कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासकाे मत लिएर मात्रै राजिनामा दिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासकाे मत लिएपछि मात्रै राजिनामा दिने भएका छन् ।
मुख्यमन्त्री शर्माले बुधबार विश्वासकाे मत लिईसकेपछि मात्रै राजिनामा दिने भएका हुन् ।

मंगलबार साँझ मुख्यमन्त्री शर्मा निवासमा बसेकाे संसदीय दलकाे बैठकले बुधबार विश्वासकाे मत लिने र त्यसपछि मात्रै राजिनाकाे प्रक्रिया अघि बढाउने निर्णय भए प्रमुख सचेतक रणसिंह परियारले जानकारी दिए ।

उनकाअनुसार केन्द्रले सर्कुलर ढिला पठाएकाले संसदीय प्रक्रियामा गईसकेकाे अवस्थामा विश्वासकाे मत लिएर नयाँ सरकार गठनकाे प्रक्रिया अघि बढ्ने छ ।

प्रकाशित मिति : २०८० चैत्र २० गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस