जुम्ला । कृषि विकास बैंक लिमिटेड जुम्ला शाखाद्दारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालाई आठ लाखकाे चेक हस्तान्तरण गरिएकाे छ।
संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) कार्यक्रम अन्तर्गत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई आठ लाखकाे चेक हस्तान्तरण गरिएकाे हाे ।
आईतबार प्रतिष्ठानमा आयाेजित कार्यक्रममा अन्तर मेडिकल कलेज खेलकूद कार्यक्रम तथा प्रथम दिक्षान्त समाराेहकाे सहयाेगार्थ प्रतिष्ठानलाई आठ लाखकाे चेक हस्तान्तरण गरिएकाे कृषि विकास बैंक जुम्ला शाखा प्रर्वन्धक खुम्बीलाल शर्माले बताए ।
बैंकले आफ्नाे आम्दानीकाे ३ प्रतिशत सामाजिक उत्तरदायित्वका क्षेत्रमा लगानी गर्नु पर्ने प्रावधाननुसार कृषि विकास बैंकले बर्सेनि सामाजिक हितका क्षेत्रमा लगानी गर्दै आएकाे प्रबन्ध शर्माले उल्लेख गरे ।
उनले भने,’कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान संग कृषि विकास बैंककाे पुरानाे सम्बन्ध छ । २०२४ सालमा स्थापना भई वित्तिय क्षेत्रकाे विकासका लागि कृषि विकास बैंकले लगानी गर्दै आएकाे छ । देशभरका विभिन्न प्रतिष्ठान र कलेज संग बैंक सहकार्य गर्दै आएकाे छ । साेहीनुसार जुम्लामा १०/११ वर्षदेखि प्रतिष्ठानसंग सहकार्य गरीरहेका छाै ।’

उनका अनुसार गत वर्ष ५ लाख बराबरकाे चिसाे ताताेपानी आउने मेसिन हस्तान्तरण गरिएकाे थियाे । बैंकले आगामी दिनमा पनि सामाजिक उत्तरदायित्वका क्षेत्रमा लगानी गर्दै जाने प्रतिबद्दता व्यक्त गरे ।
कृषि विकास बैंक लिमिटेड कर्णाली प्रदेशका निर्देशक डाक्टर सुरज टण्डनले जुम्लामा स्थापित कर्णाली प्रतिष्ठानले सेवा,अनुसन्धान तथा अध्यायनका क्षेत्रमा विश्वव्यापी पहिचान बनाएकाे उल्लेख गरे ।
प्रतिष्ठानकाे थप विकास तथा सेवा प्रवाह सहज हाेस भन्ने मनसाय विभिन्न समयमा सामाजिक उत्तरदायित्व अन्तर्गत सहयाेग गर्दै आएकाे बताए । प्रतिष्ठान र बैंककाे सम्बन्धलाई दिगाे र प्रभावकारी बनाउन दुबै पक्षले सहकार्यलाई समधुर बनाउनु पर्नेमा जाेड दिए ।
उनले भने,’काेराेनापछि देशकाे अर्थतन्त्र सुस्ताएकाे छ । व्यापारी मर्कामा छन । तथापी कृषि विकास बैंकले कर्णालीमा ६ अर्ब लगानी गरेकाे छ । भने निक्षेप ४ अर्ब मात्रै छ । कूल लगानीकाे ३६ प्रतिशत लगानी कृषि विकास बैंकमा लगानी छ । भने गैरकृषि क्षेत्रमा ७४ प्रतिशत लगानी गरेकाे छ । बाह्य लगानी जुटाएर कर्णालीमा लगानी गरेका हाै ।’
बैंक लगानी उत्पादन व्यवसायीक क्षेत्रमा र प्रतिष्ठानकाे लगानी सेवा प्रवाह र दक्ष जनशक्ति उत्पादन भएकाेले हामी आपसी सहकार्य प्रभावकारी बनाउने पर्ने उल्लेख गरे ।
प्रतिष्ठान र त्यहाका कर्मचारीकाे बहुआयामिक क्षेत्रमा बैंक लगानी गर्न तयार रहेकाे समेत उनकाे भनाई छ ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रेक्टर डबल धामीले कृषि विकास बैंककाे सहयाेग प्रति धन्यबाद व्यक्त गरे । बैैकिङ सेवालाई छिटाे छरिताे नागरिकमैत्री बनाउनु पर्नेमा समेत जाेड दिए ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार नृपेन्द्र महतले दुरदराजमा कृषि विकास बैंकले पुराएकाे बैकिङ सेवाकाे प्रशंसा गर्दै आगामी दिनका थप प्रगतीकाे शुभकामना दिए ।
बैंक संगकाे एक दशक लामाे सहकार्यलाई अझै समधुर बनाउनु पर्नेमा समेत जाेड दिए । प्रतिष्ठानका हरेक बैंकिङ सेवा कृषि विकासबाटै छिटाे छरिताे भईरहेकाे समेत उनकाे भनाई छ ।
कृषि विकास बैैंककाे सेवा भाव र उत्तरदायि भुमिका अन्य बैंक वित्तिय क्षेत्रका लागि अनुसरण याेग्य रहेकाेमा जाेड दिए ।



