जुम्लामा यसवर्षकाे पहिलाे हिमपात,किसान हर्षित

बाली सप्रिनुका साथै बगैचा व्यवस्थापनमा राहत हुने

जुम्ला । कर्णालीका जुम्ला,मुगु,हुम्ला लगायत हिमाली जिल्लामा हिउँ नपर्दा किसान हरु निकै चिन्तित देखिन्थे । हिउँदे महिना माघ ढल्किसक्दा पनि हिउँ नपर्दा किसानहरुमा यो वर्षको हिउँदे बाली खेतमै सुकेर जान्छ की भन्ने चिन्ता कता कता मनमा थियो । हामीले गरेको दुःखको फल यत्तिकै खेर जाने भयो भन्ने पीर भैराख्थ्यो । अब भने केही हदसम्म चिन्ता दूर हुने भएको छ ।

जुम्लामा राती तीन बजेबाट हिमपात सुरु भएको छ । मंसिर पौषबाट सुरु हुने हिमपात याे वर्ष भने माघ ढल्कीन लाग्दा हिउँदको पहिलो हिमपात सुरु भएकाे हाे । यस वर्षकै पहिलो पटक हिमपात भएकाले यहाँका किसानहरूका मनमा खुसीका छिट्टा परेको महसुस गराएको छ । तातोपानी २ का स्थानीय कालो कामी भन्छन्,” पोहोर परार तिर यत्ति बेलासम्म त सर्लक्कै डाँडाकाँडा हिउँले ढाकियाको हुन्छियो मुंसिर बोया जौ पुनी ठूला भईजान्छिया यो हिउँदमा त हिउँ नपरीकन अहिले सम्म खेतमा जौको राम्रोसँग टुसा पनि आया नाई,” उनले भने,” बल्ल आज रातीबाट अली अली हिउँ पर्यो र चिन्ता हट्याको छ ।

तातोपानी २ कै स्थानीय चन्नबिरे चनारा भन्छन्,’ पहिला पहिला मंसिर लाग्ने बित्तिकै हिउँ आउन सुरु हुन्थ्यो यतिबेलासम्म हिउँ परेर पाखा पखेरा सेतै हुन्थिया,यो साल हिउँ पर्दैन सोचेका थियौ, हिउँ न परी हामीले खेतबाट हिउँदे बाली भण्डारण गर्न पाइँदैन कि भन्ने लागेको थियो धन्न माघ महिनामा भएपनि हिउँ परेको छ, यत्ति आया पनि जौ गहुँ उम्रिन मदत गर्नेछ,अब ढुक्क भइयो।”

यस्तै, कर्णालीका हिमाली जिल्ला जुम्ला, हुम्ला, मुगु लगायतका जिल्लाहरुमा पनि हिमपातले प्रभावित पारेको मौसम विधहरुको भनाइ छ । मौसम विदका अनुसार,’ आज दिनभरि हिमपात रहेको र हिमाली जिल्लाका क्षेत्रमा अत्यधिक चिसो बढ्ने तापक्रम माइनसमा रहेको हुनाले चिसोबाट सतर्कता अपनाउन पनि आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८० माघ १८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस