गृहमन्त्री लामिछानेलाई नैतिकताको आधारमा पदमा बस्ने छुट छैन : काेइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रबि लामिछानेलाई नैतिकताको आधारमा एक मिनेट पनि पदमा बस्ने छुट नभएको टिप्पणी गरेका छन्।

सडकदेखि संसदसम्म चौतर्फी बिरोध भइरहेको भन्दै उनले लामिछाने पदमा बसिरहनुको पछाडि केही रहस्य लुकेको आशंका उब्जाएको कोइरालाले बताए। ‘तत्कालका लागि राजीनामा दिएर अनुसन्धानमा सहयोग गर्दै यसको टुंगो लाग्यो र उहाँ निर्दोष साबित हुनुभयो भने फेरि मन्त्री भए भैहाल्यो,’ उनले भने।

मध्यबानेश्वरका पार्टीका स्थानीय कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा कोइरालाले सत्तागठबन्धनले ठूलो बदमासी गरिरहँदा पनि काठमाडौंका चेतनशील मानिसहरु चुपचाप बसिरहेको उल्लेख गर्दै अचम्म लागेको बताए। 

स्थानीय कार्यकर्ताहरुले पार्टीमा चाकडीप्रथा हावी भएको, सरकारमा सहभागी हुँदा कांग्रेसका मन्त्रीहरुले जनताको भावनाअनुसार काम गर्न नसकेको र लामो समय पार्टी एकै व्यक्तिको हातमा भएकाले कांग्रेस कमजोर भएको गुनासाहरु राखेका थिए।

कार्यक्रममा बाग्मती प्रदेश सभा सांसद सुरज लामिछाने, काठमाडौं–१ का क्षेत्रीय सभापति रबि बिक्रम राणा, नेपाल संस्कृत विश्वविद्यालयका पूर्वउपकुलपति प्राडा कुलप्रसाद कोइराला, बरिष्ठ अधिवक्ता राधेश्याम अधिकारी, श्रीहरि अर्याल, बरिष्ठ पत्रकार हरिहर बिरहीलगायतको सहभागीता थियो।

नयाँ पत्रिका

प्रकाशित मिति : २०८० चैत्र १० गते शनिवार
प्रतिक्रिया दिनुहोस