जुम्ला ।कर्णाली प्रदेशको साविक कर्णाली अन्तर्गत एक मात्र आंगिक जुम्ला बहुमुखी क्याम्पसमा कानुन शंकाय तत्काल संचालन गर्न सरोकारवालाले जोड दिएका छन् । कानुनको विषय वर्तमान समयमा अपरिहार्य रहेकाले क्याम्पसमा तत्काल एलएल.बी संचालन गर्न जुम्ली सरोकारवालाले जोडदार माग गरेका हुन् ।
क्याम्पसमा बुधबार आयोजित एलएल.बी कार्यक्रम विस्तार विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सबै सरोकावालाले तत्काल कानुन शंकाय संचालन गर्नु पर्नेमा जोड दिए ।
एलएलबी कार्यक्रम विस्तार गर्नु पूर्व स्थलगत सम्भाव्यता अध्ययन गर्न प्रा.डा लक्ष्मण कुमार उपाध्याय(पूर्व डिन), र प्रा.डा विजयसिंह सिंजापति (पूर्वडिन) जुम्ला पुगेका छन् ।
जुम्ला बहुमुखी क्याम्पसमा कानुन शंकाय संचालन गर्न गत माघमा जिल्ला व्यापी अन्तरक्रिया गरिएको थियो । उक्त कार्यक्रममा यहाँका आठै पालिकाले कानुन शंकायलाई विस्तार गर्न १०/१० लाख विनियोजन गर्ने, छात्रबृत्ति समेत दिने घोषणा गरे । जुम्लामा जनशक्तिदेखि पूर्वाधार पनि तयार पारियो । तर त्रिभुवन विश्व विधालयले भने पनि जुम्लालाई सैदान्तिक सहमति दिएन ।
सबै प्रक्रिया पूरा गर्दा समेत जुम्ला बहुमुखी क्याम्पसले सहमति नपाएपछि क्याम्पस प्रमुख प्रकाश चन्द्र खत्री आक्रोसित हुदैँ त्रिवीमा पुगेका थिए । क्यात्रिविका डिनदेखि रजिष्टार सम्मलाई भेटेर क्याम्पस प्रमुख खत्रीले जुम्ला माथि ठुलो अन्याय भएको, उपेक्षा भएको भन्दै आक्रोस पोखे । जुम्ला कानुन शंकाय पढाउन सक्षम रहेको समेत अवगत गराए ।
त्यसपछि मात्रै त्रिवीले दोय पूर्व डिनहरुलाई स्थलगत सम्भाव्यता अध्ययनका लागि जुम्ला पठाएको हो । दोय पूर्व डिनहरुको उपस्थितीमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्ने सरोकारवालाले चालु शैक्षिक शत्रमै अध्ययन सुरु हुने गरीसहमति प्रदान गर्न अनुरोध गरे ।

२०३० सालबाट संचालन भएको क्याम्पसमा व्यवस्थापन र शिक्षा शंकाय मात्रै संचालित छ । कार्यक्रममा तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकाया, हिमा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल, तातोपानी गाउँपालिका उपाध्यक्ष रेवती रावल लगायतले कानुन शंकाय संचालनका लागि पालिका जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष पूर्ण प्रसाद चौलागाँईले कानुन शंकाय संचालन गर्ने एतिहासिक कामलाई ढिला नगरी संचालन गर्न अनुरोध गरे । पत्रकार महासंघ र समग्र पत्रकारहरुले यस कार्यमा पूर्ण साथ दिने उल्लेख गरे ।
स्ववियु अध्यक्ष लोकेन्द्र बुढाले क्याम्पसमा कानुन शंकाय संचालन गर्न दिनरात नभनी मेहनत गरेको र मेहनतले ढिलै भएपनि फल पाउने बताए । अब कुनै पनि बाहनामा त्रिवीले ढिला गर्न नहुने उल्लेख गरे । निवर्तनमान स्ववियु अध्यक्ष महेश हमालले
स्वतन्त्र विधार्थी यूनियनले कानुन शकाय अध्यापन गराउन पहिला देखिनै पहल थालेको बताए । कानुन विषय प्रति विधार्थीहरुमा मोह बढ्दै गएकाले तत्काल सुरु गर्न अनुरोध गरे । कानुन शंकाय संगै अन्य आबश्यकतामुखी विषयको अध्ययन अघि बढाउन जरुरी रहेको उनको भनाई छ ।
बरिष्ठ अधिवक्ता पदम बहादुर शाहीले जुम्लामा कानुन विषय लागु हुने कुराले सबैमा खुसी छाएको बताए । उनले भने,´मेरा आफ्नै सन्तान पनि कानुन विषय प्रति जुम्लामा कानुन विषय आबश्यकता रहेको कुरासर्वसम्मत भईसकेको छ। यसको दिगो संचालनका लागि स्थानीतह तथा यहाँका,सरोकारवालाले ध्यान दिन जरुरी छ ।`

पूर्वडिन प्राध्यापक डाक्टर विजयसिंह सिजापतिले जुम्लामा कानुन शंकाय संचालन गर्न त्रिवी पूर्ण रुपमा सकरात्मक रहेको बताए । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले जुम्लामा एलएलबी पढाउन पालिकाले छात्रबृत्ति समेत उपलब्ध गराउने, बजेट दिने प्रतिबद्वता गरेकाले कानुन शंकाय संचालनमा कुनै दुविधा नरहेको बताए । जुम्लामा कानुन शंकाय पढाउन यहाँका सबै सरोकारवाला जुनसुकै सहयोग गर्न तयार रहेको उनको भनाई छ । स्थलगत अनुगमनमा आएका दोय डिनलाई यहाको यर्थात रिपोर्टिङ केन्द्रमा गर्न र चाडै संचालन गर्न पहल गरिदिन अनुरोध गरे ।
जुम्ला बहुमुखी क्याम्पसका प्रमुख प्रकाशचन्द्र खत्रीले जुम्लामा कानुन शंकाय संचालनका लागि त्रिवीलाई भिख मागेको नभई समयको माग अनुसार जुम्लाले अधिकार मागेको बताए । उनलेभने,´लामो प्रयास गर्दा पनि जुम्लाले सैदान्तिक सहमति नपाएपछि तत्काल संचालन हुन सकेको छैन् । तर हाम्रो प्रयास जारी छ ।पूर्वाधार, अध्यापन गराउने जनशक्तिछन्, अध्ययन गर्ने विधार्थी पनि प्रयाप्त छन् । तर केन्द्रको असहयोग छ ।हाम्रो निरन्तर पहल पछि केन्द्रको प्रतिनिधि मण्डल टोलि आएकाले अझ आशा जगाएको छ ।`
नेपाली काँग्रेसका उपसभापति कार्मा बुढा, एमाले नेता आदी प्रसाद न्यौपाने, लगायतले कानुन शंकाय संचालनका लागि दलहरुले पूर्ण साथ दिने प्रतिबद्वता व्यक्त गरेका छन्।



