दलहरुका शिर्ष नेताहरुको चरित्र
नेपाल एक विकासोन्मुख भु–परिवष्टिक देश हो । यो देशको उत्तर दक्षिण आर्थिक र सामारिक रुपले सम्पन्न शक्तिशाली देश चीन र भारत रहेका छन् । नेपाल यी दई देशको विचमा रहेको छ ।त्यति मात्रै हाईन ,जन शक्तिका हिसावले चीन नेपाल भन्दा झण्डै करोडौले अगाडि छ । भारत पनि नेपाल भन्दा ६०÷७० करोडले अगाडि छ ।भारत विश्व मै सबै भन्दा ठुलो भुभाग भएको मुलुक हो । यी दुवै छिमेकी मुलुक आणबिक हतियार वा सामरिक रुपमा पनि विश्वकै चीन चौथो र भारत आठौं स्थानमा पर्दछन् । यि दई शक्ति शाली मुलुकको विचमा नेपाल पर्द छ । यी दुवै देश विकसित मुलुकमा पर्दछन् भने नेपाल विकासन्मुख मुलुकमा पर्दछ । आधुनिकता र आधुनिक उत्पादनमा यि दुवै मुलुक नेपाल भन्दा ८०÷९० गुनाले अगाडि छन । यि दुवैको सहयोग,समर्थन र सहानुभुती विना नेपाल अगाडि बढनै सक्तैन । भारत उत्पादित सामान नेपालमा ८० प्रतिशत आयात हुन्छ । त्यस्तै गरि चीनबाट पनि सामान आयत हुन्छ । त्यसैले नेपाल निर्यातमुखी भन्दा आयातमुखी अर्थतन्त्रमा बाँचेका मुलुक हो ।त्यसैले नेपालको पालटिक्स पनि यी दुवै मुलुकको साहारामा चलेको पाईन्छ । त्यसैले नेपालका शासकहरु जहिले पनि सरकारमा आउने वा सरका बनाउने वित्तिकै उत्तर र दक्षिण भ्रमणको मेसो मिलाएका हून्छन् । नेपालमा लोकतन्त्र वहाली भएको १७ बर्ष र नयाँ संविधान २०७२ जारी भएको ९ बषर््ाको दौरानमा छ । लोकतान्त्रिक दल र यसका नेता कार्यकर्ताहरुले यसको दोहन चरम रुपमा गर्दा नेपाल अहिले गरिवीको ७ औ स्थान कटाउन थालेको छ । नेपालमा देश भन्दा व्यक्ति धनी हुने भएकाले देशको अधिनमा व्यक्ति हुनु पर्नेमा यँहा व्यक्ति वा निश्चित समुहको अधिनमा नेपाल हुन थालेको छ । शिषर््ा दलको शिर्ष नेताहरु जसरी भए पनि सत्ता,भत्ता र शक्ति आफनो बागडोरमा कसरी थमाई राख्ने ध्याउन्नमा अनेक खेल खेल्न भन्ने विषयमा मात्र चिन्ता गरि रहेको पाईन्छ , अर्को तिर यि शिर्ष दल कै कमि कमजोरीबाट विभिन्न ऐजेण्डाहरु खडा गरेर नयाँ उदाएका राष्टिय स्वतन्त्र पार्टी ,राप्रपा नेपाल, नेसपा,जनमत पार्टी लगायतका पार्टीहरु आगामी निर्वाचनको तयारी गरि रहको पाईन्छ । यि नयाँ उदाएका पार्टीहरु पुराना दलहरुका गलत कृयाकलाप र हर्कतहरुलाई क्यास गरेर उनीहरु अगाडि बढने रणनितिमा लागेका छन् । यिनीहरुले पनि मुलुकको वर्तमान स्खलित अवस्थालाई क्यास गरेर अगाडि बढने खासै सैद्धान्तिक र व्यवहारिक कार्यायोजना सार्वजनिक गर्न नसकेकोले मुलुक फण्डै फण्डा वा तिर्खि चौखाको खेलमा अडि रहेको छ । अहिले चरम अनियमितता,भ्रष्टा«चार ,राजनैतिक रुपमा भएका सगठित गतिविधी र आर्थिक दोहनलाई विरोधको रुपमा ऐजेण्डा उठाईएको छ ,तर वास्तविक रुपमा प्रतिपक्ष लगायत नयाँ उदाएका पार्टीहरुले समाधानको कानुनी , वैचारिक, सैद्धान्तिक र व्यवहारिक कार्य योजना बाहिर ल्याउन नसकेको अवस्था छ । समस्याहरुको उठान जसरी गरिएको छ ,त्यसको समाधान सहितको बैठान यिनीहरुमा पनि अभाव नै देखिएको छ । समस्या उठानका सस्तो लोक प्रिय नारामा मुलुक अहिले शासित भएको छ । नेपाली जनमास पनि त्यसैमा रुलमुलिएको पाईन्छ । गतव्य सहितको परिणाम ल्याउने कार्यक्रम अहिलेसम्म नआउदा वास्तवमा नेपालको पोलटिक्समा वैदेशिक शक्तिहरु खेली रहेका छन् । खासै भन्ने हो भने नेपालको पोलटिक्स विदेशको वातावरण अनुकुल भएको छ । उनीहरुले नेपाल र नेपाली नेताहरुको गरिवी र कमजोरीको फाईदा लिए रहेको पाईन्छ । यस्को उज्वलन्त उदाहरण अन्तराष्ट्रिय माफियाहरुले नेपाललाई ट्रान्जित प्वाईन्ट रुपमा प्रयोग गरि सुन लगायत तस्करीका सामानहरु नेपालको बाटो हुदै भारतीय बजारमा जानु, नेपालीहरु विचौलियाको रुपमा प्रयोग रहनु र शिर्ष दलका नेता,कार्यक्रर्ताहरुको नाम मिचिनु आदिले नेपाल अन्तराष्ट्रिय तस्करहरुको क्रिर्डा स्थल बन्नु हो । नेपाली दलहरु विशेष गरि लोकतान्त्र पछि सरकार सञ्चालनका जिम्मा पाएका पक्ष प्रतिपक्ष दलका नेता कार्यक्रर्ताहरु नक्कली भुटानी शरणर्थी( मानव तस्कर), सुन काण्ड,ललिता निवासको सार्वजनिक जग्गा अपचलन लगायत अपराधिक गतिविधीमा नराम्रै गरि मुछिएका छन् । तर उनीहरु बाहिर मिडियाँ जे भने पनि व्यवहारमा कानुनी प्रकृयामा आउन चाहेको पाइैदैन । उनीहरुले मुखमा राम राम वगालीमा च्छुरा जस्तै व्यवहार गरेर आफुहरु निर्दोष भएर उम्कीन खोजेको पाईन्छ । यिनीहरु तै ठिक मै ठिक भनेर प्रतिपक्षले संसद अबरुद्ध गर्ने सरकार खुलाउन वार्ता र बैठक बोलाएर ढाक छोपको सहमतिमा छानविन आयोग बनाउने अनि छानविन आयोग कै प्रतिवेदन लुकाउने जस्ता हर्कतमा नेपाली शिषर््ा दलहरु अहिलेसम्म गरि रहेका छन । छिनविन आयोग गठन गर्नु भन्दा यि दलहरुले नैतिक रुपमा आफना आफनो ठाउँबाट जिम्मेवारी छोडेर जो जोको नाममा अभियोग लाग्ने खालका विषयहरु बाहिर आएका छन् तिनीहरुले स्वा–घोषणा गरेर आफै अनुसन्धानको दायरामा आए,बरु यिनीहरुको ईज्जत बढन जान्छ की ?यती १७ ÷१८ बषर््ाको लोकतान्त्रिक अभ्यास र ८÷९ बर्ष कै छोटो संवैधानिक शासनकालमा नेपालका शिर्ष दलहरुका नेता कार्यकर्ताहरु बदनाम भई लोकतन्त्र उपर प्रश्न चिन्ह तेर्साउनु नितान्त गरै सैद्धान्तिक र गरै जिम्मेवार कार्य हो ।यस्ता गैर जिम्मेवार दल र तिनका नेताहरुलाई नेपाली जनताले कतिसम्म बोक्ने हो सोचनिय विषय भने नेपालको पोलटिक्स भएको छ ।अब नेपाली जनताले अहिलेको यथास्थितिलाई रोज्ने वा यसलाई चिरेर नयाँ अग्रगामी समृद्ध नेपाल बनाउ लाग्ने यसको जिम्मा नेपाली जनताक कै हातमा छ ।
नेपाल, नपाली जनता र कम्युनिष्ट चरित्रबारे ः
नेपालको कुल भुभाग मध्य १७ —१९ प्रतिशत भुभागमा निर्वाहमुखी कृषि खेती हुँन्छ । अरु सबै भुभाग उच्च हिमाली ,मध्य पहाड र सिवालिक पहाडले आगटेको छ । उत्पादनका दृष्टिकोणले नेपालको भुभाग १७—१९ प्रतिशतमा सिमित देखिन्छ । झण्डै ७९—८० प्रतिशत भुभाग आयतमुखी कृषि उत्पादनमा निर्भर देखिन्छ । नेपालको कृषि उत्पादन निर्वाहमुखि प्रणालीमा आधारित भएकै कारण दक्षिण भारतले नाकाबन्दी गर्दा नेपालका खाद्यन्न लगायत पेट्रालिय पदार्थ समेतका हाँहाकार हून्छ । अनि सरकार अनेकन तरिकाले दक्षिण तर्फ झुक्न बाध्य हून्छ । नेपाल ८०—९५ प्रतिशत जनता कृषिमा आश्रित भए पनि बैज्ञानिक खेती प्रणालीको विकास गर्न नसक्नु , परम्परावादी कृषि प्रणालीमा कृषकहरुका विश्वास रही रहनु आदि कारणले नेपालीहरु अति विपन्न , गरिव र मध्यम वर्गिय चरित्रका छन् । नेपालीहरुमा परआश्रित मानसिकता, रुढावादी सोचाई र ढुलमुले चरित्रले नेपाली अर्थ व्यवस्थाले उल्लेखनिय विकास हुन सकेको छैन । नेपालको कुल भुभाग मध्ये ७५—७९ प्रतिशत भुभाग हिमाल, पहाड र मध्य पहाडले ओगटेको छ । ती भुभागहरुमा पराम्परावादी तरिकाले खेती भई न्युन उत्पादन हुन्छ । भौगोलिक विकटता, दुर्गमता, अनउत्पादकत्व भुगागको बढोत्तर, सार्वजनिक जग्गा निजिकरण, व्यापार व्यवसायका लागि जग्गा पलटिङ्ख, बाझोपन ,पछौटेपन, अशिक्षा , गरिवी, पिछडिएका चिन्तन र सोचाई, राज्यको उपल्लो निकायहरुमा संस्थागत आर्थिक, राजनैतिक भ्रट्राचार , वर्ग—वर्ग र जात समुदाय वीचको विभेद त्यस भित्रको आर्थिक र सामाजिक शोषण ,विभेद र विसंगतिपुर्ण क्रियाकलापले नेपालमा आर्थिक विकासका अवरोधहरु बन्न पुगको छन् । अनि नेपाली जनताको गरिवी, अशिक्षा र परआश्रित मानसिकताबाट नेपालका राजनेताहरुले समुहगत अर्थात दलगत स्वार्थ लिई रहेकाछन् । अभाव र गरिवीको फाईदा नेपाली दलहरुले उठाउने गरेका छन् । अर्थात नेपालमा बढदो गरिवीको फाईदा नेपाली दलहरुले लिई रहेका छन् । जहाँ गरिवी, रोग, भोग,अशिक्षा, शोषित, पिडित जनता बसोबास गर्दछन् । त्यस मुलुकमा कम्युनिष्ट विचार एवम् उदारवादी दल र तिनका नाराहरु छिटै फष्टाउने अर्थात् त्यस मुलुकमा जसले गरिव उन्मुलन र मुक्तिका नारा अगाडि सार्दछ । ती मुलुकहरुमा कम्युनिष्टहरु छिट्टै नेतृत्व हातमा लिन सफल हुन्छन् । ती कम्युनिष्टहरु गरिवी र उत्पिडन मुक्तिका खोक्रा नारामा सत्ता वा सरकारको नेतृत्वको लागि आरोह र अवरोह गदै नैतिकता र संस्कारविहीनताको खेल खेल्दै मरिहत्ते गरी रहेका हुन्छन् । कम्युनिष्ट पार्टीहरुमा गरिवी हटाऊ र वर्गिय मुक्तिका नाराले स्थान पाई रहे कै हून्छ । यि दलहरु भित्र आन्तरिक सत्ता सर्घष र धनदौतका विषयलाई लिएर विशेष गरेर पार्टीहरुमा ठुलो मतभेद भएर पार्टीहरु नै फुटने ,टुटने र अनि जुटने भई रहने हून्छन् । नेपालको भुमिमा कम्युनिष्ट पार्टीहरुले माक्र्सवाद जस्तो वैज्ञानिक दर्शन २००६ साल देखि बोकेर पनि त्यसको द्धन्द्धात्मक भौतिकवादी प्रक्रियाको विकसित परिस्थितिको उपयोग गर्न नसकेर ती नेतृत्वहरु असफल हुँदै गएका छन् । ती नेतृत्वहरुले माक्र्सवादको नाममा आर्दशवादको खेती गरेर नेतृत्वमा वसी राख्ने र पद, पैसा र सत्ताको खेलले गर्दा नेपाली जनताले प्रत्यक्ष रुपमा दुःख पाई रहेका छन् । सिद्धान्ततः विकसित परिस्थिति ,जनताको आवश्यकता, माग र बदलिदो विज्ञान एवम् प्रविधिको युग अनुसार कम्युनिष्ट वा साम्यवादी दर्शन वा सिद्धान्तको उपयोग गर्न नसक्नु अर्थात वस्तुगत र आत्मगत परिस्थिति अनुसार उपयोग गर्न नसक्नु नै कम्युनिष्ट पार्टीहरु नेपालमा जनताका लागि अभिशाप हँुन कि भन्ने भ्रम पारिएको छ ।यर्थाथमा त्यो पटकै होईन, यसको उपयोग देश,काल,परिस्थिति, जनअपेक्षा र विकसित युगको माग अनुसार उपयोग गर्न नसक्नु र बदलिदो परिस्थिति अनुसार यसको परिमार्जन एवम् व्याख्या गर्ने विषयमा ढिलाई गर्नुले पनि माक्र्सवादी अनुयायीहरु वीच समस्या आएको हो भने माक्र्सवादको नाममा पुराना दलहरुले गरेको बेईमानी र घुत्र्याईले पनि माक्र्सवादी दर्शनमा अविश्वास बढन गएको पक्कै हौ । नेपालमा कम्युनिष्ट पार्टीहरु २००६ साल यता आफु रुढावादी हुने, पार्टीलाई मठमन्दिर बनाउने , पार्टीलाई कमाई खाने भाँडे बनाउनु , एकले अर्काको अस्तित्व स्वीकार नगर्ने वा खुईल्याउने , विदेशीको योजना अनुसार प्रयोग हुने र कम्युनिष्ट सिद्धान्तलाई यान्त्रिक वा जटशुत्रीय ढगले उपयोग गर्ने परम्परावादी सोचका कारणले कम्युनिष्ट नेता तथा कार्यकर्ता २१ औ शताब्दीको विकसित युगमा आलोचित भई रहनु स्वाभाविक हो । यस्तै यस्तै सोचाई र व्यवहारले गर्दा जनताको नजरमा नेपाली कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताहरु कोही सामान्तबादका दलाल त कोही अमेरिकी तथा भारतीय विस्तार तथा नव उपनिवंशवादी एंव साम्राज्यवादीका नोकर भएका विषय नेपाली कम्युनिष्ट आन्दोलनमा उठी रहेका छन । नेता तथा पार्टीका नेतृत्व तहमा लागेका व्यक्तिहरुको कार्य व्यवहार र स्वार्थले गर्दा कम्यनिष्ट आन्दालोनले भए नभएका आरोप खप्नु परेको छ । यो रोगबाट मुक्ति पाउनका लागि नेपाली जनता तथा कार्यकर्ताहरुले आफै भित्र ठुलो अन्तर सघर्ष चर्काउनु अति आवश्यक छ । निश्चितः रुपमा यो दर्शनलाई २१ औ शताब्दीको विकसित युग, विभिन्न लोकतान्त्रिक पद्धती, भुमण्डलिकृत परिस्थिति र जनताको माग एवम् आवश्यकता अनुसार उपयोग गरिनु पर्छ ।
बदलिदो परिस्थिति अनुरुप माक्र्सवादको उपयोगः
माक्र्सवादलाई शद्धिकरण र समृद्धिकरण तर्फ उपयोग गर्नका लागि नेपाली कम्युनिष्ट आन्दोलनका मुख्य धारहरु गम्भिर हुन अतिआवश्यक ।शुद्धिकरण,समृद्धिकरण र विकसित माक्र्सवादको उपयोगका नाममा यसको सारतत्व वा बैज्ञानिक पक्षलाई छोड्ने र शक्ति सञ्चयका नाममा विेदेशीहरुको गोटी बन्ने प्रवृत्तीबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई बचाउनु पर्छ । सत्ता भोग र स्वार्थका लागि कहिले वामपन्थी अवसरवादी बन्ने र घोर दक्षिणपन्थी बन्ने प्रवृतीबाट पनि कम्युनिष्ट आन्दोलनलाई बचाउनु पर्छ । तर २१ औ शताब्दीको विकसित विज्ञान , प्रविधि र भुमण्डलिकृत समाज एवम् विकासको गति पकड्ने तर्फ सोच्नै पर्छ ।विकसित युग, बदलिदो परिस्थिति , प्रविधिको युगलाई आत्मसाथ गर्ने गरि माक्र्सवादी दर्शनलाई परिमार्जन र परिस्किृत गनै पर्छ । । विश्वमा १७ औं १८ औ शताब्दीको माक्र्सवादको व्याख्या र उपयोग २१ औ शताब्दीमा गर्न सकिदैन । त्यसैले युग, परिस्थिति, जनभावना र आवश्यकता अनुसार यसको उपयोग बैज्ञानिक ढगले गर्न सकिएमा माक्र्सवादको सही प्रयोग हुन जाने निश्चित छ । देखि यसको उत्पत्तीको कालदेखि हालसम्म विश्वका शोषित, पिडित ,अधिकारविहिन वर्गको हरेक हक, हित, अधिकार प्राप्ती तथा शोषण, दमन एंव विभेदको अन्तखातिर सर्वाेकृष्ट मानिएको भौतिकवादी वैज्ञानिक सिद्धान्तमा आधारित माक्र्सवादी दर्शन आज पनि अजय दर्शनको रुपमा विश्व राजनीतिमा क्रियाशिल छ । तर विश्व समाज भुमण्डलिकृत भएको छ । यो अवस्थालाई बुझेर नेपाली कम्युनिष्ट अगाडि बढन सकेमा यो विज्ञानले नयाँ फडको मार्न सकिने थुप्रै सम्भावनाहरु छन । त्यसैले नेपाली कम्युनिष्ट पार्टीहरु जडशुत्रवादी र यान्त्रिक होईन,माक्र्सवादको द्धन्द्धात्मक भौतिकवादी पक्षलाई आत्मसाथ गरेर अग्रगामी समाज रुपान्तरणमा लाग्न सक्नु पर्छ । समयको आत्मगत र वस्तुसगत अवस्थालाई नबुझी ,विश्लेषण नगरि माक्र्सवाद नै असफल भयो भन्ने हाउँगुजी सृर्जना गर्नु पनि नेपालका बौद्धिक क्षेत्र, कम्युनिष्ट नेतृत्वको बौद्धिक अपरिपक्ता नै मान्नु पर्छ । आज भन्दा दूई दशक भन्दा अगाडि रुसमा ग्यलासनोस्ट र पेस्त्रोईकाको नाममा अर्थात खुलापन र आर्थिक उदारिकरणका नाराले रुसलाई जसरी गोर्वाचोवादी बनायो । त्यो रोग नेपाली कम्युनिष्ट आन्दोलनका नेता तथा कार्यकर्तालाई प्रभावित नपारोस । खुलापन र आर्थिक उदारीकरणको अनियन्त्रित र अव्यवस्थित तौरतरिकाबाट नेपाली कम्युनिष्ट आन्दोलनलाई बचाउने तर्फ सबै सर्तक हुनै पर्छ ।
विश्व राजनैतिक फाँटमा एकातर्फ पुजीँवादी विकास नयाँ ढगले विकसित भई रहेको र अर्काे तर्फ माक्र्सवादी अर्थात् कम्युनिष्ट दर्शनले पनि परिस्थिति अनुसार परिमार्जन,परिस्किृत व्याख्या र विश्लेषणको वहस चलि रहेको अवस्थामा यसको औचित्य नै सकियो कि भन्ने विश्लेषण पनि दक्षिणपन्थी सोच हो । यसबाट कम्यनिष्ट आन्दोलनलाई बचाउन सबै लाग्नै पर्छ । दुई पक्षिय सघर्ष चालिरहे कै अवस्थामा आजको २१ औं शताब्दीको विज्ञान र प्रविधिको युगसँग यस दर्शनको महत्वको उपयोग गर्नु नै बुद्धिमानी हुन्छ । त्यसैले माक्र्सवादी वा कम्युनिष्ट दर्शन निरन्तर समाजको सापेक्षिक परिवर्तनसँग संगै अगाडि बढी रहेको हुन्छ । त्यसैले यस दर्शनको उपदयता परिस्थिति अनुसार उपयोग नै बढी वद्धिमानी र बैज्ञानिक हुन जान्छ । यस दर्शनका प्रार्दुभावकर्ता माक्र्सले माक्सवादको उपयोग र प्रयोग गर्दा देश,काल, परिस्थिति र जनताको आवश्यकता अनुसार गर्ने विषयमा सचेत रहनु पर्ने सुझाएका छन् । यो दर्शन बहुआयामिक र निरन्तर अग्र परिवर्तनका लागि बढी रहेने सिद्धान्त भएकोले यसको भावलाई परिस्थितिको आवश्यकता अनुसार बुझेर एप्लाई वा इम्पीलीमेन्ट गर्न सक्नु नै बद्धिमानी हुन जान्छ । यसको मर्म ,उद्धेश्य र परिस्थिति अनुसार जनताको आवश्यकता अनुसार प्रयोग र उपयोग गर्ने विषयमा गहन रुपमा खुला वहस,छलफल र अन्तर सम्वाद नगरि यसको असफलताको व्याख्या गर्न कसैलाई सुहाउदैन । तसर्थ यो माक्र्सवादी दर्शनको सारतत्व एतिहासिक द्धन्द्धात्मक भौतिकवादी पक्षलाई २१ औ शताब्दीको विज्ञान र प्रविधिको विकास र उपलब्धी अनुसार परिमार्जित र परिस्कृर्त ढगले चल्नु पर्छ । यसको सारत्वलाई समयको माग, आवश्यकता, वस्तुस्थितिलाई जनताको आत्मगत अवस्थालाई बुझेर उपयोग गरिने हो भने यो दर्शनले २१ औ शताब्दीमा अझै लोकप्रिय हुन जाने छ । यसको प्रयोग र उपयोग तलदेखि माथिसम्म एक समान ठोस कार्यक्रम बनाएर वस्तुस्थितिलाई विश्लेषण गरि अगाडि बढन सकने हो भने १५—२० बर्षमा नेपाली समाज स्व—निर्भर हुन जाने निश्चित छ । यसरी अगाडि बढने हो भने माक्र्सवादमा समस्या थपिदैन ।
यस दर्शन र विचारको नाममा गलत उपयोग तथा व्याख्या गर्ने नेता तथा नेतृत्वहरु नेपालबाट मात्र होईन विश्व कम्युनिष्ट आन्दोलनबाट पलायन भएका छन् । विश्वमा यो सिद्धान्तको प्रार्दुभाव भए यता यसको दुरपायोग गर्नेहरु विश्वको ईतिहासमा संशोधनबादी, गद्दार, धोकेवाजा तथा कँलकित एवम् वर्गसमन्वयकारी भएका छन् । नेपालको एतिहास पनि २००६ साल देखि हालसम्म आँउद थुप्रै नेताहरुले यसको गलत प्रयोग तथा माक्र्सवादको सारतत्वलाई आफु खुशी व्याख्या गर्ने र यसबाट व्यक्तिगत स्वार्थ फाईदा लिनेहरु जनताको दृष्टिमा कँलकित भएका छन् । जनताका नाममा मुक्तिका कुरा गर्ने तर आफ्नो स्वार्थ पूर्तिका लागि माक्र्सवादलाई उपयोग गरि बदनाम बनाउनेहरुलाई जनताले चिनेर अर्थात् बुझेर चुनाव वा अन्य कुनै स्थानबाट झार्नु पर्छ । माक्र्सवाद एक सृजर्नाशील वैज्ञानिक पद्धती भएकाले यसको प्रयोग वा व्याख्या गर्द बहुसख्यक वर्गको हितमा यसको सारतत्वलाई उपयोग गर्ने र यसको गलत प्रयोग गर्ने , यसबाट आफनो व्यक्तिगत स्वार्थ पुरा हुन नसकने भए पछि यसको गलत अर्थमा व्याख्या गरेर यसको प्रयोग गर्न खोज्ने देखि होशियार हुनै पर्छ । तर श्रृजनात्मक विकास तथा प्रयोगको नाममा यसको सारतत्वलाई समाप्त गर्नु हुदैन् । माक्र्यवाद एक आत्मा निर्भर, स्वाचालित , स्व—निर्भर ,स्वाभलम्वी ,स्व—श्रम गरेर बाच्न सक्ने बहुआयामिक र निरन्तर अगाडि बढन प्रेरणा दिई रहने बैज्ञानिक सिद्धान्तमा आधारित दर्शन भएकोले यसको उपयोग गर्दा राजनैतिक विकाससँगसँगै आर्थिक विकास वा समृद्धीमा जोडेर एकैसाथ अगाडि लैजान सकिन्छ । त्यसैले यसको उपयोग गर्द विचार पक्षलाई छोड्र आर्थिक पक्षलाई मात्रै ध्यान दिने वा व्याख्या गर्न गरेमा यसका उपयोगकर्ता अर्थात् नेतृत्व वर्ग दक्षिणपंथि भासमा फस्ने र विचारको कुरा मात्रै गर्दा नेतृत्व वर्ग उग्रबामपंथि भासमा फस्ने भएकोले आर्थिक र राजनैतिक पक्षलाई माक्र्सवादको अनुशासन र विचारसंग जोडर अगाडि लैजानु आजको प्रथम आवश्यकता र चुनौति भएकोले नेपाली कम्युनिष्टहरुले यसतर्फ गम्भीर भएर लाग्नु पर्ने देखिन्छ । हिजोका दिनहरुमा चाहेँ कुनै पनि कम्युनिष्ट पार्टीहरु किन नहुन तिनीहरुले जनता र देशको मुक्तिको पक्षमा जुन आवाजहरु उठाएका थिए ति आवाज वा नाराहरुलाई व्यवहारमा कार्यान्वयन गर्न लाग्नु पर्छ । जनताका मुक्तिका कुरा गरेर जनतालाई नै अलमल्याउनु ईमान्दारीता नहुने भएकोले आफुले उठान गरेका नाराहरु कार्यन्वयन गर्न तर्फ लाग्नु नै बुद्धिमानी तथा बास्ताविक नेतृत्वको पहिचान हुने भएकोले त्यसै अनुरुप अगाडि बढनु न्यायोचित हुन जान्छ । परिस्थितिलाई बुझौ, जनताको माग आवश्यकता अनुसार यसको प्रयोग र उपयोग गर्न सोचौ । नाम र कुराले मात्रै नेपाली समाजको विकास हुन नसकेको विषयमा हामी सबै जानकार भई सकेकाछौ । त्यसैले नाम ,झण्डा र लोगो कम्यनिष्टको राखेर मात्र हुने भए २००६ मै मुलुकमा समाजवाद वा साम्यवाद आई सक्थ्यो तर नेपालमा त्यसो भएन किन ? त्यस विषयमा सक्षममा यो आलेखमा माथि चर्चा गरिएको छ । नाम, झण्डा र लोगोको प्रयोगले मात्रै समाजवाद र वा साम्यवाद लागु हुने भए माक्र्स जम्मेको देश जर्मन, माओजम्मे देश चीन, लनिन जम्मेको देश रुस आदिमा पुर्ण रुपमा समाजवाद लागु भैसक्नु पर्ने थियो । अहिले विश्वमा साम्यवाद आईसक्नु पर्ने थियो ।तर त्यसो भएन किन कि त्यो दर्शन अनुसार र बदलिदो विश्व परिवेश अनुसार माक्र्सवादको बैज्ञानिक प्रयोग र उपयोग गरिएन । केवल नाराको भरमा नेतृत्व र दलहरु चले,अनि यसमा आर्थिक विकास राजनैतिक आन्दोलनसँग सँगै आर्थिक क्रान्ति वा विकास गर्नु पर्ने विषयमा ध्यान पुगेन । अर्को तिर पँुजीवादीहरु यो विषयमा ज्यादै अगाडि बढे अर्थात विश्वको अवस्थालाई उनीहरुले छीटो बुझे । कम्यनिष्टहरु ढिलो भए । आजको बुझाई र गराईको समस्या यही हो । हामीहरुले पनि विश्वको भुमण्डलीरण विकासको गति र विज्ञान एवम् प्रविधिको वर्तमान विकासको गतिलाई बिश्लेषण गरेर माक्र्सवादी विज्ञानलाई त्यसै अनुरुप अगाडि बढाउने चुनौतिपुर्ण मार्ग समात्न तयार हुनै पर्छ । कठिन बाटो छोडेर ,सजिलो मात्रै खोज्न लाग्यौ भने हामी माथि आरोपका थुप्राहरु मात्र थुपारिने छन् । अनि हामीहरु त्यसैमा अल्जिने छौ । विराधीहरु अगाडि बढने छन् । त्यसैले विराधीहरुलाई खेल्ने र खलाउने मौका नदिनु नै हाम्रो बुद्धिमानी हुने छ ।
लेखक ः राजनितिशात्रमा माष्टर तथा अधिवक्ता पनि हुनु हन्छ ।
९८६७८६८७८७