३२ औँ विश्व पानी दिवस: घरघरमा स्वच्छ खानेपानी पुराउने अभियानमा हिमा गाउँपालिका

जुम्ला । जुम्लाकाे हिमा गाउँपालिकाले ३२ ओैँ विश्व पानी दिवस भव्य रुपमा मनाएकाे छ । शुक्रबार रुपाकाेट आधारभूत विद्यालयमा “शान्ति समृद्दिका लागि पानी” भन्ने नारा र र्याली सहित ३२ ओैँ विश्व पानी दिवस मनाईएकाे हाे ।

कार्यक्रममा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले सुस्वा र पालिकाकाे लगानीमा पाँच वर्षमा हिमाका सबै घरधुरीमा स्वच्छ खानेपानी पुराउने बताए । हिमाले खानेपानी विकासलाई अभियानकै रुपमा अघि बढाएकाे छ ।

‘खानेपानी आधारभूत आबश्यकता हाे । शुद्द पानी पिउन पाउनु हरेक नागरिककाे अधिकार पनि हाे’,उनले भने,’सुस्वा परियाेजनाले हिमाकाे खानेपानी क्षेत्रमा उल्लेखीय काम गर्दै छ । पालिकाले जलाधार क्षेत्र संरक्षणका लागि ‘ग्रिन रिभर,ग्रिन राेड’ कार्यक्रम अघि बढाईएकाे छ ।’

पालिकाले जलस्राेत संरक्षणकाे विशेष नीति बनाउने र साेहिनुसार लगानी गर्ने समेत अध्यक्ष शाहीकाे भनाई छ ।
हिमा गाउँपालिका वास संयाेजक सुमिता शाहीले सुस्वा परियाेजना मार्फत हिमा सबै घरधुरीमा स्वच्छ खानेपानी धारा पुराउने लक्ष्य राखिएकाे बताईन् ।

मानव जीवनका लागि स्वच्छ पानी अपरिहार्य छ । उनले भनिन,’पानी बिनाकाे मानव जीवन संकटमा पर्ने निश्चित छ । बढ्दाे भाैतिक विकासले पानीकाे स्राेत घट्दै गएका छन् । वातावरण संरक्षणमा जाेड दिन जरुरी छ ।’

साथै पानी दिवसका अबसरमा गरिएकाे वत्तित्वकला प्रतियाेगितामा सहभागीहरुलाइ शुद्द खानेपानीका लागि फिल्टर,स्टेश्नरी सामान र साबुन वितरण गरिएकाे छ ।

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार
प्रतिक्रिया दिनुहोस