‘बुबाकाे मृत्युपछि नपाउनु दु:ख पाएका रतन,आफ्नै संघर्ष र मेहनतले सफल भए’

जुम्ला । जीवन एक रंग मञ्च जस्तै हाे । जहाँ कहिले सुखकाे र कहिले दुखकाे नाटक मन्चन भईरहन्छ । यहाँ हरेकका आफ्नै जीवन संघर्ष अनि भाेगाई हुन्छन् । जुन भाेगाई र संघर्षहरु कसैका लागि प्रेरणा बन्छन,सिकाई बन्छन ।

कलिलै उमेरमा बुबाकाे साथ गुमाउँदा भाेग्नु परेकाे अभाव,गर्नु परेकाे संघर्ष,झेल्नु परेकाे पीडा अनि बचनहरु । यी सबै भुमिरीबाट माथि उठेर सबैकाे प्रिय पात्र मात्र बनेकाे छैनन् ।

आफ्ना सारा दु:ख पिर बेथा र संघर्ष लुकाएर अरुकाे वकालत गरिरहेका छन् । विगतका संघर्षबाट आफूलाई निर्खादै असाधारण मेहनत गरेर सफल बनेका उनी । अहिले समाजकाे हाँसाेसंग हासाे मिलाउँछन् । राेदनसंग आसु मिसाउँछन् । उनी हुन दुखकाे भुमरीबाट उठेर सफल बनेका मुगुका रतन बहादुर रावल ।

२०५८ साल बैशाख २३ गते बुबा गाेर्ख बहादुर रावल र आमा पानसरा रावलकाे काेखबाट मुगुकाे छायाँनाथ रारा नगरपालिका वडा नम्बर ८ झारी गाउँमा जन्मीएका रतनकाे बाल्यवस्था निकै सुखद रुपमा बित्याे ।

कान्छाे सन्तानका रुपमा जन्मीएका उनलाई बुबाले दु:ख र अभावकाे छाया समेत पर्न दिएनन् । परिवार निकै खुसी थियाे । अभाव भन्ने चिज थिएन् । एक दाई,दुईजना दिदि जस्ताेसुकै अबस्थामा साथ दिने बुबा भएकाेले संसारकै खुसी थिए म ।

तर त्याे खुसी लामाे समय टिक्न सकेन् । मेराखुसी ओरालाे लाग्ने र दुखसंघर्षका दिन उकालाे लाग्ने दिन यति चाडाे आउछ भन्ने कल्पना पनि थिएन् ।

खुसी खाेसिएकाे त्याे क्षण
रतन बहादुर जति बेला सात वर्षकाे मात्रै थिए,खासगरी उनका दुखका दिन त्यतिबेला बाटै सुरु भए । आधारभूत तहकाे पढाईका लागि घर छाडेर बाँकेकाे चिसापानीमा बसेर पढ्थे ।
बुबा आमा घरमा हुनुहुन्थ्याे । दैनिक बुबाले रतनकाे पढाई बारे साेधीखाेजी गरिरहन्थे । हालखवर बुझिरहन्थे ।

कुरा २०६६ साल तिरकाे हाे । उनी त्यतिबेला ठ्याक्कै सात वर्षका थिए । २०६६ साल जेठ बैशाखकाे समय तिर हाे,रतनका बुबा गाेर्ख बहादुर रावल एक्कासी विरामी हुनुभयाे । जतिबेला रतन चिसापानीमा थिए । मुगुमा राम्राे उपचार नभएपछि रतनका बुबालाई उपचारका लागि सिधै भारतकाे लखनाै लिने निधाे भयाे । तर लखाैनाका डाक्टरले बच्ने सम्भावना निकै कम रहेकाेले जत्तिसक्दाे चाडाे घरमा लिन सुझाए ।

रेडियाेमा काम गर्दै गर्दा रतन

म सानै थिए । बुबालाई लखाैनाैबाट मुगु लगियाे । रतन भन्छन,’उमेर मेराे सानै भएपनि बुबाले दिएकाे साथ,सिकाएकाे पाठ सबै मलाई ताजा छ । बुबालाई उपचार सम्भव नभएर मुगु लिएपछि म चिसापानीमा बसेर पढ्न सक्ने स्थिती भएन् । म चिसापानीबाट भागेर मुगु पुग्ने याेजना बनाए । नत मसंग प्रयाप्त पैसा थियाे । न घर जाने बाटाे थाहा थियाे । तर बुबाकाे मुखभेट गर्ने मेराे दृढ ईच्छा शक्तिले घरमा कसैलाई केही नभनी भागेर आए ।’

रतन चिसापानीदेखि मुगु सम्मकाे कठिन यात्रा यसरी सुनाउँछन् ।
बुबा सिकिस्त छन् भन्ने कुराले मेराे दिमाग बुबा भेट्ने बाहेक अरु कुनै पनि कुरा साेच्न भ्याएकाे थिएन् । म संग २५ सय नगद र साथमा एउटा ७ हजारको साइकल थियो। साँझको ७ बजे अधेरी रात भइसकेको थियो। मनले के के सोच्यो सोच्यो यतिखेर थाहै भएन । जब सिसापानीबाट साँझ ७ बजे बस चढेर सुर्खेतको यात्रामा लागे सुर्खेत बसपार्क पुगिसकेपछि मसँग हजार रुपैयाँ मात्र थियो। फेरि बसमा बस्यौँ। बीच बाटोमा पैसा माग्न थाल्यो सह सहचालकलाई एकहजार रुपैयाँ दिए । तिम्रो हजार रुपैयाँले जहाँसम्म हुन्छ त्यहीसम्मले लग्दिन्छौं भन्याे । मनमा घर पुग्ने चिन्तासंगै सहचालकले जुम्ला सम्म नपुगे बिचमै झारिदिने चिन्ताले पिराेल्याे । बाटाेमा मेराे यात्राका कठिनाई त छुट्टै थिए ।

उता चिसापानीमा म हरागकाे खबर फैैलिएछ । मेरी फुपुले खाेजखबर गर्नु भएछ,प्रहरीलाई फाेटाे सहित मेराे विवरण दिएर खाेजतलास समेत गरिए छ । तर म मुगु पुग्ने अठाेटका साथ यात्रामा थिए ।

कालिकाेट पुगेपछि त्याे दाेस्राे रात त्यतै बस्याै । जुम्ला जाने भाडा त कहाँ कहाँ खाना खाने समेत सुक्काे पैसा गाेजीमा थिएन् । तर साथमा मैले साईकल भने ल्याएकाे थिए । खाना खाएकाे १५० रुपैया पर्ने रहेछ त्याे पनि थिएन् ।

भने अनि उता म मेरो आफ्नै फुपूले विभिन्न ठाउँमा खोजखबर गर्नुभयो। विभिन्न इलाका प्रहरीमा मेरो फोटो सहित जब म तेस्रो दिन कालिकोटबाट जुम्लाको यात्रामा आए त्यो रात बसेको थिए कालिकोटको मान्मा मा खाना खाँदा १५० रहेछ। मसँग भएको एउटा साइकल मात्र थियो।

दैनिक खर्च जुटाउन रारामा पर्यटकलाई घाेडा चढाउने काम गर्दै रतन

साझ बसेकाे हाेटलकी साउनीलाई मैले मेरा कथा सुनाए । पीडा पाेखे र विलाैना गरे-‘जुम्ला पुग्न पाए मेरी फूपू हुनुहुन्छ,सबै पैसा मागेर दिने थिए । बरु मेराे साईकल यतै राख्नु जसरी पनि जुम्ला सम्म पुराईदिनु भने । ती साउनीले ममाथि ठुलाे दया देखाईन् । साईकल पनि लिईनन्,एकजना ट्रक ड्राईभरसंग कुरा गरेर जुम्ला पठाईदिनु भयाे । अघिल्लाे दिन हिडेकाे ट्रक भाेलीपल्ट १२ बजे जुम्ला पुगे ।

जुम्लामा मेरी फुपु छन् भन्ने थाहा थियो नाम पनि थाहा थियो तर घर कता हो र कुन गाउँ हो भन्ने थाहा थिएन । रजुम्ला खलङ्गाबाट माथि लागिसकेपछि नाम खोतेल्दै गएँ। मेरी फुपूको नाम जसानन्द बुढथापाकाे घर खाेज्दै जाँदा घर भेटाए । भाेली पल्ट फुपुले राेटी तरकारी तयार गरेर बाटाेमा भाेक लाग्दा खानु भनेर पठाउनु भयाे । विहानै जुम्लाबाट निस्केकाे म साझ ५ बजे मुगु घर पुगे ।

घर पुग्ने बित्तिकै सबै मतिर हेर्न थाले,गागी गर्छन कि भन्ने डल थियाे । तर कसैले गरेनन् । म घर पुग्ने बित्तिकै बुबालाई हेरे बुबाले मलाई हेर्नुभयाे । त्यतिखेरसम्म बुवा अलिकति बोल्ने र मान्छे चिन्न सक्ने अवस्थामा हुनुहुन्थ्यो।

बिडम्बना म घर पुगेकाे भाेली पल्टकाे राती १२:४५ बजे बुबा भगवानकाे प्याराे हुनु भयाे । मलाई लाग्याे त्यति कष्टकाे यात्रा गरेर बुबाकाे मुखभेट पाए । धर्मयति रहेछ । कम्तीमाबुबाकाे मुखभेट पाए भनेर चित्त त बुझाए । तर मेरा दुखका दिन त्यहिदिनबाट सुरु,हुनेकुरा म चिन्तित पनि थिए ।

किनकी बुबा बिनाकाे आमा अब साहारा विहिन हुनु हुने छ । दुई दिदिकाे विवाह भईसकेकाे थियाे,दाईकाे बिहे भईसकेकाे थियाे । नपाउनु दु:ख र पीडा मैले नै पाउने निश्चित भयाे ।
बुबाकाे मृत्युपछि मेरा दुःखका दिनहरू सुरु भए। सानैमा छदा बुबाकाे छहारीमा मेरा दिन सुखका साथ बितेका थिए । मान्छे भन्थे,बाल्यवस्थामा सुख पाउने पछि दुख पाउछ भनेर,मेराे जीवनमा मेल खायाे । किनकी १० वर्षमै बुबा गुमाउनुनै मेरा दुखका दिन सुरु हुनु हाे ।

घरमा भाउजुकाे भनाई खाए,एक दिन स्कुल र एक घरकाे काममा पेलिनु पर्ने कष्ट भाेगे,प्राय दिनहरु गाेठालाे जानै बित्याे,घरमा मालपाखर धेरै थिए । साथीहरु ट्युसन पढ्थे, म नियमित स्कुल जान समेत पाउँन्थिन । अगाडि हातमा किताब र पिठ्युमा मल बाेकेर खेतमा राखेकाे छु । फेरि चिसापानी गएर पढ्ने त सपना बनिसकेकाे थियाे त्याे कलिलाे उमेरमा मैले भाेग्नु परेका दुःख कष्ट संघर्ष सम्झिँदा अहिले पनि घरिघरी रुने गर्छु । आँखामा आँसु आउँछ।

सानाेमा छदा साथीहरुसंग रतन

खाना र लाउनका लागि दुःख त पाएन पाईन पारिवारिक बाेलबचन धेरै पाए । आमा घरमै हुनुहुन्छ । तर दाइ भाउजुका अघि निरीह हुनुहुन्छ । मलाइ त्याे बाल्यकालसमा पाएकाे नपाउनु दु:ख र संघर्षले मलाई जिउन प्रेरणा मिल्याे । मैले ती दुख सम्झिदै आफ्नै संघर्ष र दुखमा सफल खाेजे ।

बुबाकाे मृत्युपछि आमाकाे खुसी र मैले भाेगे जस्ताे पिडा मेरा सन्तानले भविष्यमा भाेग्न नपराेस भनेर दुख गर्न थाले । मलाई कल्पना थिएन् म आफ्नै खट्टामा उभिन सक्षम हुन्छु भनेर । मेराे सफलताकाे हकदार म आफै हुँ । आफ्नै दुःख र मेहनतले अहिले यो स्थानसम्म पुग्न सफल भए।

रेडियाेकाे प्रेरणाले सफल भए
सानैदेखि म रेडियाेप्रेमी थिए । रेडियाेबाट प्रशारण हुने हरेक कार्यक्रमहरु ध्यानपूर्वक सुन्थे । समय कष्टपूर्ण रुपमा चलिरहेकै थियाे । बुबापछि मलाई साथ सर्पाेट दिने हजुरबुबाकाे २०७९ मा मृत्युुभयाे । त्यसपछि झन मेरा दिन दुखमय हुन थाले । तर हिक्मत हारिन् । संघर्ष गर्न छाेडिन । मनलाई सम्झाउन्थे,आफै।रुन्थे अनि खुसी हुन्थे ।

जब म एकाेहाेरिएकाे हुन्थे,तब म रेडियाे सुुन्थे । रेडियाेमा जीवन जगतबारे निकै मिठा मिठा कुरा भन्थ्याे । म निकै मन लगाएर सुन्थे । बिग्रेको मोबाइल किलाको एयरफोन बनाएर रेडियो सुन्ने गर्थे। डिस्प्ले गएका मोबाइल जोडेर रेडियो सुन्ने गर्थे । रेडियाेकै प्रेरणाले मलाई समाज सेवा गर्ने र मिडियामै काम गर्ने साेच आयाे ।

रेडियोबाटै सुनेका प्रेरणादायी कुराले मेराे जीवनकाे बाटाे माेडियाे । आज म घरकाे अभाव भाेगेर,कष्ट सहेर सुन्दर भविष्यका लागि दुबईमा छु । अहिले मसंग कुनै कुराकाे कमी छैन्, बुबा बाहेक ।

रेडियाेकाे प्रेरणाले मपनि पत्रकारितामा हाेमिए । पत्रकारिता मार्फत समाज सेवा गरिरहेकाे छु । छाेटाे समयमा मुगाली समुदायले मलाई न्यानाे माया दिनु भएकाे छ । कामकाे शिलशिलामा दुबईमा भएपनि मेराे संचार कर्म नियमित रुपमा अघि बढी रहेकाे छ ।

मुगु खबर नामक अनलाईन संचालन गरिरहेकाे छु । रतन नाम आफैमा स्थापित बनेकाे छ । याे मेराे मेहेनतकाे फल हाे,शुभचिन्तकहरुकाे विश्वास हाे । हुन त जीवन संघर्ष अझै जारी छ । तर बुबाकाे मृत्युपछिका केही वर्षमा पाएकाे दुख अहिले छैन् ।

बैदेशिक राेजगारीका क्रममा हाल दुवईमा रतन

उनीभन्छन,’अहिले थाेरै प्रतिष्ठान कमाएकाे छु । मुगाली समुदायले मलाइ गरेकाे विश्वासले थप जिम्मेवारी बढाएकाे छ । आज याे स्थानमा पुग्दा खुसीयाली साट्ने कुनै माध्यम छैन् । बुबा हुनु भएकाे भए मेराे कर्म र सफलता देखेर कति खुसी हुनुहुन्थ्याे हाेला ।’

पत्रकारिता अंगालेपछिका आराेह अबराेह पनि आफ्नै छन् । तर एउटा कुराले पाेलिरहन्छ,संघर्ष गर्दा गर्दै पढाईलाई निरन्तर अघि बढाउन सकिन् । यदपी हिक्मत हारेकाे छैन् । स्वदेश फर्किने समय नजिकीदै छु,फेरि मेराे जीवनकाे उर्वर समय आफ्नै जन्मभुमिमा बिताउने छु । मैले जस्ताे कष्ट मेरा जिल्लाका कसैले पनि भाेग्न नपराेस् भनेर सकेजत्ति सामाजिक सेवाकाे काम गरिरहने छु ।

“म मेराे कर्मप्रति अडिग छु,रतिभर विचलित भएकाे छैन् । थाकेकाे छैन,मेराे गन्तव्य सुनिश्चित छ,यात्रा निरन्तर छ,अघि बढिरहने छु, विगतका अभाव,दु:ख कष्टका अनुभव संगाल्दै सामाजिक रुपान्तरणका काेसिस गरिरहने छु ।”

हाल दुवईमा रहेका मुगुका रतन बहादुर रावलले आफ्नाे जीवन भाेगाईका अनुभवकाे विवरण पठाएनुसार कर्णाली मिसनकर्मी सागर परियारले याे लेेख तयार गरेका हुन् ।

प्रकाशित मिति : २०८२ बैशाख १५ गते आइतवार
प्रतिक्रिया दिनुहोस