जुम्ला । सुगमदेखि दुर्गमका महिला अझैपनि आर्थिक,सामाजिक र राजनीतिक रुपमा तिरस्कृत छन् । व्यवस्था फेरिएपनि ग्रामिण महिलाको अबस्था उस्तै छ । आर्थिक रुपमा महिला पुरुष सह्र कमाउन सक्दैनन,घरधन्दा मेलापात महिलाको पेवा हो । घरभन्दा बाहिर गएर महिलाले केही गर्न सक्दैनन् । महिला काम गर्ने कारिन्दा मात्रै हुन् अर्थात आर्थिक आम्दानीका हिसाबले महिला पुरुषको दाजोमा जान सक्दैनन् भन्ने सामाजिक चिन्तन् । जसले महिलालाई आर्थिक उपार्जनका हिसाबले सधै कमजोर देखिरहेको छ ।
सामाजिक हिसाबले महिलाको भिन्ने दर्जा छ । जस्तो संस्कारी छोरी बुहारी हुनु पर्ने,पुरुष सह्र हैसियत खोज्नु नहुने,घरायसी काममा मात्रै जोतिनु पर्ने बाध्यकारी नियम छ । समान कामको समान ज्याला,विकास निर्माणमा बराबरी सहभागिता हुनु पर्ने व्यवस्था छ । तर महिला पुरुषको समान कामको असमान ज्याला दिने गरिन्छ । विकास योजनालाई महिलाले गति दिन सक्दैनन भन्ने मानसिकताले उपभोक्ता समितिको नेतृत्वमा समेत महिलालाई स्वीकार्दैनन् । यसले गर्दा महिला सामाजिक रुपमा पनि निकै कमजोर छन् ।
भने राजनीतिक दृष्टि महिला सधै उपेक्षामै रहेको जगजाहेरनै छ । संविधानले विकास निर्माणदेखि राजनीतिक नेतृत्व लगायत अन्य क्षेत्रमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरेको छ । तर सबै पदमा महिला सहायक हुनु पर्ने कतै उल्लेख छैन् । तर दलहरुका नेतृत्वकर्ताले नै महिलालाई पार्टिको नेतृत्व दिन सकेका छैनन् । पुरुषबादी चिन्तन् घरदेखि पार्टी सम्म फैलिएको छ । उदाहरणका रुपमा संघियतापछि स्थानीयतहको निर्वाचनलाई हेर्दा पनि हुन्छ । ओैलामा गन्न मिल्ने पालिका बाहेक अन्यमा महिला सहायक पदमै सिमित छन् ।
महिला भएकै कारण आर्थिक,सामाजिक र राजनीतिक अबसरबाट बन्चित महिलाहरुकै लागि डेढ दशकदेखि वकालत र पैरबी गर्दै आएकी तातोपानी गाउँपालिका वडा नं. ५ की नारायणी चौलागाई सफल महिला उद्यमी बनेकी छन् ।
महिला माथिका यी विभित संकिर्ण सोचभन्दा माथि उठेर महिलाले अबसर पाएको खण्डमा सबै काम गर्न सक्छन् भन्ने तथ्य स्थापित गर्न उद्यमशीलतामा होमिएकी नारायाणी महिलाहरुको उत्प्रेरणा समेत बनेकी छन् ।
आर्थिक,सामाजिक र राजनीतिक रुपमा महिलालाई कमजोर पारिएको र महिला जन्मिदै क्षामताले कमजोर नभएको,अबसर पाएको खण्डमा महिला सबै हिसाबले सक्षम हुन सक्छन् भन्ने तथ्य स्थापित गर्न गाउँमै उद्यमशीलता सुरु गरेको उद्यमी नारायणी चौलागाईले बताईन् ।
राजनीतिमा राम्रो भविष्य हुँदा हुदैँ,एकाएक उद्यमशीलतामा किन ? भन्ने प्रश्नमा उद्यमी नारायणी चौलागाईले भनिन,“मैले गाउँमै उद्योग खोल्नु,दिनरात यसमै समय बिताउनुका दुईवटा कारण छन् । पहिलो आफैले उद्यमशीलता गरेर अरुलाई प्ररेणा दिनु । दोस्रो राजनीतिको परिभाषा बदल्न उद्यमशीलता गरेकी हुँ ।” विभिन्न ठाउँमा कार्यक्रममा जाँदा एक आपसमा परिचय हुँदा पेशा के हो ? भनेर सोध्दा धेरै नेतादेखि कार्यकर्ताले सम्म पेशा राजनीति हो, भनेको सुन्दा अचम्म लागेर आयो ? राजनीतिलाई पेशा बनाउन थालियो भने समाज रुपान्तरण सम्भव लागेन् । राजनीति पेशा हो पनि भन्ने । आम्दानी सुक्को छैन् । विलासी जीवनशैली छ । अनि सर्वहाराको पक्षमा कुरा गर्दा आफुप्रति जनविश्वास घट्ने कुराको मनन गर्दै ‘राजनीति भनेको सेवा र पेशा भनेको उद्यमशीलता हो’ भन्ने आफ्नो परिचय बनाउन उद्यमशीलता सूरु गरेको उल्लेख गरिन् ।
३० लाख लगानीमा उद्यमशीलता सुरु
ततोपानी गाउँपालिका ५ की ३७ वर्षिय नारायणी चौलागाई विगत ३÷४ वर्ष यता उद्यमशीलतामा सक्रिय छन् । २०६२ सालदेखिनै हियाखोलाका दलित महिलालाई लालटिन बालेर प्रौढ शिक्षा पढाएर महिला शक्तिकरणको यात्रा सुरु गरेकी नारायणीले सक्रिय राजनीति,महिला सशक्तिकरण,समाज सेवासंगै अहिले उद्यमशीलताको म्याराथनमा दौडिरहेकी छन् ,
उनी राजनीतिमा पनि उत्तिकै सक्रिय छन् हाल नेकपा एमालेकी प्रदेश कमिटी सदस्य समेत रहेकी नारायणीले दुई वटा चुनाव समेत लडिसकेकी छन् ।
महिला शसक्तिकरण,उद्यमशीलताका एजेण्डा उठाएर स्थानीयतहको २०७४ र ०८९ को चुनावमा उपाध्यक्ष पदमा निर्वाचन लड्दा पराजय भोगिन् । उनले चुनाव मात्र हारिन् । तर जीवनमा कहिले हारिनन् । चुनाव हारेका धेरै उम्मेदवार पलायन छन् ।
गाउँघरमा भेटिदैनन् । तर नारायाणी ०८९ को चुनावपछि सक्रिय राजनीति जतिकै उद्यमशीलता पनि सक्रिय भएकी छन् ।
नारायणीका माईलो बुबा देबपदत्त न्यौपाने पञ्चायतका प्रधानपन्च थिए । त्यसकै कारण पनि साथैदेखिन राजनीति मार्फत समाज सेवा गर्ने नारायणीको हुटहुटी थियो । समाज सेवालाइ निरन्तर अघि बढाउन आफ्नो आम्दानीको दायरा फराकिलो बनाउन उद्योग खोलेको उनको भनाई छ ।
मलाई ०८९ को चुनावले धेरै पाठ सिकायो । त्यसपछि राजनीतिसंगै उद्यमशीलतामा सक्रिय भए । उनले भनिन,“चुनावमा महिला शक्तिकरण,उद्यमशीलता,उत्पादन बृद्धिका एजेण्डा उठाए । आफै उद्यमशीलतामा नलागेसम्म गाउँका महिलाले विश्वास मान्ने स्थिती रहेन् । संसार बदल्नु छ भने सुरुवात आफैबाट गर्नुपर्छ भन्ने विचारलाई आत्मसाथ गर्दै करिब ३० लाख लगानी गरेर उद्यमशीलता सुरु गरेको हुँ ।”
सृष्टि संसार फलफूल तथा खाद्य उद्योग दर्ता गरी तातोपानी ५ एैरेनीमै सञ्चालन भएको छ । उद्योगमा जुम्लामा उत्पादन हुने सबै रैथाने वस्तु पाईन्छ । विभिन्न खाले स्वादिष्ट अचार,स्याउको चाना,मार्सी चामल,दाँते ओखर,थरीथरीका सिमि,गहत, लगायतका रैथाने वस्तु सस्तोमै पाईन्छ ।
लेवलिङ प्याकेजीङ गरिएका अचारदेखि अन्य रैथाने खाद्य वस्तु गाउँमै पाउन थालेपछि माग बढ्दो छ । महिला सबै हिसाबले कमजोर हुन्छन् भन्ने समाजलाई पहिला आफुले गरेर अन्य महिलालाइ उद्यमशीलतामा जोड्ने उदेश्य रहेको उनको भनाई छ ।
राजनीतिमा राम्रो भविष्य हुँदा हुदैँ,एकाएक उद्यमशीलतामा किन ? भन्ने प्रश्नमा उद्यमी नारायणी चौलागाईले भनिन,“मैले गाउँमै उद्योग खोल्नु,दिनरात यसमै समय बिताउनुका दुईवटा कारण छन् । पहिलो आफैले उद्यमशीलता गरेर अरुलाई प्ररेणा दिनु । दोस्रो राजनीतिको परिभाषा बदल्न उद्यमशीलता गरेकी हुँ ।”
विभिन्न ठाउँमा कार्यक्रममा जाँदा एक आपसमा परिचय हुँदा पेशा के हो ? भनेर सोध्दा धेरै नेतादेखि कार्यकर्ताले सम्म पेशा राजनीति हो भनेको सुन्दा अचम्म लागेर आउँछ । राजनीतिनै पेशा हो ? कति आम्दानी हुन्छ ? नाफा घाटा, लगानी, रोजगारीको कुरा आउने भयो । तरको यसको जवाफ छैन् ।
राजनीति पेशा हो भन्ने हो भने,आम्दानी छैन् । विलासी जीवनशैली छ । अनि सर्वहाराको पक्षमा कुरा गर्दा आफुप्रति जनविश्वास घट्ने कुराको मनन गर्दै ‘राजनीति भनेको सेवा हो र पेशा भनेको उद्यमशीलता हो’ भन्ने आफ्नो परिचय बनाउन उद्यमी बनेको उल्लेख गरिन् ।
राजनीतिकलाई सेवा र पेशालाई आफ्नो व्यवसायीकता संग जोड्नु पर्ने नारायणीको तर्क छ । यहि तर्क र महिला पनि सक्षम बन्न सक्छन् भन्ने तथ्यलाई स्थापित उनको लक्ष्य छ । राजनीति पेशा नभई सेवा भएको कुरा नेताहरुले नबुझेसम्म र पेशा उद्यमशीलता नबनाएसम्म देशको अर्थतन्त्र सुधार,रोजगारी सृजना,उत्पादन बृद्धि सम्भव नरहेको नारायणाी चौलागाईले बताईन् ।
जुम्ली चोतोको ब्राण्डीङ अचार
सृष्टी संसार फलफूल तथा खाद्य उद्योगको ‘जुम्ली चोतोको अचार’ विशेष उत्पादन र परिकार हो । जुम्लाको घरघरमा उत्पादन हुने र तर प्रशोधन हुन नसकेको चोतोलाई ब्राण्डिङ गर्दै उद्यमी नारायणीले जुम्ली चोतोको स्वादिष्ट अचारलाई बजारमा ल्याएकी छन् ।
जुम्लाबाट प्रत्यक्षतर्फ निर्वाचित सांसद ज्ञानेन्द्र बहादुर शाहीले जुम्ली चोतोको उत्पादन बृद्दिदेखि बजारीकरण गर्ने बताएका थिए । चोतो बिक्रिबाटै किसानको आयस्तर फेर्न सकिने आश्वासन दिएका सांसद शाहीले चोताको बजारीकरण तथा उत्पादन बृद्दिका लागि कुनै काम गर्न सकेका छैनन् ।
तर जुम्लाकी उधमी नारायणी चौलागाईले भने वास्तविक रुपममै जुम्ली चोताको ब्राण्डीङ गर्न चोताको अचार उत्पादन गरि बजारमा ल्याएकी छन् । भाषण गर्नुभन्दा व्यवहारमा लागू गरे सम्भव छ भन्ने कुरा पनि नारायणीले सावित गरेकी छन् ।
लेबलिङ प्याकेजिक सहितको जुम्ली चोतोको अचार धमाधम उत्पादन तथा विक्री भईरहेको छ । जुम्लाका होटलहरुमा निकै माग बढीरहेको छ ।
उनले भनिन,“जुम्लामा उत्पादन हुने चोतोलाई ब्राण्डिङ गर्न चोतोको अचारलाई जोड दिदै मुगुको कागती,लसुन,खुर्सानीको अचार पनि बनाउने गरेको छु । साथै लेवलिङ प्याकेजिङ गरेको मार्सी चामल,दाल सिमि,ओखर,स्याउका चाना लगायतका परिकार समेत विक्री भईरहेको छ । दिनमा सामाजिक काम र विहान बेलुकाको समय पुरै उद्योग बिताउँछु । वर्षमा ८÷१० लाखको कारोबार भएपनि कुद आम्दानी ५ लाख सम्म हुने गरेको छ । यसमै सन्तुष्ट छु ।”
आफ्नै आम्दानी हुने भएपछि मैले राजनीतिलाई सेवा बनाएको छु । कसैले पेशा सोध्दा खुलेरै उद्यमशीलता गर्छु भन्ने गरेको उल्लेख सुनाईन् । त्यसका साथै गाउँ घरका महिलाको राहतका लागि कुटासी पिसानी मिल समेत सञ्चालनमा ल्याइएको छ । भने ८० हजार बराबरको धानको भुस विक्री गरेको जानकारी दिईन् । ग्रामिण महिलालाई आर्थिक,सामाजिक र राजनीतिक रुपमा सक्षम बनाउने उद्यमशीलताको यात्रा र राजनीतिक यात्रा संगसंगै अघि बढाउने नारायणीको भावी योजना छ ।