चुकेनी जलविद्युत आयोजनाको बत्ती १० दिनसम्म बन्द हुने

जुम्ला । जुम्लाको पातारासी गाउँपालिका – १ गडिगाउँबाट संचालित चुकेनी जलविद्युत आयोजनाको बत्ती बन्द हुने भएको छ । आयोजनाको नहर मर्मत गर्नुपर्ने भएको आगामी असार ५ गते सम्म विद्युत सेवा बन्द हुने भएको हो । जुम्लाकै सबैभन्दा ठुलो विद्युत आयोजनाका रुपमा रहेको ९९८ किलोवाट क्षामताको चुकेनी जलविद्युत आयोजनाको नहर सफा गर्नु पर्ने भएकोले विद्युत बन्द हुने जनाइएको छ ।

नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रले एक सूचना जारी गर्दै जेठ २७ गते (आज) देखी असार ५ गते सम्म वा अर्को सूचना नभएसम्मका लागि विद्युत बन्द हुने उल्लेख गरेको छ । राष्ट्यि प्रशारण लाईन पुगेपनि विद्यतुको समस्या झेलिरहेका जुम्लाबासीले चुकेनी जलविद्युत आयोजना संचालनपछि विद्युतका समस्या अन्त्य भएको छ ।

चुनेकी खोला साना जलविद्युत आयोजना र नेपाल विद्युत प्राधिकरण सँगको नेट मिटरी सम्झौता बमोजिम विद्युत सेवा प्रवाह गरी रहेको छ । आयोजनाको नहर मर्मत गर्नुपर्ने हुँदा केही दिनका लागि विद्युत प्रभाह सेवा बन्द हुने चुनेकी खोला साना जलविद्युत आयोजनाका अध्यक्ष गोर बहादुर बुढाले जानकारी दिए ।

नहर मर्मत र सफा गर्नका लागि विद्युत सेवा अवरुद्ध हुने र त्यस उपभोक्तामा पर्ने असर प्रति क्षमाप्राथी रहेको अध्यक्ष बुढाको भनाइ छ । चुकेनी जलविद्युत अबरुद्ध भएपनि राष्ट्यि प्रशारण लाईनको बत्ती भने नियमित रुपमा आईरहने नेपाल विद्युत प्राधिकरण जुम्लाले जानकारी दिएको छ । जुम्ला वितरण केन्द्रका प्रमुख राम आशिष शाहका अनुसार चुकेनी विद्युत नेशनल ग्रिड संगै नेट मिटरी मार्फत संचालन भएकोमा चुकेनी अबरुद्ध राष्ट्यि प्रशारण लाईनको बत्ति नियमित संचालन हुन्छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ २९ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस