जुम्ला – नेकपा एमाले जुम्लाको नवौँ जिल्ला अधिवेशनमा अध्यक्ष पदका लागि त्रिपक्षिय भिडन्त हुने भएको छ । अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष शान्तिलाल महत, नेताद्धोय धिरेन्द्र राज गिरी र मेनका पछाईको उम्मेदवारी रहेको छ । यस्तै उपाध्यक्षमा प्रेम बहादुर बुढा र पदम बहादुर बुढाको उम्मेदवारी परेको छ । यस्तै सचिव पदका लागि आदीप्रसाद न्यौपाने र मानबहादुर रोकायाको उम्मेवारी रहेको छ । उपसचिव पदका लागि धमेन्द्र रोकाया, मेनका रेग्मी, सुशिला भट्टराई र धनबहादुर बुढाको उम्मेदवारी परेको छ ।
भौगोलिक क्षेत्रतर्फ गुठीचौरमा पाँच जना सदस्य पदका लागि ७ जनाको उम्मेदवारी परेको छ । पातारासीबाट ६ जना मध्ये तीन जनाको मात्रै सदस्य पदमा उम्मेदवारी परेको छ । चन्दननाथबाट ११ जनाको सदस्य पदमा २१ जनाको उम्मेदवारी परेको छ । तातोपानीबाट १२ जनाको सदस्य पदमा १३ जनाको उम्मेदवारी परेको अधिवेशन निर्वाचन मण्डलले जनाएको छ । तिलाबाट ८ जना सदस्य पदमा ८ जनाकै उम्मेदवारी रहेको छ ।
हिमा गाउँपालिकाबाट ७ जना सदस्य पदमा १३ जनाको उम्मेदवारी परेको जनाएको छ । सिंजाबाट ९ जना सदस्य पदमा १२ जनाको उम्मेदवारी परेको छ । कनकासुन्दरीबाट ९ जना सदस्य पदमा ८ जनाको मात्रै उम्मेदवारी परेको छ । खुला सदस्य पाँच जनामा १० जनाको उम्मेदवारी परेको जनाएको छ । खुला महिला सदस्य तीन जनामा ७ जनाको उम्मेदवारी परेको छ । युवा सदस्य एक जनामा १२ जनाको उम्मेदवारी परेको छ । अपांगतामा एक, जनजातीमा एक जना र दलित खुला सदस्य ४ जनामा ७ जनाको उम्मेदवारी परेको जनाएको छ ।
लेखा समितिको अध्यक्षमा धिरेन्द्र कुमार शाही र युवराज वंमको उम्मेदवारी परेको छ । उपाध्यक्षमा देवकी अधिकारी, सचिवमा लालविर नाथ योगी र सदस्यमा पाँच जनाको उम्मेदवारी परेको जनाएको छ ।
जुम्लाका ८ वटै स्थानीय तह र जनवर्गिय संगठनबाट गरी ३४४ जना प्रतिनिधिले अधिवेशनमा भाग लिएका छन् । जसमा खुल्ला प्रतिनिधि २६३ जना छन् । यस्तै दलित प्रतिनिधि ५० जना मध्ये ३३ प्रतिशतका दरले १६ जना महिला प्रतिनिधिले अधिवेशनमा भाग लिएका छन् ।
विभिन्न जनसंगठनबाट ३१ जना, गैर दलित महिलातर्फ ८७ जना प्रतिनिधि मध्ये १५ प्रतिशत युवा महिला प्रतिनिधिमा आएको नेकपा एमाले अधिवेशन प्रचार प्रसार संयोजक सुमन आचार्यले बताए । २६३ प्रतिनिधि मध्येबाट ३९ जना युवा जिल्ला अधिवेशनमा प्रतिनिधिका रुपमा आएका छन् । जिल्ला अधिवेशनले पाँच जना पदाधिकारी सहित ९० सदस्यीय जिल्ला कमिटि चयन गर्ने छ ।



