जुम्ला । कर्णाली राजमार्ग फेरि अबरुद्द भएकाे छ । गएरातीकाे अविरल वर्षा पछि आएकाे बाढी पहिराेले संचालनमा आएकाे दुई हप्ता नबित्दै फेरि कर्णाली राजमार्ग अबरुद्द भएकाे हाे ।
आईतबार विहान ६ बजे कर्णाली राजमार्ग अन्तर्गत कालिकोट शुभकालिका गाउँपालिका वडा न. १ स्थित स्थित गगने खोलामा अन्दाजी २० मिटर जति सडक भत्किएकाे र एस मोडमा ढुङगा माटो सहितको पहिरो आएर राजमार्ण पूर्ण रुपमा अबरुद्द भएकाे जिल्ला प्रहरी कार्यालय कालिकाेटले जानकारी दिएकाे छ ।
विहान ६ बजेदेखीनै पूर्ण रुपमा सडक अबरुद्द भएकाेले अबस्था बुझेर मात्रै यात्रा गर्न समेत अनुराेध गरिएकाे छ ।
दुई हप्ता सडक अबरुद्द भएकाे पाँचाै दिनमा खुलेकाे थियाे ।
त्यतिबेला सबैभन्दा बढी जाेखिम दैखाेला र गगनेखाेलामा थियाे । हाल फेरि गगने खाेलाकै पहिला पहिराे गएकै ठाउँकाे करिब २० मिटर सडक भत्कीएपछि सडक पूर्ण रुपमा अबरुद्द भएकाे छ ।
यता सडक डिभिजन जुम्लाका प्रमुख चेतन कुमार मण्डलले पहिराे पन्छाउन मेसिन सहित जनशक्ति पठाईएकाे बताए । उपलब्ध स्राेत साधनले भ्याए सम्म पहिराे पन्छाउने कार्यलाई गति दिईने उनकाे भनाई छ