जुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कँडेलले २१ साउन सोमबार प्रदेश सभाबाट दोस्रो पटक विश्वासको मत लिने भएका हुन् ।
विश्वासको मतका लागि मुख्यमन्त्री कँडेलले प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ । संविधानको धारा १८८ को उपधारा (२) बमोजिम विश्वासको मत लिनु हुने भएको छ । मुख्यमन्त्री कँडेलले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
केन्द्रमा सत्ता समीकरण फेरिएसंगै कर्णाली प्रदेश सरकारमा काँग्रेसले सहभागिता जनाउदैँ छ । नेपाली काँग्रसले सरकारमा सहकभागी हुने चार मन्त्रीको नाम समेत टुग्याइ सकेको छ ।
शुक्रबार कांग्रेसकातर्फबाट चार जना मन्त्रीको नाम सिफारिस भएपनि कँडेलले शपथ खाएका छैनन् । शुक्रबार सपथको लिने भनिएपनि अन्तिममा रोकिएको थियो ।
प्रकाशित मिति : २०८१ साउन १९ गते शनिवार