समाज परिवर्तनकी नायिकालाई थप हौसलाको पत्र

प्यारी बहिनी
लामो सम्झना
पत्रिकामार्फत यथार्थ घटना पढ्न पाउँदा अत्यन्तै खुसी भए । मन मस्तिष्कले समाज परिवर्तनको अनुभूति पाउला भन्ने आशा पलाएरको छ मलाई ।
इतिहासदेखि नै महिलालाई दबाएको देख्दा उदेग लागेर आउँछ । यही उदेग लाग्दो घटना पत्रिकामा पढ्न पाउँदा यकातिर जाँगर पलाएर आयो । एकचोटी गहिरिएँ अनि भावुक भए ! जस्तो दलित समुदायलाई समाजले हेरी रहने व्यथा छ त्यो भन्दा अझ नारकीय जीवन महिलाहरूमा व्यतित गर्न बाध्य भएको देखिन्छन् । हो महिलाहरुमा यही पराकाष्ट छ । जातीय अपेलनाका त झन् कुरै नगरौँ ।


तल्लो जातिको केटाले मुखियाकी छोरी पोईल लिएर भाग्यो विवाह गर्न पाएन तर पनि अर्काे कुरा दुईजनाको पवित्र नाता र मायाको बन्धनमा परेर उनीहरुले आफ्नो निर्णय पनि गर्न पाएनन् समाजको कारणले घर छोडेर अनुहार लुकाउने बहानामा भाग्नुपर्ने स्थिति देखियो । समाजले अङ्गालेको संस्कारभित्र रही शिरमा सिन्दुर र गलामा पोते लगाउन नपाई लुकी छिपी वैवाहिक सम्बन्ध गास्नुपर्ने बाध्य भयो ।
एक्काइसौँ शताब्दीमा पनि यस्ता कहाली लाग्दा परिस्थिति देख्न पाउँदा भित्रैबाट दुःख लागेर आउँछबहिनी । यदि मानवता हो भने सबै मानिसहरूले यो कुरालाई हिनता बोध अथवा दुःखको विषय भनेर ठान्नुपर्ने जवाना होईन र ? प्रेम गरी जीवनसाथी रोजेकै कारणले माइतवर्ज गर्नुपर्यो । तल्लो जातिसँग विवाह गरी अस्तित्व गिराई, कुलको नाक काटी, नगर्ने जातसँग बिहे गरी भनेर माइती गम्किएका छन् । फल नलाग्दै एक फूल झर्यो चिन्ता नगर्नु कुलंगार जन्मेपछि यस्तै हुन्छ भनेर आमाबुबालाई कुलघरानाले सम्झाउने र सान्त्ना दिनेको ताती लाग्न थाल्यो । छोरी बर्बादमा फसी अब मरोस बाचोस् खाँचो छैन भन्ने एक धार छन् भने यस्तो तातो रापमा हात हालेर पनि एक समाजकी परिचालिका र समाज परिवर्तनको एक हिस्सा अँगालेकी बहिनीलाई धन्यवाद दिनुको सट्टा उसलाई थुईथुई र गालीको वर्षा वर्षाएका छन् । तर मैले भने तिमीलाई एउटा समाज परिवर्तन गर्ने योद्दा अबला नारीको रुपमा धन्यकी पात्र ठानेको छु मैले तिमीलाई त समाज परिवर्तन कि अभियानकर्ता भएर यथार्थमा आफै खटिने प्राण गरेकी छौ भनी कृतज्ञता व्यक्त गर्दछु ।
जातीय भेदभावको अन्त्य गर्ने अभियान मात्रै होइन अब कर्णालीको दुर्गमको हिजोको संस्कार माथिल्लोले तल्लोलाई गरिने व्यवहारलाई चुनौती दिएकी देख्दा म झनै हर्षित छु । यस्तो पल्ला गरे भुन्टीको सासुले बुहारी र बुहारीले सासुलाई गर्ने व्यवहारको पनि प्रशंसा गर्नुपर्दछ भनी ठान्छु । व्यवहार सबै सासु बुहारीमा यस्तै हुने भएको भए हिंसाका आवाज उड्ने थिएनन् । घरेलु हिंसाले पिडित भएर समाचारमा घटना घटेको देख्न र सुन्न पाइने अवस्था हुने थिएन । गाउँकी नपढेकी ख्रीष्टियन धर्म मान्ने बाटुलीझैँ महिनाबारी हुँदा घरभित्र वस्ने र गोठमा बस्नेको सङ्ख्या न्यून हुने थियो ।
महिनाबारी हुँदा पानी बाँर्ने अवस्था रहने थिएन होला । चेतनशील समाज भएपनि परम्परागत चिन्तनबाट त्यागेर महिलामाथि लगाइने बोक्सीको आरोपमा जिउँदै मट्टी तेल छर्केर शरीरमा आगो लगाई पाउनुपर्ने थिएन दाईजोको नाममा घरबाट निकाली पाउने अवस्थाबाट मुक्त हुने परिपाटी हुने थियो पुरुष नै समाजको सर्वस्व भनी ठान्ने पितृसत्तात्मक देशकी एक सङ्घर्षशील महिला भएर कुसंस्कार कुरीतिको आवाज लिएर समाज परिवर्तन गर्ने महिलाको खाँचो पर्ने थिएन तिमी जस्तै अरु कर्णालीकी महिलाहरूको जीवनस्तर दयनीय छ सुन्दा आश्चर्य लाग्दो देख्दा दयालाग्दो, कहाली लाग्दो,पीडाले थिचिएकी हुनाले पीडाबाट माथि उस्किन खोजेको यो तिम्रो आक्रोश हो भन्ने मलाई भान भएको छ ।
भन्थे मान्छेहरुले “आक्रोश पीडाबाट उत्पन्न हुने चिज हो“ महिलाले समाजमा परिवर्तन गर्न सक्छिन् भन्ने कुरा तिमीले चालेको कदमको चर्चा भएको छ । केवल चुलो चौको भित्र मात्रको मतिवृद्धि हुन्छ भन्ने कुराको पर्दाफास गरेकी छेउ । महिनावारी विभेद मान्ने र बोक्सीको आरोप लगाउनेहरूलाई कानुनी भन्दा झेल्नु पर्छ भन्ने सन्देश दिएकी सुन्दा मलाई अझ खुसी थपिएको छ । समाजमा पीडा र व्यथालाई गुम्स्याएर राख्न नदिने गरी एक उत्प्रेरणाको भूमिका निर्वाह गरेकी छौं तिमीलाई एक्लै हुन नदिन होसेमा हैसा थपी महिलाहरुको ताँती र पखेटाहरु जोड्नु पर्ने खाँचो छ ।
यहाँ माक्र्सिङ गुरुकीको आमा उपन्यास जस्तो समाज परिवर्तन गर्ने छोराछोरीहरूको साथ आमाले दिन जरुरी छ । माता र मातृभूमिको महत्व स्वर्गभन्दा धेरै हुन्छ भन्नेको सन्देश दिलाउनु छ । तिम्रा सङ्घर्षका थुप्रै पहाडहरू छन् । चुनौती नै चुनौतीका रासहरु छन् । यी सबै चुनौतीको सामना गर्न ठूलो जमात र कडा संघर्षको खाँचो छ । समाजमा दाइजो नल्याएकै कारणले जिउँदै जलाइएकी, बोक्सीको आरोपमा मलमत्र खुवाइएको जस्तो अपमान सहनु परेको छ । तर पनि त्यही समाजमा सम्मान पाउने महिलाहरूको पनि उत्तिकै महत्व दर्साइएको छ । जस्तै झमक घिमिरे अशक्त महिला जसको बोली फुट्दैन हात चल्दैन तर पनि खुट्टाको सहारामा विश्व चिनाउने साहित्यकार बनेकी छन् ।
आखिर के महिलाले गर्न सक्दैनन् त ? अवश्य सक्छन् । २०७१ सालमा मदन पुरस्कार पाउने राधा पौडेल एक साहित्यकार र अभियानकर्ता नै हुन् । कर्णालीकी महिलाहरूका पीडा भोगेका र कुसंस्कारले महिला माथि गर्ने हिंसा, भेदभावको विरुद्धमा कलम चलाउने लक्ष्मीकन्या बुढा लेखिका बनेकी छन् । एउटा अर्को कुरा के छ भने महिलाभित्र पनि दलित महिलाको पीडा समाजमा अर्को शास्ति वनेको सर्व विदितै छ । समाजमा थप गरिबी, अशिक्षा, अज्ञानता र थिचोमिचो सहँदै बच्चा पाउने मेसिन बन्न पुगेकी छन् । महिलाको जीवन कहाली लाग्दो छ । सुन्दा दया लाग्दो भित्रका कथा वर्णन गर्न झनै गाह्रो छ । सहन नसकिने पीडाको थुप्रो (रास) बनेको छ । धारामा, पानी पधेरी, विवाह,व्रतबन्द जस्ता सार्वजनिक निकायमा अपेलित हुनुपर्ने बाध्यता छ ।
हिजो चिल्ला भाषण छाड्नेहरू छाउपडी गोठ भत्काउनेहरू पनि आज पूर्ण छुई गोठमा बस्न थालिसके । पोथी बासेको राम्रो हुँदैन भन्ने समाज यथावत नै छ । प्रगति गर्ने पैसा कमाउने र जागिर खाएकाहरू गाउँ छोडेर सहरमुखी भएपछि झुपडीको बस्ती जस्ताको त्यस्तै रहेका छन् । स्वार्थका लागि पार्टी राजनैतिक भागबण्डाको केन्द्र वनेको छ । पिछडिएको र महिला केन्द्रित विकास गर्छु भन्नेहरु आज ती सपना भएर उडिसकेका छन् । विकास गरे पनि विकासे काममा महिला र दलितको अर्थमूलक प्रतिनिधित्व रुपमा भूमिका निर्वाह गर्न पाएका छैन ।
आज पनि बलात्कार, चोरी, डकैती, चेलीबेटी बेचबिखन बहुविवाह, बालविवाह, हत्या, छाउपडी प्रथा जातीय छुवाछुत जस्ता अमानवीय क्रियाकलापहरू रोकिएका छैनन् जनमुखी संविधान महिला विपन्न, पिछडिएका को हितका मूल कानुन बन्ला भन्ने आशा झिनो भइसकेको छ । कार्यान्वयन पक्ष फितलो हुँदै गएको छ ।
यता दुःख पाउने पीडितले पीडा बोकी राख्नु परेको छ । भाषण गर्नेले भाषण छाटिरहेका छन् । नेताले राजनीति कार्यकर्ता पाल्दै ठिकै छन् । राजनीतिक विचारलाई मागी खाने भाडो बनाउन थालेका छन् । युवा भरि विदेश पलायन भइसके यस्तो अवस्थामा पनि जीवनको मूल्य मान्यता र महिला अनि दलितहरूको सवालमा आफूले केही गर्नुपर्छ भने जाँगर उठाउनु तिमी एक धन्यकि पात्र हो ।
तिमी उठ्नै पर्छ समाज जोड्नै पर्छ र संघर्षका बिउहरू रोप्नैपर्छ आन्दोलनमा हुमिनै पर्छ भन्ने मलाई लाग्दछ आज अन्तरजातीय विवाहकै कारणले घरबार विहिन भएर गाउँ छोडी भाग्नुपर्ने स्थिति भएपनि भोलि एकपटक एक समयमा घडीमा यस्ता व्यक्तिलाई स्वागत गर्ने र गाउँ समाजमा परिवर्तन र समाजको एक नमुना व्यक्ति भनेर सम्मानित बसाइको वातावरण सिर्जना हुने समय पनि आउन सक्छ । र पक्कै पनि आउनेवाला छ । त्यसै समाजमा त तिमी र म हुर्केका बाँचेका छौँ भन्ने कुरा प्रष्ट थाहा छ ।
जुन अस्पताल भन्दा पनि धामीझाक्रीमा विश्वास गर्ने पोथीबासी निको हुँदैन भन्ने जस्ता अन्धविश्वासमा रुमलिएको समाजमा बाँचेका छौं दिनानुदिन घटना घट्दै जाने र कानुनको सुरक्षा नपाउने ठाउँ मा छौँ । महिलालाई बच्चा पाउने मेसिन हो भन्ने समाजमा छौँ । महिलालाई सशक्तिकरणको माध्यमबाट घरेलु हिंसा अन्त्य गर्नुपर्छ भने थाहा नपाउने समाजमा छौ । कर्णालीका दरिद्रता र दुर्गमताका बावजुद कलममा कर्णाली लेखाउँदै हातमा हरिया डलरहरु थामेर कर्णाली बेच्नेहरूको ताती भित्र बसेको समाजमा छौँ । यहाँ झुत्रा कपडाका दया लाग्दा अनुहारका आमाबुबा र बालबालिकाहरूको फोटोहरूलाई खिचेर संस्थाले डोनर ल्याउँछ भनि आश्वासनका लड्डु खुवाउने ठाउँमा छौँ ।
ठूलाबडाहरूले कर्णालीको सभ्यता र कला संस्कृति बेचेर मस्ती गरेको ठाउँमा आफू थिचिएर हेपिएर बस्न बाध्य भएका छौं । मान्छेले मान्छेलाई गरिने विभेद र छुवाछुतको घेराभित्र बसेका छौं । त्यसैले ती बाँच्न विवश र बाध्य भएका संघर्षको बाटो अँगाल्नु पर्छ भने जुर्मुराउने ठाउँमा छौँ अब हामी ।
त्यसैले यी यावत समस्याका बावजुद पनि महिलाको नेतृत्व भूमिका खेल्न जरुरी छ भन्ने ठान्दछु । महिलाले अवसर पाए देश हाक्न सक्छन् भन्ने नेपालकै सन्दर्भमा राष्ट्रपति प्रधान न्यायाधीश जस्ता गरिमामय पदमा भूमिका निर्वाह गरेको ताजा उदाहरणहरु दिएर उस्काउन चाहन्छु ।
विश्वको पहिलो निर्वाचित राष्ट्रपति १६ वर्ष शासन चलाउने आइसल्यान्डका बिग डिस बुगाडेर को उदाहरण दिन चाहन्छु । छिमेकी राज्य भारतकी इन्दिरा गान्धीको, अम्बेनियामा जन्मेर पनि भारतमा कार्यथलो बनाई स्वयंसेविका भई समाजको सेवा गर्ने मदर टेरेसा, मुस्लिम समाजको कडा संस्कार तोडेर पनि पहिलो मुस्लिम महिला राष्ट्रपति बनेर पाकिस्तानको शासन चलाउने बेनेजर भुट्टोको उदाहरण दिन चाहन्छु ।
तिमी सामाजिक रूपमा भइरहेका विकृति विसंगतिप्रतिको अन्धविश्वासलाई च्यातेर एक क्रान्तिकारी योद्धा बन्नुपर्छ । महिलाहरूले काम गर्ने अवसर पाए भने देशकै आशा लाग्दा तारा बन्न सक्छन् । देश विदेशमा आफ्नो देशको नाम राख्न सफलदायी भूमिका निर्वाह गर्न सक्छन् । अझ तिम्रो भूमिका त ग्रामीण महिलाहरूको सचेतना र जागृत गराई उनीहरूबाट कुसंस्कार तोड्न लगाउने जिम्मा हुनेछ ।
अधिकार खोजीका लागि लडाउने योद्धा बनाउने जिम्मा तिम्रो काँधमा रहेको छ । त्यसैले त समाज परिवर्तनकी नायिकाको रुपमा तिमीलाई जिम्मेवारी छोड्दै हौसलाको पत्र हातमा थम्याएको छु । धन्यवाद । नमस्कार । उही तपाईंको दाई भीम नेपाली “सानै“ ।

प्रकाशित मिति : २०८२ बैशाख २२ गते आइतवार
प्रतिक्रिया दिनुहोस