जुम्ला । कर्णाली प्रदेशको हिमाली जिल्ला जुम्ला कृषि,पर्यटन,संस्कृति संगै जडिबुटिको पनि प्रचुर सम्भावना भएको जिल्ला हो । जडिबुटिमा आत्मनिर्भर साविक कर्णालीका मुगु,डोल्पा,हुम्ला र जुम्लाका हिमाली भेगका नागरिकको मुख्य आयस्रोतनै जडिबुटि हो । जडिबुटिबाटै साविक कर्णालीका नागरिकले वर्षभरी पुग्ने आम्दानी पनि गर्छन् । यदपी,उपयुक्त मुल्य नपाउने समस्या विद्यमान नै छ । तर किसानको मुख्य आयस्रोतको माध्यमनै जडिबुटि बनेको छ ।
जुम्लाको पातारासी र गुठिचौर गाउँपालिकाका नागरिकको आम्दानीको स्रोतनै जडिबुटि संकलन र विक्री हो । कर्णालीको जडिबुटि विशेष गरी दक्षिणमा भारत र उत्तरमा चिनसंग बढी निर्यात हुने गर्छ । वितेका दुई वर्षमा जडिबुटि संकलन राम्रो भएपनि कोरोनाका कारण चीन र भारताका नाका बन्द भएपछि किसान कौडीको भाउमा जडिबुटि बेच्न बाध्य भए । पछिल्लो वर्षमा भने जडिबुटिबाट किसानले राम्रै लाभ लिने देखिन्छ ।
कर्णालीका विभिन्न पाटनमा यार्सागुम्बा,घुच्ची च्याउ,रातो च्याउ, कुड्की लगायत २२ प्रकारका बहुमुल्य जडिबुटि पाईन्छन् । बहुमुल्य जडिबुटि कौडीको भाउमा बेच्नु पर्ने किसानदेखि व्यापारीको बाध्यता छ । कर्णालीमै जडिबुटि प्रशोधन उद्योग छैन् । राज्य जडिबुटि सम्बन्धी ठोस नीति पनि बनाउन सकेको छैन् । सिधै किसानले बेच्न पाउने,मुल्य तोक्न पाउने स्थिती छैन् । जसका कारण किसानबाट सस्तोमा किन्ने र केहि फाईदा खाएर व्यापारीले अन्तराष्ट्यि बजामा बेच्ने गर्दै आएका छन् । यहीनै कर्णालीको जडिबुटिको व्यापार पद्धती हो ।
ज्यान दाउमा राखेर किसानले जडिबुटि संकलन गरेपनि राज्यको ठोस नीति नहुँदा घाटा खाएरै बेच्नु पर्ने विगतदेखिको बाध्यता रहेको जडिबुटि व्यापारीहरु मिन कठायत बताउँछन् । उनका अनुसार कर्णाली प्रदेश सरकारले आफ्नै प्रशोधन उद्योग सञ्चालन गरेको खण्डमा जडिबुटिले उपयुक्त मुल्य पाउन सक्छ ।
जडिबुटिको संरक्षण,व्यवस्थित संकलन,उपयुक्त मुल्य र बजारीकरणमा राज्यले नीति बनाएको खण्डमा कर्णालीको आर्थिक समृद्धी र जीविकोपार्जनको जडिबुटिबाटै सम्भव रहेको उद्योग वाणिज्य संघका अध्यक्ष पुरीचन्द्र देवकोटा बताउँछन् । उनका अनुसार पछिल्ला वर्ष जडिबुटिको संरक्षणमै चुनौती छ । जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामध्ये तातोपानी, गुठिचौर र पातारासी गाउँपालिकाका विभिन्न पाटनमा सबै भन्दा धेरै जडिबुटी पाइन्छ ।
जडिबुटि कर्णाली समृद्धीको स्रोत भएकोले यसको संरक्षण र कर्णालीमै प्रशोधन गर्न ध्यान दिनु जरुरी छ । जुम्लाबाट सबैभन्दा बढी धुपी,सचेक चिनि, तितेपाती बढी मात्रामा निर्यात हुने गरेको छ । भने अन्य चिराइतो,सुनपाती,पाखनबेद,सुगन्धवाल,विषजरा,बोझो,अतिस,पदमचाल,गुच्ची च्याउ,अमलवेद,रातो च्याउ,वन लसुन लगायत २२ प्रकारका जडिबुटि निर्यात हुने गरेका छन् ।
चार वर्षमा ७९७ टन निर्यात
जुम्लाबाट मात्रै बितेको चारम झण्डै ८ सय टन जडिबुटि निर्यात भएको छ । डिभिजन वन कार्यालय जुम्लाको चार वर्षको तथ्यांक अनुसार आव २०७६÷७७ देखि आव ०७९÷८० सम्मको तथ्यांकलाई हेर्दा जुम्लाबाट ७ सय ९७ टन ५५ क्वीईन्टल जडिबुटि जुम्लाबाट निर्यात भएको देखिन्छ ।
जसअन्तर्गत आर्थिक वर्ष २०७६÷७७ मा १ सय ८५ टन ३७ क्वीईन्टल जडिबुटि निर्यात भएको थियो । भने आव ०७७÷७८ मा २ सय २ टन जडिबुटि निर्यात भएको डिभिजन वन कार्यालय जुम्लाका सूचना अधिकारी खड्क बहादुर महतले बताए ।
त्यस्तै आव ०७८÷७९ मा भने १ टनले घटेर मा २ सय १ टन जुम्लाबाट राष्ट्यि तथा अन्तराष्ट्यि बजारमा निर्यात भयो । भने गत आव ०७९÷८० अहिले सम्मकै धेरै मात्रामा २ सय ९ टन १९ क्वीईन्टल जडिबुटि निर्यात भएको सूचना अधिकारी महतले जानकारी दिए ।
विगत दुई वर्षमा कोरोनाका कारण जडिबुटि त्यति धेरै संकलन नभएको कारणले पछि आव ०७९÷८० मा उत्साहजनक रुपमा जडिबुुटि निर्यात भएको हो । चार वर्षमा ७ सय ९७ टन ५५ क्वीईन्टल जडिबुटि निर्यात हुँदा जुम्लामा कति आर्थिक भित्रियो भन्ने तथ्यांक कतै छैन् । किनकी,मुल्य एकरुपता छैन् । व्यापारीहरुले किसान संग समझादारीमै कतैबढी कतै कम दिएर जडिबुटि खरिद गर्छन् ।
वन कार्यालयले जडिबुटिको मात्रानुसार निर्यातका लागि राजश्व संकलन गर्ने तर कति रुपैया बराबरको निर्यात भयो भन्ने तथ्यांक आफुसंग नहुने डिभिजन वन कार्यालयका जुम्लाका प्रमुख दिनेशजंग शाहीले बताए । उनले जडिबुटि कर्णाली समृद्धीको स्रोत भएकोले यसको संरक्षण र कर्णालीमै प्रशोधन गर्न ध्यान दिनु जरुरी छ । जुम्लाबाट सबैभन्दा बढी धुपी,सचेक चिनि, तितेपाती बढी मात्रामा निर्यात हुने गरेको छ । भने अन्य चिराइतो,सुनपाती,पाखनबेद,सुगन्धवाल,विषजरा,बोझो,अतिस,पदमचाल,गुच्ची च्याउ,अमलवेद,रातो च्याउ,वन लसुन लगायत २२ प्रकारका जडिबुटि निर्यात हुने गरेका छन् ।
१ करोड ४१ लाख राजश्व संकलन
जडिबुटि विक्रीबाट जुम्लाका किसानले एकिन कति कमाए,जिल्लामा कति आर्थिक भित्रियो भन्ने तथ्य विवरण नभएपनि जडिबुटि संकलन तथा निर्यात र काठको गरी बितेको चार वर्षमा झण्डै डेढ करोड राजश्व संकलन भएको छ ।डिभिजन वन कार्यालय जुम्लाको विवरण अनुसार चार वर्षमा जडिबुटि निर्यातबाट १ करोड ४१ लख ३५ हजार ८ सय रुपैया राजश्व संकलन भएको छ ।
जसमा आव २०७६÷७७ मा ३२ लाख ५ हजार, आव ०७७÷७८ मा २९ लाख ७४ हजार ४ सय ४० रुपैया राजश्व संकलन भएको थियो । त्यस्तै, आव ०७८÷७९ मा २०१ टन जुटिबुटि निर्यात बापत ३५ लाख ५८ हजार ८ सय ५० र गत आर्थिक वर्ष २०७९÷८० मा २ सय ९ टन जडिबुटि निर्यात बापत ४६ लाख ९६ हजार ९ सय ४३ रुपैया राजश्व संकलन भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी खड्क बहादुर महतले जानकारी दिए ।
वन कार्यालयले जडिबुटिको मात्रानुसार निर्यातका लागि राजश्व संकलन गर्ने तर कति रुपैया बराबरको निर्यात भयो भन्ने तथ्यांक आफुसंग नहुने डिभिजन वन कार्यालयका जुम्लाका प्रमुख दिनेशजंग शाहीले बताए । उनले जडिबुटि कर्णाली समृद्धीको स्रोत भएकोले यसको संरक्षण र कर्णालीमै प्रशोधन गर्न ध्यान दिनु जरुरी छ । जुम्लाबाट सबैभन्दा बढी धुपी,सचेक चिनि, तितेपाती बढी मात्रामा निर्यात हुने गरेको छ । भने अन्य चिराइतो,सुनपाती,पाखनबेद,सुगन्धवाल,विषजरा,बोझो,अतिस,पदमचाल,गुच्ची च्याउ,अमलवेद,रातो च्याउ,वन लसुन लगायत २२ प्रकारका जडिबुटि निर्यात हुने गरेका छन् ।
विभिन्न २२ प्ररकारका बहुमुल्य जडिबुटि जुम्लामा पाईने भएपनि नीतिगत अप्ठयारा,उचित मुल्य नपाउनु,असहज बजार नीतिका बीच पनि जडिबुटिको व्यापार सिजननुसार फष्टाउदै गएको छ । जडिबुटिको संकलन निर्यात तथा सहज बजारीकरणका लागि तीनै तहका सरकारले दोहोरोपन नहुने नीति तथा प्रदेश स्तरमै ठुलो लगानीको प्रशोधज उद्योग स्थापना गर्न जुडिबुटि व्यापारीको माग छ ।