जुम्ला । जुम्लाका आठ वटा स्थानीयतहकाे बेरुजु साढे ३० कराेडबढी रहेकाे देखिएकाे छ । महालेखा परिक्षककाे ६२ औँ प्रतिवदेननुसार एक नगरपालिका र सात गाउँपालिका सहित आठ स्थानीयतहकाे बेरुजु रकम कूल ३० कराेड ५६ लाख ७४ हजार रहेकाे छ ।
आर्थिक वर्ष २०८०/८१ मा कूल ३७ कराेड बढी बेरुजु रहेकाे जुम्लाका आठ पालिकाले पछिल्लाे आर्थिक वर्षमा आर्थिक सुशासन कायम गर्न ध्यान दिएकाे देखिन्छ ।
३७ कराेडबाट ७ कराेडले घटेर आर्थिक वर्ष २०८१/८२ मा वार्षिक बेरुजु रकम ३० कराेडमा सिमित भएकाे छ । तर गत वर्ष कम बेरुजु भएका पालिकाकाे बेरुजु बढेकाे छ । भने गत वर्ष सबैभन्दा बेेरुजु रहेका स्थानीयतहकाे बेरुजु हाल घटेकाे छ ।
पालिकागत रुपमा बेरुजु घटबढ् भएपनि समग्रमा गत वर्षकाे तुलनामा स्थानीयतहकाे बेरुजु घट्दै गएकाे हाे । यश हिसाबले स्थानीयका कर्मचारी जनप्रतिनिधि बजेट खर्चलाई मितव्यायी र नियमसंगतबनाउन जाेड दिईरहेकाे देखिन्छ । यदपी अपेक्षित परिणाम देखिएकाे छ ।
आठै पालिकाकाे समग्रमा ३० कराेड बेरुजु आउँदा सबैभन्दा कम बेरुजु आउनेमा चन्दननाथ नगरपालिका पहिलाे भएकाे छ । दाेस्राेमा ताताेपानी गाउँपालिका छ ।
गत वर्ष कम बेरुजु आउनेमा प्रथम बनेकाे ताताेपानी गाउँपालिका यश वर्ष एकतह घटेकाे छ । गत आवमा दाेस्राे भएकाे हिमा गाउँपालिकाले पनि बेरुजु शुन्यमा झार्ने लय समाउन नसकेकाे देखिएकाे छ । भने गत आवमा सबैभन्दा बढी ९ बेरुजु भएकाे चन्दननाथले यश वर्ष उल्लेखीय सुधार गर्दै बेरुजु कम गर्नेमा पहिलाे पालिका बनेकाे हाे ।
स्थानीयतहमा जनप्रतिनिधिकाे दबाद,वितरणमुखी कार्यक्रममा बढी लगानी,उत्पादनशील क्षेत्रमा लगानी न्यून हुनु र कर्मचारीले विधि पद्वत्तिअनुसार बजेट खर्चमा ध्यान नदिँदा बेरुजु बढ्ने गरेकाे छ।
कुन पालिकाकाे कति बेरुजु ?
महालेखा परिक्षककाे ६२ औ प्रतिवदेन अनुसार एक नगरपालिका सहित सात गाउँपालिकाले आर्थिक सुशासन कायम गर्न जाेड दिएका छन् । प्रतिवदेननुसार आठ पालिकाकाे ३० कराेड ५६ लाख बेरुजु छ । त्यसमध्य नियमित गर्नु पर्ने( विल भरपाई,कागजात अपुग),सैदान्तिक बेरुजु बढी देखिन्छ । भने असुल उपर गर्नु पर्ने बेरुजु कम छ ।
गत आवकाे भन्दा बेरुजु ७ कराेडले बेरुजु घटेपछि आर्थिक सुशासनमा पालिकाहरु केन्द्रित हुन थालेकाे देखिन्छ । प्रतिवेदननुसार जिल्लाका आठ पालिकामध्य सबैभन्दा बढी गुठिचाैर गाउँपालिकाकाे ४ कराेड ३८ लाख ४३ हजार (६.१६) प्रतिशरत बेरुजु रहेकाे छ । गत आवमा ५ कराेड २१ लाख बेरुजु रहेकाेमा यश वर्ष घटाएपनि अरु पालिकाकाे तुलनामा बढी हाे ।

भने सबैभन्दा कम चन्दननाथ नगरपालिकाकाे ३ कराेड १४ लाख ७६ हजार (२.४८) प्रतिशत बेरुजु छ । गत आवकाे तुलनामा चन्दननाथले ६ कराेड बेरुजु घटाएकाे छ ।
त्यस्तै ताताेपानी गाउँपालिकाकाे ३ कराेड ८१ हजार अर्थात कुल लेखा परिक्षण गरेकाे रकम मध्य (२.८१) प्रतिशत बेरुजु छ । जबकी ताताेपानीकाे गत आवमा १ कराेड ५४ लाख बेरुजु थियाे । अहिले डेढ कराेड बेरुजु बढेकाे छ ।
कनकासुन्दरी गाउँपालिकाकाे ३ कराेड ९९ लाख ५५ लाख (४.०५) प्रतिशत, तिला गाउँपालिकाकाे ४ कराेड ३३ लाख ३१ हजार (४.२७) प्रतिशत बेरुजु रहेकाे छ ।
साथै पातारासी गाउँपालिकाकाे ४ कराेड २४ लाख १३ हजार (४.७१) प्रतिशत,सिंजा गाउँपालिकाकाे ३ कराेड ९९ लाख ९० लाख (४.५७) प्रतिशत र हिमा गाउँपाालिकाकाे ३ कराेड ४६ लाख १५ हजार (३.८७) प्रतिशत बेरुजु रहेकाे छ । जबकी गत आवमा २ कराेड६७ लाख बेरुजु थियाे । घट्नकाे सट्टा हिमाकाे करिब एक कराेड बेरुजु बढेकाे छ ।
यता ताताेपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चाैलागाँईले गत आवमा सबैभन्दा कम बेरुजु आएकाे र यश वर्ष शुन्यमा झार्ने लक्ष्य राखिएपनि केही प्रक्रियागत त्रुटिले समस्या भएकाे बताए । उनका अनुसार असुल उपर गर्नु पर्ने,नियमित गर्ने बेरुजु सबै प्रक्रियानुसार पूरा गरिने छ ।
पातारासी गाउँपालिका अध्यक्ष पूर्णसिंह बाेहाेराले बेरजु कसरी कम गर्ने कुरा कर्मचारीमा भर पर्ने बताए । अहिले नयाँ हाकिम आएकाे र जनप्रतिनिधि र कर्मचारीकाे समन्वय सहकार्य प्रभावकारी भईरहेकाेले आगामी वर्षमा बेरुजु घटाउने गरि काम गरिने उल्लेख गरे ।



