कुशल भुर्तेलले बनाए आठौँ अर्धशतक, नेपालको सय रन पूरा

आइसिसी क्रिकेट विश्वकप लिग– २ मा नेदरल्यान्ड्सविरुद्ध नेपाली ब्याटरहरू संघर्ष गरिरहँदा ओपनर कुशल भुर्तेलले अर्धशतक पूरा गरेका छन् । 

कुशलले पाँच चौकाको मद्यतमा ७९ बलमा ५० रन पूरा गरेका हुन् । ५२औँ एकदिवसीय इनिङ्समा उनको यो आठौँ अर्धशतक हो । 

अर्को इन्डबाट नेपालले लगातार विकेट गुमाइरहेका वेला कुशलले आफ्नो इन्ड सम्हालेर नेपाललाई अघि बढाइरहेका छन् । उनले अर्धशतक पूरा गर्ने क्रममा नेपालले ६ विकेट गुमाएर सय रन पूरा गरेको छ । 

प्रकाशित मिति : २०८० फाल्गुन १३ गते आइतवार
प्रतिक्रिया दिनुहोस