जुम्ला । राष्टि्य यूवा संघकाे केन्द्रिय सचिवमा यूवा नेतृ सारदा पछाई मनाेनित भएकी छन् । नेपाली युवाहरुको सर्वाधिक लोकप्रिय एमाले निकट संगठन राष्ट्रिय युवासंघ नेपालको को केन्द्रिय कमिटीको सचिबमा पछाई मनोनित भएकी हुन् ।
लामाे समयदेखि युवा आन्दोलन र रचनात्मक गतिविधिमा सक्रिय पछाईकाे याेगदानकाे कदर गर्दै यूवा संघकाे केन्द्रीय सचिवकाे जिम्मेवारी दिएकाे हाे ।
प्राप्त जिम्मेवारीलाई सकेसम्म यूवाकाे हक हितका लागि निरन्तर काम गर्ने केन्द्रीय सचिव सारदा पछाईले बताईन् ।
उनले कर्णाली मिसन संग भनिन,’संघले कर्णालीलाई न्याय गरेकाे छ । कर्णाली प्रदेशको युवा आन्दोलनमा महिला तर्फबाट यति ठूलो जिम्मेवारी प्राप्त गर्नु गाैरबकाे विषय हाे । निर्भिक रुपमा जिम्मेवारी पूरा गर्ने छु । सबैकाे,सल्लाह सुझावबाट अघि बढ्छु ।’
प्रकाशित मिति : २०८१ जेष्ठ २५ गते शुक्रवार



