जुम्ला । जुम्लाको हिमा गाउँपालिका नेपालको संविधान, २०७२ को धारा २९५ (३) बमोजिम स्थापना भएका मुलुकका ७५३ स्थानीय तहमध्ये एक पालिका हो । जुम्लाको तातोपानी गाउँपालिका । यो गाउँपालिका साविकका बड्की,महावैपाथरखोला र कालिकाखेतू गाविस मिलेर बनेको छ । ७ वटा वडामा विभाजित हिमा गाउँपालिका कृषि,पर्यटन,जुडिबुटि,धार्मिक पर्यटनको प्रचुर सम्भावाना बोकेको क्षेत्र हो ।
हिमा गाउँपालिकाले संघीयताको पहिलो पाँच वर्षमा नीति निर्माण कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक पूर्वाधारलगायतका क्षेत्रको आधारभूत विकास गरेको छ । तर २०८९ को निर्वाचनबाट निर्वाचित भई आएका गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहिको नेतृत्वले हिमालाई कर्णालीकै नमुना पालिका बनाउने अठोटका साथ काम गरिरहेका छन् ।
शिक्षा,खानेपानी,पूर्वाधार विकासलाई विशेष प्रथामिकता दिएको हिमा गाउँपालिकाले खानेपानी क्षेत्रमा जिल्लाकै नमुना विकास गरेको छ । नेपालको संविधान २०७२ को भाग ३ को मौलिक हक अन्तरर्गत धारा ३५ को उपधारा ४ मा प्रत्यक नागरिकलाई स्वच्छ र सफा खानेपानी तथा सरसफाईमा पहुँचको हक हुने उल्लेख छ ।

कुनै पनि नागरिक शुद्ध खानेपानीको पहुँचबाट बन्चित नहुनु भन्ने संविधानको परिकल्पना हो । सोही अनुसार तीनै तहका सरकारले खानेपानीमा नागरिकको पहुँच बृद्धि गर्न काम गर्नु पर्ने हो । संघियता कार्यान्वयन साढे ६ वर्ष बित्दा स्रोत भएर पनि कर्णालीका स्थानीयतहले खासै खानेपानी विकासको क्षेत्रमा उल्लेखीय काम गरेको देखिन्न ।
तर जुम्लाको हिमा गाउँपालिकाले भने वाताबरण संरक्षण संगै नागरिकको आधारभुत आबश्यकता भित्र पर्ने,खानेपानीको विकासमा उल्लेखीय उपलब्धी हासिल गरेको छ ।
जसमा निर्वाचित भएको दुई वर्षमा मात्रै हिमा गाउँपालिकाले पालिकाका ११ सय ६४ घरधुरीमा एकघर एकधारा निर्माण गरेको छ । सुस्वा परियोजना र हिमा गाउँपालिकाको लगानीमा गरी दुई वर्षमा ११ सय ६४ घरमा (ईनलाईन क्लोरिनेसन) गरेको शुद्ध पानी पुराइएको हो । खानेपानी विकासमा यो जिल्लाकै नमुना काम हो ।

हिमाको तथ्यांक अनुसार वडा नं. ४ मा पर्ने जार्जी,सिम्तली,तलिकुडु,खेतु,सानो चिउडी,नुवाँ र ठुलो चिउडी गाउँमा कूल ४२७ धारा निर्माण भएका छन् । भने, वडा नं. ७ को बागबजारमा २४,मर्चीमा ६७,धाँचु गाउँमा ७ धारा निर्माण भई धारा संचालनमा छन् । वडा नं. १ को बड्की गाउँको १७६,दियारगाउँमा ७२,वडा नं. ६ को बाजागाड गाउँमा १३६,बाजागाड खोलामा २० र चेमा गाउँमा ७ वटा धारा निर्माण भई स्थानीयले घरघरमा शुद्ध पानी पिउन पाएका छन् ।
कूल २३ सय ७७ घरधुरी रहेको हिमामा ११ सय ६४ घरधुरीमा तीन वर्षमै एकघर एकधारा पुराइएको छ । आफ्नो कार्यकाल भित्र पालिकाका सबैघरधुरीमा शुद्ध पानी पुराएरै छाड्ने गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीको भनाई छ ।
कूल ११ सय ६४ वटा धारा मध्य पाँच सय बढी धारा सुस्वा परियोजनाको लगानीमा बनेका हुन् । भने ६ सयबढी धारा पालिकाको लगानीमा बनेका छन् । हिमाले साढे तीन करोड बढीको लगानीमा हिमा बृहत्त खानेपानी आयोजना निर्माण गरिरहेको छ ।

अध्यक्ष शाही भन्छन,‘टुक्रे विकास गर्नु भन्दा हामीले हिमाको खानेपानी समस्यालाई पूर्ण रुपमा समधान गर्ने सोच राखेका छौ । पछिल्ला जनप्रतिनिधिले खानेपानीमा लगानीनै गर्न नपरोस भन्ने छ । वर्षौदेखि खोला नदीको दुषित पानी पिउनु पर्ने बाध्यताको अन्त्य भएको छ । बनेका संरचनाको संरक्षणमा नागरिक सेचत हुन जरुरी छ ।’
हिमाले खानेपानीको विकास संगै शिक्षा क्षेत्रलाई पनि प्रथामितका दिएको छ । सामुदायिक विद्यालय सुधार गर्न,नीजि विद्यालयप्रतिको आर्कषण घटाउन हरेक वर्ष पढाई मेला गर्नुका साथै प्रतिभा पहिचान समेत गर्दै आएको छ ।
जनताको सबैभन्दा नजिकको स्थानीय सरकारले शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, खानेपानी, पूर्वाधारलगायतका क्षेत्रको आधारभूत विकाससँगै चुस्त सेवा प्रवाहमा जोड दिँदै आएका छन् । जसको अग्रपंक्तिमा हिमा गाउँपालिका देखिन्छ ।
तुलनात्मक रुपमा पूर्वाधार विकास, प्रत्येक वडामा आफ्नै भवन, लाखौं वृक्षरोपणको अभियान, डिजिटल सेवाको अवधारणा,खानेपानी विकासमा क्रान्ती लगायतका कामहरु हिमाले निरन्तर अघि बढाएको छ । पाँच वर्षमा २ लाख ५० हजार बिरुवा रोप्ने अभियान अन्तर्गत ५० हजारभन्दा बढी बिरुवा रोपिएको छ ।
पालिकाका ७ वडामध्ये ६ वटा वडा आफ्नै भवनमा सञ्चालित छन् । ७ नम्बर वडा बाहेक सबै वडामा सामुदायिक स्वास्थ्य इकाई सञ्चालनमा छन् । पालिकाभरिका नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिएको छ । भने हिमाको १ नम्बर वडाले भत्ता बुझ्न निःशुल्क गाडीको व्यवस्था गरेको छ । उल्लेखनीय कामहरुलाई हेर्दा हिमा गाउँपालिका विकास र सेवा प्रवाहमा जिल्लाकै नमुना पालिका बनेको छ ।

पाँच वर्षको अवधिमा अघिल्ला जनप्रतिनिधिले टुंगो लगाउन नसकेको पालिकाको प्रशासनिक केन्द्रपनि अध्यक्ष लक्ष्मण बहादुर शाहीले टुंगो लगाई प्रशसकिय भवन निर्माण प्रक्रिया बढाएका छन् । चुनावमा संगै लडेका प्रतिष्प्रर्धीहरुलाई विभिन्न कार्यक्रममा सहभागी गराउने,सुझाव लिने,समन्वय गर्दै हिमा अघि बढेको छ ।
सीमित स्रोतले असीमित चाहना परिपूर्ति गर्न आवश्यक योजना चाहिन्छ । इच्छाशक्ति भएमा बजेट अभाव बाधक बन्न सक्दैन भन्ने उदाहरण हिमा बनेको छ । जनताले प्रत्यक्ष महसुस गर्ने तर हेर्दा देख्दा सानो लाग्ने आधारभूत विकासमा हिमा अग्रसर छ । बर्खामा बाइक बगाउने हिमा प्रवेशद्वारको खोलामा पुल बनाएपछि रारा जाने पर्यटकलाई ठूलो राहत भएको छ ।
‘प्रत्येक विद्यालयमा डिजिटल हाजिरी, फ्रि वाइफाई, सिसि क्यामरा जडान गरिँदै छ । साथै हिमा गाउँपालिकालाई विकास र सेवा प्रवाहमा कर्णालीकै नमुना पालिका बनाउने लक्ष्यका साथ हिमाका कर्मचारी र जनप्रतिधि जुटेका छौं । कुनै पनि कर्मचारीले बिना सर्त छिटो छरितो सेवा दिने छन्,‘अध्यक्ष शाहीले भने ।’
बढ्दो जलवायु परिवर्तनबाट बच्न, वातावरण संरक्षण गर्न तथा बाढी, भू–क्षयजस्ता घटना न्यूनीकरण गर्न ‘ग्रिन रोड ग्रिन रिभर’को नीति अनुसार पाँच वर्षमा २ लाख ५० हजार बिरुवा रोप्ने अभियान समेत थालिएको छ । खानेपानी विकासलाई विशेष प्रथामिकता दिएका कारण पनि वाताबरण जोगाउन हिमा सक्रिय छ ।



