जुम्ला । खसिंजा गाउँपालिक वडा नं. ६ स्थित सानीपातल काफलबारी सामुदायिक वनको जग्गामा लगाइएका स्याउका विरुवा काटिएको घटना प्रति गाउँपालिकाले ध्यानर्कषण भएको जनाएको छ । डिभिजन वन कार्यालय,प्रहरी,वन समिति तथा स्थानीयको उपस्थितीमा विरुवा काटेरै पालिएको घटना प्रति ध्यानर्कषण भएको पालिकाले जनाएको हो ।
वनको जग्गा अतिक्रमण गरी रोपिएका एक हजार स्याउका विरुवा काटेर फालिएको घटना प्रति पालिकाको ध्यानर्कषण भएको सिंजा गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले बताए ।
उनले भने,‘सामुदायिक वनमा रोपिएका विरुवा काटिएको समचार तथा भिडियोले हामीलाई हैरानी पारेको छ । बन अतिक्रमण हुनबाट जोगाउनु राम्रो कुरा हो । तर हुर्किएका फल दिईरहेका विरुवा काट्नु भन्दा सामुदायिक वनको आम्दानी स्रोतको रुपमा संरक्षण गर्ने गरी स्वामित्वमा लिन सकिन्थ्यो भन्ने हाम्रो पनि धारणा हो । घटनाबाट उत्पन परिस्थिति प्रति हामी दुखि छौँ । यसमा पालिकाको गम्भीर ध्यानाकर्षण भएको छ ।’
अध्यक्ष धितालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तर्जुमाको समय नजिकी आएकोले उक्त वन क्षेत्रमा बृक्षा रोपण गर्ने कार्यक्रमलाई प्रथामिकता दिईने उल्लेख गरे ।
गाउँपालिका अध्यक्ष पूर्ण प्रसाद धितालले सामुदायिक वनको जग्गा अतिक्रमण भएर बोट विरुवा रोपिएको तथा काटेर पालिएको घटनाका विषयमा सामाजिक संजाल फेशबुकमा निम्ननुसार धारणा राखेका छन् ।
१ प्रस्तुत जग्गा अतिक्रमण भयएको भनी स्थानीय सानीपातल सामुदायिक बन उपभोक्ता समितिले जिल्ला बन कार्यालय मा निवेदन दिएर अतिक्रमण बिरुद्व कारबाही अघि बढायको रहे छ । अतिक्रमण गर्ने मानिस र वन समितीबिच बिबाद बढ्दै जाँदा बिपक्षी सम्मानित उच्च अदालतमा रिट समेत परि उक्त रिट खारेज भयको रहे छ ।
२ अदालतले दिएको आदेश अनुसार अतिक्रमित वनबाट खेति बालि र बोट बिरुवा हटाउन भनी पटक पटक वन समितिले जिल्ला बन कार्यालयलाई पहल गरिरहेको र त्यसकै परिणाम हामीले यो कारबाही गरेका हौ भन्ने वन उपभोक्ता समितिका पदाधिकारी को भनाई छ ।
३, मिति २०८१÷२÷४ गते जिल्ला वन कार्यालय,प्रहरी र वन समिति र स्थानीय जनता र जनप्रतिनिधिहरु भएर उक्त स्थानमा गएकै बेला स्थानीय हरु आक्रेसित भई घर घरबाटै बन्चरो लिएर आवेगमा स्याउ आरुका विरुवा काटियको रहेछ । केहि आरु र ओखरका बोट काटिएको रहेनछ ।
यो पनि पढ्नहोस….



