काेहलपुर । दलित एकता नभएकै कारण आफ्नै अधिकारका लागि दलित समुदाय राज्य विरुद्द आवाज उठाउन सकिरहेका छैनन् । जातकै आधारमा दलितले कथित उपल्लाे जातका नागरिकबाट निरन्तर अपहेलित हुनु परिरहेकाे वर्तमान अबस्थामा समेत दलितकाे न्यायका सवाल पेचिलाे बन्न सकेका छैनन् ।
कथित उपल्लाे जातका केटी संग प्रेम गरेकै कारण नवराज विक जस्ता दर्जनाै दलितका छाेराले ज्यान गुमाउनु पर्ने,दलित निमुखा भएकै कारण दशकाैदेखि भाेक चलन गरेकाे जग्गाकाे पुर्जा समेत नपाउने,धारा छाेएकाे,चुलाे छाेएकाे निउँमा कुटपिट गर्ने जस्ता अन्याय विरुद्द बाेल्न दलित एकता र दलितहरुमा जागरणकै अभाव देखिएकाे छ । जसका कारण दलितका तमात मुद्दा ओझेलमा परेका छ ।
तर दलित अधिकारका मुद्दालाई पेचिलाे बनाउन र सडक देखि सदनकाे ध्यान केन्द्रित गर्न शनिवार काेहलपुरकाे चाैराहमा ‘दलित जागरण सभा’ सम्पन्न भएकाे छ । दलितकाे अधिकार प्राप्तीकाे आन्दाेलनकाे सुरुवात संगै सडक देखि सदन तताउने घाेषणा गर्दै जाँगरण सभा सम्पन्न भएकाे हाे ।
आगामी बैशाखकाे दाेस्राे हप्ताकाे प्रचण्ड गर्मीमा २५ देखि ३० हजारकाे संख्यामा चाैराहमा दलितकाे झारेर राज्यकाे ध्यान केन्द्रित गर्ने दलित जागरण अभियानकाे लक्ष्य छ ।
तराईमा बस्ने दलित अझै भुमिहिन रहेकाे,दलितलाई जग्गाकाे लालपुर्जा दिने नाममा निर्वाचनमा भाेट बैंक मात्र बनाएकाेले सडक आन्दाेलनबाट हिसाब माग्नु पर्ने बेला आएकाे अभियान्ता खगेन्द्र सुनारले बताए ।
दलितका लागि दलित अभियानका केन्द्रीय संयाेजक तथा अभियान्ता सुनाले जाँगरण सभालाई संबाेधन गर्दै दलितका अधिकार संविधानकाे कागजमा मात्रै सिमित भएकाे भन्दै व्यवहारमा कार्यान्वयन गर्न,आफ्ना अधिकार प्राप्तिका लागि दलित आफै जुट्नु पर्ने दलित एकता हुनु उल्लेख गरे ।
उनले भने,’हामीले निरन्तर आन्दाेलन गरेर कानुनी रुपमा नवराजकाे मुद्दा जित्याै । त्याे सुरुवात हाे । मधेशमा मधेशी अधिरका लागि लड्दै छन् । पूर्वमा पूर्वेली लड्दैछन् । आन्दाेलन गर्दैछन् । हामी दलित किन नगर्ने ? के व्यवस्था परिवर्तनमा दलितकाे याेग्दान छैन् ? हाम्राे याेग्दान छ भने अबस्था परिवर्तन किन हुन सकेन ? याे प्रश्नकाे जवाफ संगै जग्गा प्राप्तीदेखि समानताकाे अधिकार केपी,प्रचण्ड सेर बहादुर संग आन्दाेलन गरेरै माग्नु पर्छ ।’
दलित समुदाय आफै जागरुक नभए सम्म दलितका मुद्दा स्थापित हुन नसक्ने भएकाेले गाउँ गाउँमा जाँगरण सुरु गर्न दलितका लागि दलित अभियान सुरु भएकाे उनकाे भनाई छ ।
विभिन्न क्षेत्रमा जात,भाषा,धर्म,सांस्कृतिका लागि लडाई आन्दाेलन भईरहेकाे अबस्थामा बाँकेमा भाेक चलन गरिरहेकाे जग्गाकाे लापुर्जा प्राप्तीकाे आन्दाेलन गर्नु पर्नेमा दलित अगुवाकाे भनाई छ ।
शनिवार आयाेजित जागरण सभामा बाेल्ने बक्ताहरुले दलितका अधिकार प्राप्तिका लागि स्वयम् दलित समुदाय एकजुट हुनु पर्नेमा जाेड दिएका छन् ।
दलित जाँगरण सभा दलितका लागि दलित अभियान बाँके जिल्ला संयोजक प्रेम बहादुर बैगारको अध्यक्षतामा जिल्लाभरीका करिब २ हजारबढी दलितहरुको सहभागितामा सम्पन्न भएकाे छ ।