कर्णाली राजमार्ग स्तरन्नोति नभए सडक र सदनमा आन्दोलन गर्छौः सांसद शाही

जुम्ला । जुम्लाबाट प्रत्यक्ष निर्वाचित सांसद ज्ञान बहादुर शाही (ज्ञानेन्द्र)ले कर्णालीको लाईफ लाईन मानिएको कर्णाली राजमार्ग स्तरन्नोति नभएमा सरकार विरुद्ध आन्दोलन गर्ने चेतावी दिएका छन् ।

आईतबारको प्रतिनिधि सभाको बैंठकको विशेष समयमा बोल्दै सांसद शाहीले नेपाली भाषाको उद्गम स्थल सिंजा राराताल,जुम्ला चन्दननाथ जाने एक मात्र सडक कर्णाली रामाजर्ग सुधारमा सरकारले ध्यान नदिँदा दुर्घटना बढ्नुका साथै नागरिकले समेत सास्ती पाएको उनको भनाई छ ।

कर्णाली राजमार्गको स्तरोन्नतिका लागि आगामी आर्थिक वर्षमा प्रयाप्त बजेटको व्यवस्था नभए सरकारबिरुद्ध आन्दान गर्छौ । उनले भने,‘सडक संचालन भएको करिब दुई दशक भयो । खाल्डा खुल्डी पुरिएका छैनन् । धुँलोले यात्रू विरामी पर्ने अबस्था छ । सरकारले कर्णालीलाई सधै सौतेनी व्यवहार गरेको छ । अब चुप लागेर बस्दैनौ । बजेट व्यवस्थापन नभए सडक र सदनमा शसक्त आन्दोलन हुन्छ ।’

असुरक्षित राजमार्गकै कारण कर्णालीबासीको बाच्न पाउने अधिकार दुर्घटनाको कारण खोसिदै गएकोले राज्य गम्भीर हुनुपर्नेमा जोड दिए । जुम्लाले स्याउ, सिमि,मार्सी धान, जडिबुटी लगायत उत्पादनबाट प्रदेशको समृद्धीमा टेवा दिनसक्ने भएकोले कर्णालीको विकासमा कन्जुसाई नगर्न सरकारको ध्यानर्कषण गराएका छन्् ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते आइतवार
प्रतिक्रिया दिनुहोस