जुम्ला – साहित्यकार रामकृष्ण बुढ्थापा परिमल जुम्लीको गीति नाटक प्रतिज्ञा विमोचन भएसँगै बजारमा आएको छ । सोमबार पत्रका महासंघ शाखा जुम्लाको सभाहलमा एक कार्यक्रमको समारोहका बीच संविधान सभा सदस्य डिल्ली काफ्ले, उच्च अदातल सुर्खेत जुम्ला इजलाशका न्यायधिश कैलास गुरुङ, जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे लगायतले गीति नाटक प्रतिज्ञाको संयूक्त विमोचन गरेका हुन् ।
गीति नाटक प्रतिज्ञा विमोचन गर्नै उच्च अदालत सुर्खेत जुम्ला इजलाशका न्यायधिश गुरुङले गीति नाटक प्रतिज्ञा पढ्दा मुना मदनको झल्को दिएको बताए । उनले भने, यस्ता लेखकले जुम्ला मात्र नभएर सिङ्गो नेपालले सम्मान गर्नुका साथै चिन्नु पर्दछ । मान्छे पुरानो भए पनि रचना र साहित्य पुरानो कहिले नहुने हुदा आफ्नो लेखन सैलीलाई निरन्तरता दिन उनले सुझाए ।
प्रमुख जिल्ला अधिकारी घिमिरेले समाजमा रहेका बिकृति विसंगतिलाई न्युनिकरण गर्न लेखक तथा रचनाकार को महत्वपूर्ण भुमिका रहने बताए । उनले भने समाज परिवर्तन गर्न र समाजमा सु–व्यवस्था ल्याउन लेखक र पत्रकारको भुमिका हुन्छ । जसका कारण समाज सुधार हुँदै जान्छ ।
नेकपा एमाले जुम्लाका अध्यक्ष शान्तिलाल महतले गीति नाटक प्रतिज्ञा लेखक बुढ्थापा एक कुशल र समाजसेवी व्यक्ति रहेको बताए । उनले भने भुमिगत राजनीतिक काल देखि नै आफ्नो लेखन शैली देखि कम्युनिस्ट आन्दोलनमा होमिएका हुन् । उहाँको यो उमेरमा समेत आफ्नो लेखनलाई निरन्तरता दिएको देख्दा हामी हर्षित छौँ ।
गीति नाटक प्रतिज्ञा लेखक बुढ्थापा चन्दननाथ नगरपालिका – २ खोलीकोट गाउँमा २००४ असोज २९ गते जन्मका हुन् । उनी ७७ वर्षको उमेरमा पनि साहित्य क्षेत्रका निकै उत्कृष्ट प्रखर व्यक्ति हुन् । सपथ र नाता (नाटक), हाम्रो स्वर्ग र छोरी (उपन्यास, कविता संग्रह, परिमल जुम्लीका चिठ्ठीहरु (लेख संग्रह) उनका यसअघि प्रकाशति रचना हुन् ।
पञ्चायत कालमा जुम्ला र डोल्पामा ७ वर्ष जेल जीवन विताएका बुढ्थापाले २०४६ साल अघि चन्दननाथ गाउँ पञ्चायतको पहिलो प्रधानपञ्चमा निर्वाचित भएर पनि करिव दुई वर्ष नविताई पदबाट राजिनामा लिएका थिए ।
जेल मुक्त भएपछि बुढ्थापा २०४६ सालको पञ्चायतविरुद्ध पहिलो राष्ट्यि जनआन्दोलन गर्न बाममोर्चाको केन्द्रीय कमितिको सदस्य बनाएर प्रजातान्त्रिक आन्दोलनको एउटा योद्धा बन्ने मौका मिल्यो उनले भने ।
नेपाल मजदुर किसान पार्टीको पूर्व केन्द्रीय उपाध्क्ष, जिल्ला सहकारी संघ जुम्लाका पूर्व अध्यक्ष र खस साहित्य सामाज जुम्ला अध्यक्षको जिम्मेवारी प्राप्त गरेका बुढ्थापाको व्यवसाय विशेषगरी कृषक र साहित्य लेखन रहेको छ ।



