कर्णालीका मुख्यमन्त्री शर्माले दिए पदबाट राजीनामा

सुर्खेत ।कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पदबाट राजीनामा दिने घाेषणा गरेका छन् । बुधबार बसेकाे प्रदेशसभा बैठकलाई सम्बाेधन गर्ने क्रममा उनले राजीनामाकाे घाेषणा गरे । 

सत्ता गठबन्धनमा भएकाे सहमतिअनुसार कर्णालीकाे मुख्यमन्त्री नेकपा एमालेले पाउने सहमति भएकाे थियाे । साेही सहमतिबमाेजिम आफूले राजीनामा दिने शर्माले घाेषणा गरे । उनी माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका थिए । 

प्रकाशित मिति : २०८० चैत्र २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस