्लाका ४५ जना खेलाडी सहभागी हुने

जुम्ला ः साफ च्याम्पियनसिप २०२३ को नेपाली राष्ट्रिय टिमका लागि जुम्लाबाट खेलाडी छनौट गरिएको छ । जिल्ला फुटबल संघ जुम्लाले अण्डर १६ र १९ उमेर समुहका खेलाडी छनौट गरेको हो ।
०८० साउन १६ गतेदेखि २० गतेसम्म अण्डर १६ र साउन २६–३० गतेसम्म अण्डर १९ उमेर समूहको अन्तिम छनौट अखिल नेपाल फूटबल संघ (एन्फा ) ले काठमाडौँमा गर्नेछ । उक्त प्रतियोगितामा खेलाडी सहभागी गराउनका लागि जुम्ला एन्फाले अण्डर १६ उमुह समुहका २८ र अण्डर १९ उमेह समुहका १८ जना गरी ४५ जना खेलाडी छनौट गरेको हो ।
अण्डर १६ समुहमा विवेक गिरी, वसन्त भक्री, दिपक नेपाली, सबिन खत्री, आर्यान सुनार, बिधान शाही र अनुप खत्रीलाई छनौट गरेको फुटबल संघ जुम्लाका महासचिव दिपेन्द्र हमालले बताए । उनले भने यस्तै विवश रोकाया, शैलेन्द्र कठायत, विश्वास सिंह रावत, सुजल सिंह मल्ल, भरत धरला, सन्तोष रावल, मिलन नेपाली, धर्मराज परियार, ओम सेजुवाल, मनिस रावल, संदेश खत्री र किशोर बुढा छनौटमा परेका छन् ।
नबिन अधिकारि, कृष्ण बुढा, निराजन नेपाली, बिशाल बुढथापा, संजीव गिरी, खगेन्द्र भक्री, प्रवेश बुढथापा र पुष्कर भण्डारी गरी जम्मा २७ जना खेलाडी छनौटमा परेको जिल्ला फुटबल संघ जुम्लाले जनाएको छ ।
अण्डर १९ उमेर समुहका खेलाडीमा महेश नेपाली, बिकास बुढा, सन्तोष नेपाली, महि गुरुंग, तेन्जिंग गुरुंग, धुर्ब जंग शाही, जीवन अधिकारी, संजोग मल्ल, नबिन रेग्मी र बिरेन्द्र रावत छनौटमा परेको एन्फा जुम्लाका अध्यक्ष भरत बुढ्थापाले बताए । उनले भने हिमाल नेपाली, शंकर कामी, प्रेम नेपाली, सुदर्शन कठायत, भैर सार्की, बिशाल गुरुंग, रोहित गुरुंग र महेन्द्र गुरुङ्ग गरी १८ जना खेलाडी छनौटमा परेका छन् ।
यस्तै भदौँ १५ देखि २५ गतेसम्म भुटानमा अण्डर १६ र असोज ४ गतेदेखि १३ गतेसम्म अण्डर १९ उमेर समुहको साफ च्याम्पियनसिप खेल प्रतियोगिता हुने एन्फा जुम्लाका अध्यक्ष बुढ्थापाले बताए ।

प्रकाशित मिति : २०८० साउन १४ गते आइतवार
प्रतिक्रिया दिनुहोस