जुम्ला । हिमा गाउँपालिका–५ निवासी ५० वर्षिया छुमकली रावतका करिब चार दशक खोलाकै दुषित पानी पिउदैँ र बोक्दै बित्यो । शुद्धपानी त परै जावस गाउँमा स्रोत भएर पनि गाउँसम्म पानी ल्याउने लगानी नजुट्दा खोलाको पानी बोक्न र पिउनु पर्ने छुमकलीको बाध्यता थियो ।
व्यवस्था फेरिएपनि उमेर पनि पचास वर्ष काट्यो तर खोलाकै पानी पिउनु पर्ने बाध्यता छुटेको थिएन् । छुमकली भन्छन,“(सुष्वा) परियोजना र हिमा गाउँपालिकाको लगानीमा शुद्ध पानी घरघरमा पुग्दा खुसी छु । खोलाको पानी बोक्ने बाध्यता मात्र हटेन् । शुद्ध पानीले स्वास्थ्य पनि सुरक्षित हुने आशा जाग्यो ।”
धाराको पानी नखाई मरिजाउला सुच्या छियाँ । कस्तो भाग्य घरघरै धारा पुग्या । विकास भुन्या यहि त रैछ । बाजागाँडा गाउँकी ७० वर्षीया बुझी रोकायाले भनिन,“खोलाको पानी बोक्दै वर्षौं बित्यो । गाउँमा धारा नहुँदा बिहान ४÷५ नबज्दै गाग्री बोकेर खोला जानुपर्ने कष्ट थियो । अहिले घरघरै धारा पुग्या जात्ती खुसी छु ।”
पानीका निकै दुःख भोगेका हिमाका दलवीर रावत पनि घरमै धारा पुग्दा निकै उत्साहित छन् । उनी भन्छन,“गाउँमा धारा मात्र नभई सुख,सुविधा पुग्यो । अब खानेपानीका दुःख हुने छैन् । खोलाको पानी खानु पर्ने,घण्टौ हिड्नु पर्ने बाध्यता सदाका लागि अन्य भयो ।”
घरघरमा धारा पुग्दा छुमकली रावत र बुझी रोकाया,दलवीर रावत मात्र हैन हिमा गाउँपालिकाका ७ सय ७६ घरधुरीका हजारौ नागरिक उत्साहित छन् । उनीहरुले घरमा धारो पुग्दा उत्सव मनाएका छन् । संरचनाको दिगो व्यवस्थापन, सदुपयोग र संरक्षण गर्ने बाचा पनि गरेका छन् ।
नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हक अन्तरर्गत धारा ३५ को उपधारा ४ मा प्रत्यक नागरिकलाई स्वच्छ र सफा खानेपानी तथा सरसफाईमा पहुँचको हक हुने उल्लेख छ । कुनै पनि नागरिक शुद्ध खानेपानीको पहुँचबाट बन्चित नहुनु भन्ने संविधानको परिकल्पना हो । सोही अनुसार तीनै तहका सरकारले खानेपानीमा नागरिकको पहुँच बृद्धि गर्न काम गर्नु पर्ने हो ।
संघियता कार्यान्वयन साढे ६ वर्ष बित्दा स्रोत भएर पनि कर्णालीका स्थानीयतहले खासै खानेपानी विकासको क्षेत्रमा उल्लेखीय काम गरेको देखिन्न । विकासका नाममा सडकलाई मात्र प्रथामिकता दिएको देखिन्छ । नागरिकको आधारभुत आबश्यकता भित्र पर्ने,खानेपानीको विकासमा अधिकांश स्थानीय तहको अझै ध्यान पुग्न सकेको छैन् ।
एकैवर्षमा हिमाका ७७६ घरमा धारो
जुम्लाको हिमा गाउँपालिकाले संविधानमा उल्लेखीत नागरिकको स्वच्छ खानेपानी पाउने हकको प्रत्याभुति दिलाउन खानेपानी विकास,वाताबरण संरक्षणमा प्रथामिकता दिदै काम आएको छ ।
सोही अनुरुप बितेको एकै वर्षमा हिमाका ७ सय ७६ घरधुरीमा एकघर एक धारो निर्माण भई नागरिक शुद्ध पानीको पहुँचमा पुगेका छन् ।
जसअन्तर्गत फिनील्याण्ड सरकार यूरोपियन यूनियनको सहयोगमा सञ्चालित सबैका लागि दिगो खानेपानी सरसफाई तथा स्वच्छता आयोजना (सुस्वा)को लगानी र पालिकाको समन्वयमा तीन गाउँमा र पालिकाको आफ्नै लगानीमा ६ वटा गाउँमा एकघर एकधारो पुगेको हो ।
सुस्वा परियोजनाद्धारा हिमा ५ बावागाडाका गाउँका १३६ घरधुरी,वडा नं.१ बड्की गाउँका १ सय ६६ घरधुरी र वडा नं. ६ को डाडाबाडा गाउँका ७४ घरधुरीमा एकघर एकधारा पुगेको सुस्वा परियोजना संयोजक सुमित्रा शाहीले बताईन् । उनका अनुसार तीन गाउँका २ हजार ४ सय १९ जनसख्या आयोजनाबाट लाभान्वित भएका छन् ।
त्यस्तै हिमा गाउँपालिकाको आफ्नै लगानीमा पाँच वर्षभित्र ७ वडाका २१ वटै बस्तीमा एकघर एकधारा निर्माण गर्ने लक्ष्य लिएको छ ।
जस अन्तरर्गत बितेको एक वर्षमा हिमा वडा नं. ४ का सानो चिउडी गाउँका २६ घरधुरी,खेतुका ८३,सिम्तलीका ५८,जार्जीका ८४,तलिकुडुका १२८ घरधुरीमा एकघर एकधारो पुगेको गाउँपालिका खानेपानी संयोजक दर्शन उपाध्यायले बताए । उनका अनुसार वडा नं. ७ को ठुलो चिउडी गाउँका ८३ घरधुरीमा समेत पानी पुगको छ ।
सुस्वा परियोजनाकाे लगानी मार्फत हिमाका ३७६ र पालिकाको लगानीमा ४ सय घरधुरीमा गरी जम्मा बितेको एक वर्षमा ९ गाउँका ७ सय ७६ घरधुरीमा एकघर एकधारा पुगेको छ । पालिकाभरका घरमा धारा पुराउने हिमाकाे लक्ष्य छ । खानेपानीका क्षेत्रमा हिमाले गरेको विकास जिल्लामै अनुसरण योग्य छ ।
खानेपानीमा करोडौको लगानी
सुस्वा परियोजनाले हिमा तीन गाउँमा ३ सय ७६ घरधुरीमा एकघर एकधारो पुराउन झण्डै २ करोड ३६ लाख ७ हजारबढी बजेट खर्चिएको छ । जसमा बाजागाडा गाउँमा ७५ लाख ८९ हजार १ सय ६० रुपैया,बड्की गाउँमा १ करोड ११ लाख ६६ हजार १ सय ९७ रुपैया र डाडाबाडा गाउँमा १६ लाख ९ हजार २ सय ८३ रुपैया खानेपानी विकासका लागि लगानी गरेको छ ।
त्यस्तै परियोजनाले हिमा आधारभूत विद्यालयमा ६ लाख ७७ हजार ९ सय ३०,कैलाश आधारभूत विद्यालयमा १७ लाख ७२ हजार ६८७,कालिका माध्यमिक विद्यालयमा २२ लाख ८१ हजार ६२२ रुपैया तीन विद्यालयको सुविधायुक्त शौचालय निर्माणका लागि लगानी गरेको परियोजना संयोजक शाहीले जानकारी दिईन् ।
यता हिमा गाउँपालिकाले घरघरमा धारा पुराउन ३ करोड ७६ लाख लागतको बृहत्त हिमा खानेपानी आयोजना सञ्चालन गरेको हिमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रण बुढाले बताए । सोही बजेट अन्तरर्गतनै गत वर्ष ६ गाउँका घरघरमा धारा पुगेका हुन् ।
खानेपानी र वाताबरण संरक्षण प्रथामिकतामा
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले पाँचभित्र हिमालाई शुद्ध खानेपानी युक्त पालिका घोषण गर्ने लक्ष्य राखिएको बताए । पालिकाको र सुस्वाको संयुक्त लगानीमा हिमाका सबै बस्तीमा शुद्ध खानेपानी,घरआँगन सफा,वाताबरण संरक्षणका क्षेत्रमा नमुना देखिने काम गर्ने अध्यक्ष शाहीको प्रतिबद्धता छ ।
उनले भने,“चुनावी घोषणापत्रनुसारनै हिमामा जनताको हितमा काम गर्दै छौ । स्रोत भएर पनि नीति र लगानी अभावले नागरिक खानेपानीबाट बन्चित भएको विद्यमान समस्या तथा संविधानका हक अधिकारलाई मध्यनजर गर्दै खानेपानी विकास र वाताबरण संरक्षणमा ध्यान केन्द्रित छ । मेराे कार्यकालमा हिमाका सबै बस्तिमा धारा पुग्छ ।”
हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाही
ग्रिन रिभर,ग्रिन हिमाको नीतिलाई समेत खानेपानी विकाससंग जोड्दै काम गर्दै छौ । वाताबरण बिना खानेपानी विकास असम्भव भएकोले पाँच वर्षमा ५ लाख विरुवा रोप्ने समेत लक्ष्य लिइएको शाहीले उल्लेख गरे ।
अध्यक्ष शाहीले थपे,“पानी मानव जीवन संग जोडिएको विषय हो । हामीले सडक बाटोलाई मात्र हेरेर हुन्न । जनताको आबश्यकता एउटा विकास अर्कै गर्नुको औचित्य छैन् । त्यसैले खानेपानीमा प्रथामिकता दिएर अन्य क्षेत्रलाई पनि संगसंगै अघि बढाउदैँ छौ ।”