तिलागुफाको एक विद्यालयमा भुकम्प पुर्बतयारी नमुना अभ्यास कार्यक्रम

जुम्ला – तिलागुफा नगरपालिका – २ स्थित दुर्गा माध्यामिक विद्यालयमा भुकम्प पुर्वतयारी नमुना अभ्यास कार्यक्रम भएको छ । बालक्लबका सदस्य विद्यार्थी र शिक्षकको भुकम्प पुर्बतयारी सम्बन्धि क्षमता विकास गर्नका लागि नमुना अध्यास कार्यक्रम गरिएको हो ।


शैक्षिक संरचनाको अबस्थाको बिष्लेषण गरि भुकम्प प्रतिरोधात्मक भवनमा सुधार र बिद्यालयको सुरक्षित स्थानान्तरण नक्सा तयारी गरि सुरक्षित क्षेत्रको पहिचान गर्ने उद्देश्य नमुना अभ्यास गरिएको हो । साथै भबिष्यमा हुने बिपद्बाट बच्ने उपायको बारेमा क्षमता अभिबुद्धि गरि बालबालिकालाई सुरक्षित सिकाइ वृद्धि गर्ने पनि उद्देश्य रहेको छ । बिद्यालयस्तरमा हुने जोखिमलाई ज्यूनिकरण गर्न, बिद्यार्थी र शिक्षकसँग अभिमुखिकरण कार्यक्रम पनि गरिएको पेस नेपाल कालिकोटले बताएको छ ।
बिद्यालयमा कुनै पनि बिपद्को समयमा नआत्तिएर सुरक्षित रहने, भुकम्प रोकिएपछि मात्र सुरक्षित स्थानमा जाने र त्यहाँ उपस्थित हुन नसकेमा बिद्यालयको जोखिम क्षेत्रमा जतिसक्दो छिटो उद्वारमा लाग्नुपर्ने नमुना अभ्यासको सन्देश रहेको थियो । अभिमुखिकरण कार्यक्रममा डक, कभर एण्ड होल्डको समेत प्रदर्शन गरिएको थियो ।
विद्यालयका शिक्षक दत्त खत्रीले विपद्को समयमा खोजउद्वार, प्राथमिक उपचार, अस्पताल लिनको लागि एम्बुलेन्सको तयारी समेत गर्नुपर्ने बताए । । बालक्लबका २४ जना र ३ जना शिक्षकको सहभागिता रहेको कार्यक्रम २५ फागुनमा सञ्चालन भएको थियो । कारितास जर्मनी, कारितास नेपालको आर्थिक सहयोग र पेस नेपालको साँझेदारीमा संचालित उत्थान परियोजना अन्र्तगत भुकम्प पुर्बतयारी सम्बन्धि क्षमता विकास गर्नका लागि नमुना अध्यास कार्यक्रम गरिएको संयोजक नारद रेग्मीले बताए ।

प्रकाशित मिति : २०८१ फाल्गुन २८ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस