जुम्ला । राष्ट्यि यूवा संघ नेपालको स्थापना दिवसका अबसरमा जुम्लामा विरामीलाई फलफूल वितरण गरिएको छ । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालको ३५ औं स्थापना दिवसको अवसरमा जुम्लामा कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचारथ एकसय जना विरामीलाई फलफूल वितरण गरिएको हो ।
यूवा संघका केन्द्रिय सदस्य हरिष रोकाया,यूवा नेतृ सारदा पछाई लगायतका नेताहरूको उपस्थितिमा बिरामीहरूलाई फलफूल वितरण गरीएको छ । यूवा संघले जुम्लाका हरेक अनियमितताका विरुद्धमा पटक पटक आवाज उठाउदैँ आएको छ । स्थापना दिवसका अबसरमा सामाजिक हित हुने मनसायले फलफूल बाडिएको यूवा संघका केन्द्रिय सदस्य हरिष रोकायाले बताए
प्रकाशित मिति : २०८१ जेष्ठ १ गते मङ्गलवार



