
जुम्ला । गुठिचाैर गाउँपालिका वडा नं २ स्थित पर्यटकीय क्षेत्र गुठिचाैर उपत्यकाकाे गिट्टी बालुवा अवैध रूपमा उत्खनन भईरहेकाे छ । गुठिचाैर उपत्यकामा बग्ने खाेलाहरुबाट निर्माण व्यवसायीहरुले मनमर्जी रुपमा गिट्टी बालुवा उत्खनन् गरिरहेका छन् ।
गुठिचाैरकाे आर्थिक समृद्धिकाे मेरुदण्ड मानिएकाे गुठिचाैर उपत्यकामा अबैध उत्खनन् बढ्दै जाँदा उपत्यका संकटमा पर्ने देखिएकाे छ । उक्त क्षेत्रमा निर्माण हुने सडक भवन तथा अन्य पूर्वाधार निर्माणका लागि उक्त क्षेत्रबाटै गिट्टी बालुवा उत्खनन् भएकाे पाईएकाे छ ।
बालुवा गिट्टीकाे उत्खनन् पछि उपत्यकामा क्षयीकरण बढ्दै गएकाे छ । उक्त उपत्यकामा वर्खाकाे सिजनमा गुठिचाैरका गाई भैंसी राख्छन् । भने गुठिचाैर भेडा फार्मका भेडा,स्थानीयका घाेडा लगायतका पशुचाैपाय चर्ने एकमात्र ठाउँ पनि हाे ।
बढ्दै गएकाे अवैध उत्खनन् नराेकिएकाे खण्डमा केही वर्षमा पशुचाैपाय लाई चरण क्षेत्रकाे अभाव हुने देखिएकाे छ । भने उपत्यकानै संकटमा पर्ने देखिएकाे हाे । कर्णालीकी साेलाे ट्राभलर सिर्जना सिज्जुले एक भिडियाे सार्वजानिक गर्दै दुई वर्ष पहिला आउँदा सुन्दर गुठिचाैर उपत्यका अहिले अवैध उत्खननले कुरुप बन्दै गएकाे बताएकी छन् ।

उनी दुई वर्ष पहिला त्यहा पुग्दा गुठिचाैरकाे सुन्दरता देखेर राज्यले चिन्न निकेकाे,संरक्षण हुन नसेकेकाे भन्दै भावुक समेत भएकि थिईन् । अहिले स्थानीय तहकै बेवास्ता र निर्माण व्यवसायीकाे लापारबाहीले गर्दा गुठिचाैर उपत्यकाकाे दाेहन बढेकाे हाे ।
गुठिचाैरकाे अवैध उत्खननपछि स्थानीय नागरिकले चासाे देखाएका छन् । यदपी नियमन गर्ने,गिट्टि बालुवाकाे व्यवस्थित उत्खनन् गर्ने जिम्मेवारी पाएकाे स्थानीय सरकार भने मुख दर्शक बनेकाे समेत स्थानीयकाे गुनासाे छ ।
अवैध उत्खनन् तत्काल राेक्छाै: अध्यक्ष
गुठिचाैर गाउँपालिकाका अध्यक्ष दान बहादुर बुढाले गुठिचाैर उपत्यकाकाे सुन्दरतालाई कुरुप बनाउने गरि भईरहेकाे अवैध उत्खनन् प्रति पालिकाकाे गम्भीर ध्यानकर्षण भएकाे बताए ।
हामीले गिट्टी बालुवाकाे उत्खननलाई व्यवस्थित गर्न कार्यविधि निर्माण भईसकेकाे छ । यदपी कार्यान्वयनमा आएकाे छैन् ।
अध्यक्ष बुढाले भने,’प्रारम्भीक वातावरणीय प्रभाव मुल्यांकन (आईई) गर्ने तयारी गरिरहेका छाै । पालिकाले कसैलाई पनि गुठिचाैरकाे गिट्टि बालुवा उत्खनन् गर्न कुनै सम्झाैता गरेका छैनाै । गुठिचाैरलाई संरक्षण गर्ने हाम्रै दायित्व हाे । त्यहाकाे सुन्दरता कायमै राख्न हामी गम्भीर छाै ।’

गुठिचाैरकाे उत्खनन् हुँदा पालिका मुख दर्शक भएकाे भनिएपनि पालिका गम्भीर रुपमा अघि बढेकाे स्पष्ट पारे ।
वडा नं २ ले केही रुपैया लिएर स्थानीयलाई गिट्टी बालुवा उत्खनन् गर्न दिएकाे बुझिएकाे छ । तर स्थानीय वा निर्माण व्यवसायी जाेसुकै भएपनि कसैलाई उत्खनन् गर्न नदिईने अध्यक्ष बुढाले दाबी गरे ।
हाल काठमान्डाैँ रहेका अध्यक्ष बुढा आफू जुम्ला पुग्ने बित्तिकै गुठिचाैर उपत्यकाकाे अनुगन गर्ने र कार्यविधि कार्यान्वयनमा नआउन्जेलग गुठिचाैरका कुनै पनि क्षेत्रमा अवैध उत्खनन् गर्न नदिने उल्ले गरे ।
अन्य क्षेत्रमा व्यवस्थित उत्खनन् गर्न दिएपनि गुठिचाैर उपत्यकाकाे उत्खननलाई पूर्ण रुपमा राेक्ने पालिकाकाे तयारी छ । ‘गुठिचाैर उपत्यका पालिकाकाे मात्र नभई जिल्लाकै सम्पत्ति हाे । उक्त क्षेत्रमा दाेहन हुनु उपत्यका संकटमा पर्नु हाे । त्यति उत्खनन् हुँदा हुँदै मालिका माैन बसेकाे आराेप लागेकाे छ यसमा सत्यता छैन् । उत्खनन् भईरहेकाे भिडियाे बाहिएर पछि हाम्राे गम्भीर ध्यानकर्षण भएकाे छ ।’ अध्यक्ष बुढाले भने ।

सिजनमा गुठिचाैरमा दैनिक दुईसय सम्म आन्तरिक पर्यटक पुग्छन् । गुठिचाैरकाे प्राकृतिक सुन्दरता संगै २०२८ साल स्थापना भएकाे भेडाबाख्रा अनुसन्धान केन्द्रले पनि गुठिचाैर प्रचित छ । तर पछिल्लाे समय बढेकाे अवैध उत्खननले गुठिचाैर उपत्यका संकटमा परेकाे छ ।