यार्सा संकलन : लेक लाग्नुका कारण, उपचार र रोकथाम

बिगत १२ र १३ बर्ष दुर्गम हिमाली जिल्लामा काम गरेको र यस अघि बिभिन्न हिमाल तथा यार्सा टिप्ने ठाउँमा परेका बिरामीको उपचार तथा उद्दारमा खटिएको अनुभव अनि बिभिन्न चिकित्सकहरुको समन्वयमा काम गर्ने गरिरहेको अनुभव छ ।
प्रत्येक बर्ष आधि दर्जनको मृत्यु र घाईते प्रत्येक बर्ष मुगु जिल्लाको टाँके, कोईकी, रिमार, च्यार्कु, छापाखोला भन्ने लेकमा र अन्यत्र जिल्लामा पनि धेरैको मृत्यु र दुर्घटना हुने गर्दछ । यध्यपि यसको तथ्यांक भने रहेको देखिदैन । हिमाली जिल्ला मुगु, डोल्पा, मनाङ लगाएतका जिल्लाको लागि यार्सा एउटा प्रमुख आम्दानीको श्रोत पनि हो । कोरोना महामारीमा टिम लिडर भई गरेको कार्यले धेरै पाठ सिकार्य रहेको छ ।
हिमाली क्षेत्रमा पुग्दा तल्लो भागबाट जानेहरुमध्ये धेरैलाई नै लेक लाग्ने समस्या हुने गर्छ । हिमाली जिल्ला पुगेका पर्यटक तथा यार्सा सकलन गर्न जाने प्रतिकूल मौसमका कारण उद्धार गर्न कठिन हुने गर्दछ । मौसमी प्रतिकूलताबाहेक हिमाली क्षेत्रमा पुग्दा हावापानीका कारण लेक लाग्ने समस्या पनि धेरै नै देखिने गरेको हुन्छ ।
लेक लाग्नु भनेको शरीरमा अक्सिजनको मात्रा कमी हुनु हो । लेकमा पुग्ने मध्ये धरैलाई लाग्ने समस्या देखिने गरेको छ । स्वस्थ मानिसलाई लेक लाग्ने सम्भावना कम हुन्छ । जोमसोम २७ सय मिटर र मुक्तिनाथ ३७ सय मिटर मुगुको छायानाथ तिर्थ स्थल ४ हजार ८२० र मुगु जिल्लाको मुगु र दोल्फु वाङग्रीमा रहेका क्षेत्र तीन हजार देखि पाँच हजारका बिचमा बिभिन्न बन क्षेत्र र डोल्पा लगाएतका अन्य बन क्षेत्रमा जाने यार्सा संकलकलाई पनि धेरैलाई लेक लाग्ने गरेको छ ।
अझ हिमाली क्षेत्रको पदयात्राको क्रममा आउने समस्याको बारेमा जानकारी नलिकन वा बिना तयारी जादाँ धेरै नेपाली युवाहरुको मृत्युसम्म भएको तथ्यांक पाइन्छ । हिमाली भेगको पदयात्रा गर्दा कति पयलाई लेक लाग्नु भनेको के हो भन्ने कुरा नबुझ्दा अझ धेरै समस्या आएको दखिन्छ ।

कारणहरु
नेपाली समाजमा लेक लाग्यो । मान्छेलाई गाह्रो भयो वा लेक लागेकै कारण मृत्यु भएको कुराहरु सुनिन्छ । लेक लाग्नु अर्थात अंग्रेजीमा अल्टीट्युड सिक्नेस । यसलाई एकयूट माउन्टेन सिकनेस पनि भनिन्छ । लेक लाग्नुको कारण अक्सिजनको मात्रा नपुगेरै हो । हामी जति जति उचाईमा गयौँ । त्यति बोटबिरुवा कम पाइन्छ । बोट बिरुवा जति कम हुँदै जान्छन् । त्यति अक्सिजनको मात्रा कम हुन्छ । त्यसैले उचाईमा जाँदा शरिरलाई अक्सिजनको मात्रा पुग्दैन ।
अनि स्वासप्रश्वास बढ्नु टाउको दुख्नु, निंद्रा लाग्नु, शरिर कमजोर हुनु, होस गुमेजस्तो हुनु, हिड्दा रक्सि खाएर लागेको मान्छेको जस्तो चाल हुनु आदि लेक लाग्नुका लक्षण हुन् । राती निंद्रामै स्वासप्रश्वासमा समस्या भएर ब्यूझिनु पनि लेक लाग्नुको लक्षण हो । लेक लागेपछि ज्यानै जाने खतरा बढ्छ शरिरमा अक्सिजनको मात्रा कम हुने बित्तिकै शरिरको सबै अंगमा यसले असर गर्छ र बिरामीको केही घण्टामै मृत्युसम्म हुने गर्छ ।
जुनसुकै उदेश्यका लागि चड्दा हिमाली क्षेत्रको यात्रामा आइपर्ने एउटा प्रमुख स्वास्थ्य समस्या हो । अक्सिजनको कमीले हुने लेक लाग्ने रोग– अल्टिच्यूड सिकनेस । समुद्रि सतहबाट उचाई बढ्दै गएपछि वायुमण्डलमा हावाको चाप र अक्सिजनको मात्रा कम हुँदै जान्छ र शरीरलाई त्यो वातावरणमा भिज्न समय लाग्छ । अग्लो ठाउँको वातावरणमा बानी पार्ने सिलसिलामा शरिरले छिटो–छिटो सास लिएर अक्सिजनको मात्रा बढाउने कोशिस गर्दछ ।
तैपनि पुगेन भने लेक लाग्ने रोग लाग्दछ । हिमाली भेगका बासिन्दाहरू अक्सिजनको कमीसँग प्रायः अभ्यस्त हुने हुनाले उनीहरूलाई यो रोग लाग्ने सम्भावना कमै हुन्छ । तर, होचो ठाउँबाट २५ सय मिटरभन्दा माथिको उचाईमा पुग्ने पर्यटक, पदयात्री, तीर्थयात्री, पथप्रदर्शक, भरिया र हवाईजहाज वा गाडी चढेर एकैचोटी अग्लो ठाउँमा पुग्ने मानिसलाई यो रोग हुनसक्छ । त्यसमाथि लुगा, जुत्ता, बस्ने ठाउँ र खानपान राम्रो भएन भने पनि रोगले छिट्टै समात्छ ।
लक्षणहरु
लेक लाग्ने रोगका लक्षणहरू उकालो चढेको ८ देखि ४८ घण्टाभित्र देखिन्छन् । टाउको हल्का दुख्नु, थकाइ र रिङ्टा लाग्नु, शुरुका लक्षण हुन् । हल्का टाउको दुख्ने, श्वास फेर्न गाह्रो हुने, वाकवाकी लाग्ने, डाइरिया हुने लेक लागेका अन्य लक्षण हुन् ।
रोग लागेपछि हिँड्न गाह्रो हुन्छ । राति निद्रा लाग्दैन । सुतेपछि पनि घरिघरि सास रोकिए जस्तो हुन्छ । जोडसँग टाउको दुख्छ, खान मन लाग्दैन, जीउ गल्छ, कमजोरी हुन्छ, वाक्वाक् लागिरहन्छ र बान्ता आउन सक्छ । बेलैमा सतर्क भएर रोगबाट बच्ने उपाय र औषधोपचार गरेमा एक–दुई दिनमै ठीक हुन्छ, तर त्यस्तो केही नगरी उचाइमै बसिरहेमा वा अझ् माथि चढ्ने प्रयास गरेमा गिदी वा फोक्सो सुन्निएर ज्यान जान सक्छ ।
यसरी गिदी सुनिन थालेपछि बिरामीलाई जोडले टाउको दुख्छ, बान्ता आउँछ । रक्सी लागे झै ढलपल हुन्छ, केही नगरी पल्टिरहन मन लाग्छ । केही समयपछि बिरामी बेहोस भएर मर्न सक्छ । फोक्सो सुनिने रोगमा चाहीँ खोकी लाग्ने, स्वाँ–स्वाँ हुने, मन्द ज्वरो र खकारमा रगत–फिँज आउने लक्षणहरू देखिन्छन् । छातीको सङ्क्रमण भएका व्यक्तिको फोक्सो सुनिने सम्भावना झन बढी हुन्छ । यो रोग लागेपछि शरीरमा अक्सिजनको मात्रा अझ् घट्छ । छिट्टै गिदी सुनिई बिरामीको मृत्यु हुन सक्छ । समूहमा आउने कतिपय यात्रुहरू अगाडि जान नपाइएला भनेर रोगका प्रारम्भिक लक्षणहरू लुकाउने गर्दछन् ।
धेरैजसो युवा यात्रीहरू लेक लाग्ने रोग कमजोर र बूढाबूढीलाई मात्र लाग्छ भन्ने ठान्दछन्, जुन सत्य होइन । अग्लो ठाउँमा बानी पार्ने प्रक्रिया व्यक्तिपिच्छे फरक हुन सक्छ । वृद्धावस्थामा गिदीको अंश घट्ने तथा टाउको भित्र गिदी सुनिएर फुल्ने ठाउँ बढी हुने हुनाले उमेर ढल्केका व्यक्तिलाई यो रोग कमै हुन सक्ने वैज्ञानिकहरुको धारणा छ ।
उपचार रोकथाम
लेक लागेको थाँहा भएपछि तुरुन्त तल झ्र्नु सबै भन्दा राम्रो र सजिलो उपचार हो । शुरुको अवस्थामा माथि नचढी आराम गरेर त्यहीँ बसे पनि लक्षणहरू हराउन सक्छन् । तर, त्यसो गर्दा पनि ठीक नभएमा होचो ठाउँमा ओर्लनै पर्दछ ।
लेक लागेको बेला पानी, झोल कुरा, लसुन र पिरो धेरै भएको खानेकुरा उपयोगी मानिन्छन् । अलि सिकिस्त बिरामीलाई ‘प्रेसर ब्याग’ भित्र राख्नु पर्दछ । अक्सिजन दिनुपर्छ । बिरामी अझ्mै सिकिस्त भएमा र गिदी तथा फोक्सो सुनिन शुरु भएको अवस्थामा ‘डायमोक्स’ (एसेटाजोलामाइड), ‘डेक्सामेथासोन’, ‘नाइफेडिपिन’ जस्ता औषधीहरू प्रयोग गर्नुपर्दछ ।
यिनको प्रयोग चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाहअनुसार गर्नुपर्दछ । डायमोक्स चक्की यात्राको एक दिन अघिदेखि र बीचमा सामान्य लक्षण देखा परेर निको भई फेरी उकालो चढ्न लागेको बेला चार–पाँच दिन लगातार खाएमा यसले लेक लाग्ने रोगको रोकथाम गर्ने काम पनि गर्छ ।
औषधी लिए पनि रोग फेरी बल्झिदैन भन्न सकिँदैन । त्यसैले सकेसम्म लेक लाग्नै नदिनु राम्रो । यसो हुन नदिन २५ सय मिटरभन्दा माथि गएपछि विस्तारै, दिनमा तीन सय मीटर नबढाई र चार हजार मिटर नाघेपछि डेढ सय मिटर मात्रै उक्लिने गर्नुपर्दछ ।
हिँड्दा पसिना बग्ने र शरीर सुक्खा हुने हुँदा प्रशस्त पानी पिउनु पर्दछ । राति सुत्ने ठाउँको उचाई दिनभरी उक्लेको ठाउँ भन्दा होचो हुनु पर्दछ । रोगका प्रारम्भिक लक्षणहरू देखिने वित्तिकै सो ठाउँ भन्दा माथि नउक्लिई, सकभर तल ओर्लिएर आराम गर्नु र उपलब्ध भएमा स्वास्थ्यकर्मीको सल्लाह लिनु पर्दछ । पहिल्यैदेखि उच्च रक्तचाप, मधुमेह र मुटु वा फोक्सोसम्बन्धी कुनै रोग छ भने यात्रा शुरु गर्नुअघि स्वास्थ्यकर्मी तथा डाक्टरको सल्लाह लिनु राम्रो हुन्छ ।
समस्या बढ्दै गए फोक्सो र गिदीमा असर गर्छ प्रेसर, सुगरलगायत दीर्घ रोग भएका बिरामी र ६०÷७० नाघेमा वृद्धहरु डाक्टरको परामर्श लिएर मात्रै लेक लाग्ने (ज्ष्नज ब्तिष्तगमभ) हुने (हिमाली क्षेत्र) मा जानु उपयुक्त हुन्छ ।
हाई अल्टिच्युटमा जानुपर्ने भएमा एसेटाजोलामाइड (ब्अभतबशयबिmष्मभ) नामक औषधी लिनु राम्रो हुन्छ, जुन हाई अल्टिच्युटमा घुम्न जानुभन्दा १÷२ दिन अगाडि खाएर गएमा लेक लाग्ने सम्भावना कम हुन्छ ।
‘हाई अल्टिच्युटमा पुगेका बिरामीलाई सबैभन्दा पहिले अक्सिजन लेभल के छ भन्ने जाँच गर्नु आवश्यक हुन्छ । अक्सिजन लेभल घट्नु नै मुख्य समस्या भएकाले चिकित्सकका अनुसार, ‘सबैभन्दा राम्रो त लेक लागेका ठाउँबाट कम उचाइमा झर्दा बिरामीलाई छिटो सहज हुन्छ ।
श्वास फेर्न कति गाह्रो भएको छ भन्ने ख्याल गरिन्छ । अक्सिजन लेभल कम भएको छ भने अक्सिजन दिने, नेबुलाइजेसन (बाफ लगाउने) काम प्राथमिक उपचारमै पर्छ ।’ त्यसो गर्दा पनि समस्या समाधान भएन भने विभिन्न जाँच गरिन्छ । एक्सरे गर्दा छातीमा केही समस्याहरु देखिने पनि हुन्छ ।
हाई अल्टिच्युट पल्मोनरी भ्मझब को समस्या आउन सक्छ । त्यसका लागि छुट्टै औषधी दिनुपर्ने हुन्छ । ब्रेनमा पनि ऋभचभदचब िभ्मझब हुन्छ, ब्रेनको प्रेसर बढ्छ, श्वास फेर्न सकेको छैन, अचेत छ भने भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ ।
फोक्सो र गिदीमा गम्भीर असर हुँदा बिरामीको मृत्यु पनि हुन सक्छ । यि माथिका जटिल अवस्था भएमा अक्सिजन दिँदै ठूला अस्पतालमा रिफर गर्ने गरिन्छ । हाई अल्टिच्युटमा पुग्दा न्यानो कपडाको प्रयोग गर्ने, प्रशस्त पानी पिउने गर्नुपर्छ भने तीव्र रुपमा दूरी पार गर्नु हुँदैन ।
कालो चस्मा, पानी खाने बोटल÷तुमलेट, सुक्खा खाजा लैजानु उपयुक्त हुन्छ र जाड रक्सी चुरोट लगाएतका चिजहरु बिल्कुलै खानु हुदैन । बच्चाहरुलाई पनि त्यहि किसिमको उपचार रोकथाम र परामर्श झन राम्रो हुनु आवश्यक छ ।
(लेखक : बुढा जनस्वास्थ्य निरीक्षक, स्वास्थ्य शाखा, मुगुमकार्मारोङ गाउँपालिका मुगु)

प्रकाशित मिति : २०८१ जेष्ठ ५ गते शनिवार
प्रतिक्रिया दिनुहोस