रारामा पाँच वर्षमा ४९ हजार पर्यटक

पर्यटकलाई बास र सडकनै मुख्य समस्या,पर्यटनमा लगानी न्युन

जुम्ला । पर्यटन पूर्वाधार विकासमा न्युन लगानीका बाबजुतपनि कर्णाली प्रदेशको मुगु स्थित नेपालकै ठुलो रारा तालमा पर्यटकको आगमन बृद्धि भईरहेको । सडकको सास्ती,होटलबासको समस्या,पर्यटन पूर्वाधारमा न्युन लगानीका बीचपनि हजारौको संंख्यामा आन्तरिक बाह्य तथा पर्यटन भित्रि रहेका छन् । यदपी,सम्भावना अनुसार पर्यटक आगमन अपेक्षित रुपमा हुन सकेका छैनन् । भने एक पटक आएको पर्यटकलाई फेरी फर्काउने पूर्वाधारको विकास हुन सकेको छैन् ।

पर्यटकको आगमनलाई मध्यनजर गर्दै संघिय सरकार तथा प्रदेश सरकारले रारा ताल सम्म पुग्ने बाटो स्तरबृद्धि,नयाँ पर्यटकका लागि ठाउँ ठाउँमा अभिलेख,रारामा राम्रो होटल,होमस्टे निर्माण लगायतका क्षेत्रमा प्रयाप्त लगानी गर्न जरुरी देखिएको छ ।
रारा राष्ट्यि निकुञ्ज मुगुको तथ्यांकनुसार पाँच वर्षमा मात्रै ४९ हजारबढी नेपाली पर्यटकले रारा तालको अवलोकन गरेका छन् । आर्थिक वर्ष २०७५÷७६ देखि ०७९÷८० सम्म पाँच वर्षमा ४९ हजार आठ सय ३४ जना पर्यटकले रारा तालको भ्रमण गरेका हुन् ।


जसमा आर्थिक वर्ष २०७५÷७६ मा ११ हजार ६ सय ६९ जना,आ.व.२०७६÷७७ मा ९ हजार ७ सय ७० जना,आ.व.०७७÷७८ मा १० हजार २ सय १७ जना पर्यटकले राराको भ्रमण गरेको रारा राष्ट्यि निकुञ्जका प्रमुख राजु घिमिरले जानकारी दिए ।
उनका अनुसार आव ०७८÷७९ मा ११ हजार ४ सय ५१ जना र गत आर्थिक वर्ष ०७९÷८० मा ६ हजार ७ सय २७ जना गरी पाँच वर्षमा कुल ४९ हजार ८ सय ३४ जना पर्यटक रारामा भित्रिएका थिए ।

तथ्यांकनुसार वर्षेनिक पर्यटकको संंख्या घट्दो मात्रामा देखिन्छ । प्राकृति सुन्दरता प्रचुर भएपनि राराले लाखौको संख्यामा पर्यटक भित्राउन सक्ने सम्भावना बोकेको भएपनि पर्यटन क्षेत्रमा प्रदेशको लगानी प्रयाप्त नहुँदा पछिल्ला वर्षमा पर्यटक घट्दै गएको प्रमुख घिमिरले उल्लेख गरे । नेपाली पर्यटकको आगमन सन्तोषजनक भएपनि रारामा विदेशी पर्यटकको आगमन निकै कमजोर रहेको उनको भनाई छ ।

चालु आर्थिक वर्षको कार्तिक मसान्त सम्म रारा तालमा जम्मा ४ हजार ६ सय ११ जना पर्यटकले रारा भ्रमण गरेका छन् । दशै तिहारको अवधिमा सबैभन्दा बढी आन्तरिक पर्यटक रारा पुगेका थिए ।

गत आवमा ६ हजारबढी पर्यटकको आमगनबाट ११ लाख ६० हजार बढी राजश्व संकलन भएको भएपनि अन्य वर्षको राजश्व संकलनको एकिन विवरण संकलन गरिरहेको निकुञ्जले जनाएको छ ।

रारामा १८ वर्षमा २९ सय विदेशी पर्यटक
पर्यटक क्षेत्रमा विदेशी पर्यटक बढी भन्दा बढी भित्राउन सकेको खण्डमा मुलुकको आर्थिक समृद्धी तथा जीविको पार्जनमा सुधार हुन सक्छ । तर नेपालकै ठुलो रारा तालमा विदेशी पर्यटकको आगमनलाई हेर्दा निकै नाजुक अबस्था देखिन्छ ।

भ्रमण अवलोकनका लागि जत्ती पनि पैसा खर्चिन सक्ने विदेशी पर्यटकको आगमन बृद्धि गर्न सक्ने खालका योजना नबन्नु र पर्यटक मैत्री पूर्वाधार निर्माण नहुनुनै विदेशी पर्यटक न्युन भित्रिनुका मुख्य कारण हुन् ।

विगत १८ वर्षको तथ्यांकलाई हेर्दा रारा तालमा जम्मा २९ सय ५२ जना मात्रै विदेशी पर्यटक भित्रिएका छन् । आर्थिक वर्ष २०६२÷६३ देखि आव ०७९÷८० सम्म १८ वर्षको अवधिमा रारा तालमा २९ सय ५२ जना विदेशी तथा सार्क राष्ट्का पर्यटकले अवलोकन गरेको रारा राष्ट्यि निकुञ्जका प्रमुख राजु घिमिरेले जानकारी दिए ।


१८ वर्षमा न्युनतम ४ जना देखि अधितम साढे ४ सम्म विदेशी पर्यटकले अवलोकन गरेका छन् । कोभिड पछि विदेशी पर्यटकको आगमन ह्वात्तै घटेको छ । सरकारले रारा पर्यटन वर्ष २०७५ घोषणा गरेर ब्यापक प्रचार गरेपनि प्रयाप्त पूर्वाधार निर्माण र पर्यटन क्षेत्रमा लगानी नगर्दा अपेक्षित पर्यटक आउन सकेका छैनन् ।

रारामा वर्षौपछि ईन्टरनेटको समस्या समधान भएपनि अन्य असुविधाहरु थुप्रै छन् । रारा पुगेर सबै कष्ट भुलेपनि रारामा पर्यटक भित्राउन पूर्वाधारमा लगानी गर्नुपर्ने रारा पुग्ने हरेक पर्यटकको सुझाब छ । राराको गहिराई १६७ फिट,लम्बाई ५ किमी र चौडाई ३ किमी रहेको छ । राराको सुन्दरतालाई स्वर्गकी अप्सरा उपनामले समेत बयान गर्ने गरिन्छ ।

प्रकाशित मिति : २०८० पुष २ गते सोमवार
प्रतिक्रिया दिनुहोस