
जुम्लाको एक मात्र नगरपालिका चन्दननाथ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमख खडानन्द चौलागाईसँग शैक्षिक गतिवधिका विषयमा पत्रकार मानदत्त रावलले गरेको (कुराकानी) अन्तर्वार्ता
नगरपालिकाको शैक्षिक गतिविधि तथा शाखाका कामकाज के के भैराखेका छन् ?
आर्थिक वर्ष २०८०÷८१ मा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको मातहतमा नगर स्तरीय शैक्षिक गतिविधि कार्यान्वयन गर्ने क्रममा यो आर्थिक बर्षको अन्तिम समयसम्म पनि तालुक कार्यालयका निर्देशन परिपत्रबमोजिम शैक्षिक गतिविधि संचालन गरिरहेको छ । चन्दननाथ नगरपालिकाको यस शाखाले नगरपालिका भित्रका १८ वटा सामुदायिक १ वटा धार्मिक र ८ वटा संस्थागत विद्यालयहरुको नेतृत्व गरिएको जहाँ चन्दननाथ नगरपालिकाले २०८१ सालको शैक्षिक क्यालेण्डर बमोजिम शिक्षकहरुको तलव भुक्तानी देखि विद्यालयहरुमा अनुदान दिने विभिन्न कार्यक्रम रफ्तारले भैराखेका छन् ।
सामुदायिक विद्यालयमा विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दी छैनन् भन्ने छ । दरबन्दी मिलान तथा विद्यालय मर्ज गर्नु तयारी के भैराखेको छ ?
यो समग्र मुलुकको सन्दर्भमा ठिक भएता पनि चन्दननाथ नगरपालिकाको सेरोफेरोमा माथिल्लो कक्षामा यहाँका सबै विद्यालयहरुका लागि मिल्दैन । शिक्षा नियमावली २०५९ मा हिमाल पहाड र तराइमा कति विद्यार्थी बराबर कति शिक्षक रहने भनी प्रष्ट उल्लेख गरिएको छ । यही मापदण्ड अनुसार विद्यार्थी संख्या नपुगेर यहाँका प्रावि स्तरका १७ दरबन्दी पुलमा थिए । अनि हामीले तत्कालिन नगर प्रमुख कान्तिका सेजुवालको निर्देशन बमोजिम दरबन्दी मिलान गर्यौ । जसले गर्दा केही हदसम्म भएपनि शिक्षक र विद्यार्थीको व्यवस्थापन गर्यौ । पुन अहिले विद्यालय मर्ज तथा दरबन्दी मिलान गर्नु जरुरी देखिएको छ । यसको लागि लगभग ६० प्रतिशत कार्य भैसकेको छ । दरबन्दी मिलान तथा विद्यालय मर्ज गर्न विद्यालय परिवार, विव्यस अन्य शैक्षिक सरोकारवाला जनप्रतिनिधिहरुको पुर्ण सहयोग र सहकार्यको आवश्यकता पर्दछ । सबैले साथ सहयोग दिएमा यही आर्थिक बर्षमा पुरा गर्ने तर्खरमा छौँ ।
२०७८ सालको जनगणना अनुसार चन्दननाथ नगरपालिकामा अझै २३ प्रतिशत नागरिक निरक्षर छन् । साक्षरता बढाउन के कस्ता गतिविधि भइ राखेका छन् ?
राष्ट्रिय जनगणना २०७८ अनुसार चन्दननाथ नगरपालिकामा ७७ प्रतिशत जनता साक्षर भैसकेका छन् । बाँकी रहेका २३ प्रतिशत जनतालाई साक्षर बनाउन हामीले आन्तरिक तयारी भैरहेका वेला शिक्षा तथा मानव स्रोत केन्द्रको आयोजनामा कर्णाली प्रदेशका साक्षरता घोषणा हुन बाँकी रहेका स्थानीय तहका प्रमुख र शिक्षा प्रमुखको अभिमुखिकरण कार्यक्रमबाट सबै स्थानीय तहले आफ्नो स्थानीय तहका निरक्षरहरुको अभिलेख संकलन गर्ने क्रममा चन्दननाथ नगरपालिकाका ४ जना सामुदायिक सिकाइ केन्द्रका परिचालकरुले ३८० जनाको डाटा पेश गरेकाले सोही अनुसार उनीहरुलाई एक दिवसीय अभिमुखिकरण कार्यक्रम संचालन गरी १२ वटा साक्षरताका मापदण्डहरु सहित २०८१÷०१÷१ देखि २०८१÷०३÷३० सम्म साक्षरताका कम्तिमा ५० प्रतिशत मापदण्डहरु पूरा गर्ने गरी बाँकी २३ प्रतिशतलाई पनि साक्षर बनाउने काम भैरहेको छ ।
चन्दननाथ नगरपालिकाभित्रका केही सामुदायिक विद्यालयहरु वाहेक नगरभित्रका धेरैजसो विद्यालयहरुमा विद्यार्थीको आकर्षण घट्दो छ । केही प्रावि र निमाविहरुमा विद्यार्थीको संख्या निकै कम छ भन्ने छ । जहाँ विद्यार्थीभन्दा शिक्षक धेरै देखिन्छन् । यसलाई कसरी लिनु भएको छ ?
चन्दननाथ नगरपालिका अन्य स्थानीय तहभन्दा केही मात्रामा भएपनि ब्मखबलअभम स्थानीय तह हो । तापनि यहाँ आशातीत शैक्षिक उपलव्धीहरु देखिन सकेको छैन । यसको पहिलो जिम्मेवारी अभिभावक, सो विद्यालयहरुमा कार्यरत शिक्षक र सम्बद्ध पक्षहरु पनि उत्तिकै दोषी देखिन्छन् । अहिले विश्वव्यापी रुपमा अंग्रेजी विषयको आकर्षण बढ्दो छ । सबै नेपाली अझ विशेष गरी हामी अंग्रेजीको द्यबकभ कम भएकाहरुलाई आफ्नो बालबच्चा अंग्रेजीमा टाँठो होस् भन्ने चाहना गर्दछौ । त्यसैले आफ्ना नानीबाबूहरुलाई द्ययबचमष्लन स्कूल भर्ना गर्ने होडबाजी नै चलेको छ । घरको खेत माते बन्धकी राखेर पनि द्ययबचमष्लन स्कूल नै भर्ना गर्दछौँ । अहिले सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्न कम रुचाउँछन् । त्यस कारण केही प्रावि र निमावि मा विद्यार्थी संख्या एकदम न्यून छन् । दुईवटा विद्यालयमा त विद्यार्थीहरु भर्ना हुनै आएनन् । त्यसको लागि मैले नगर कार्यपालिकाका द्ययमथ हरुलाई शिक्षकको व्यवस्थापनका लागि अनुरोध गरिसकेको छु । अब कार्यपालिकाको द्ययमथ ले तत्काल व्यवस्थापनका लागि हामीलाई निर्देशन दिन्छहोला ।
२०८० सालको माध्यमिक शिक्षा परीक्षा (SEE ) को नतिजालाई कसरी लिनु भएको छ ?
अहिले देशभरी नै क्भ्भ् को नतिजा सन्तोषजनक छैन । त्यसमा जुम्लाको नतिजा अनि चन्दननाथ नगरपालिकाको नतिजा पनि अपेक्षा गरे अनुसार आउन सकेन । यसमा विद्यालयहरु लगायत सम्बद्ध पक्षहरु सबै जोडिएका छन् । हरेक बर्ष पौष माघमा त्गतष्यल संचालनमा देखिएको होडबाजी अनुसार यहाँको नतिजा अझै राम्रो आउनु पर्ने हो । यसमा अभिभावक देखि विद्यालयहरु र स्वयम् विद्यार्थीहरु पनि चनाखो हुनुपर्ने देखिएको छ । पहिले – पहिले हामी खेत खाडो विक्रि र बन्धकी राखेर पनि सुर्खेत नेपालगन्ज र काठमाडौँ तगतष्यल पढ्न जान्थ्यौ त्यो रोकिएको छ तर यही बसेर पनि अपेक्षा अनुसारको नतिजा ल्याउनको लागि सबैले अपेक्षाकृत नतिजा ल्याउन गतिशील बन्नु जरुरी देखिएको छ ।
(चन्दननाथ नगरपालिका, शिक्षा युवा तथा खेलकुद शाखा जुम्लाले प्रकाशन गरेको शैक्षिक बुलेटिनबाट)