जुम्ला । तातोपानी गाउँपालिका वडा नं. २ का यूवा पदम बुढा गाउँमै व्यवसायीक तरकारी खेती गरेर मनग्य आम्दानी गरिरहेका छन् । चार वर्ष खाडी मुलुक मलेसिया बसेर फर्किएका २७ वर्षका पदम आफ्नै गाउँमा व्यवसायीक तरकारी खेती गरेर आत्मनिर्भर बन्न बन्न थालेका छन् ।
चार वर्षअघि गाउँमा रोजगारी नहूँदा घर खर्च जुटाउनै मुस्किल परेपछि खाडीतिर हानिएका पदम अहिले गाउँमै व्यवसायीक तरकारी खेती गर्न यूवाका प्रेरणा समेत बनेका छन् ।घर फर्किएपछि गाउँमै केही गर्ने सोच बनाएको थिए ।
उनले भने,‘पालिकाको सहकार्यमा पेश नेपाल मार्फत व्यवसायीक तरकारी खेतीका लागि बृहत्त टनेल हाउस,आबश्यक सीप र प्रविधि पाएपछि तरकारी खेती गर्न सहज भयो । दुई भारीको खेतमा अर्गानिक तरकारी फलाएको छु । तातोपानीमा होटल व्यवसाय फष्टाएकाले बजारीकरणमा त्यति समस्या छैन् । अहिले दैनिक घर खर्च व्यवस्थापन सहज भएको छ ।’
त्यस्तै तातोपानी–२ की रामछायाँ बुढाले टेनल निर्माणपछि मौसमी तथा बेमौसमी तरकारी खेती गरेर बाह्रै महिना अर्गानिक तरकारी बेचेर मनग्य कमाउदैँ आएकी छन् । आफ्नै बारीमा सबैथरीका तरकारी फलेपछि नियमित खानेपानीको विकास पनि भएको छ ।

उनले भनिन,‘दैनिक विक्री गर्ने र खाने पनि गरिरहेका छौ । विगतमा धान खेती गर्दा उब्जनी त्यति हुन्थेन् । अहिले गोठेमल बनाउने,रोग किरा निवारण बारे ज्ञान पाएर तरकारी खेती गर्दा उत्पादन पनि राम्रो भएको । दैनिक १ हजारदेखि १५ सय सम्म समेत कमाई हुने गरेको छ ।’
चन्दननाथ नगरपालिका १ की सन्ध्या मल्लले व्यवसायीक तरकारी खेती गरेर दैनिक घर खर्च जुटाई रहेको बताईन् । सामान्य नुन तेलका लागि पनि श्रीमानलाई भन्नु पर्ने स्थिती अहिले छैन् ।

उनले भनिन,‘आलु,प्याज,टमाटर फर्सी लगायत तरकारी बेचेर आम्दानी राम्रो भईरहेको छ । छोटो समयमा फर्सीमात्रै ४० केजी बेचिसकेको छु । अब तरकारी खेतीलाईनै निरन्तरता दिने सोचमा छु ।’
पदम बुढा,छामछाया बुढा र सन्ध्या मल्ल मात्र होईन स्थानीयतहको पहल तथा पेश नेपालको लगानीमा व्यवसायीक तरकारी खेती सुरु गरेपछि तातोपानी २ का २८ जना र चन्दननाथ १ का २२ जना गरी ५० जना किसान व्यवसायीक तरकारी खेतीबाट आत्मनिर्भर बनेका छन् । भने परियोजना ६ महिने अवधिमा किसानले काउली मात्रै ५ क्वीईन्टल विक्री गरेका छन् ।

पेश नेपालले साथै किसान बढ्दाे जलवायू परिवर्तनबाट अनूकुलित भएर खेतीपाति गर्न समेत सिकाईएकाे छ । जलवायू परिवर्तनले तरकारी खेतिमा हुने राेग किराकाे संक्रमण घटाउन कृषि पाठशाला संचालनदेखि जैविक मल बनाउन सिकाईएकाे छ ।
५० किसानलाई ६४ लाख लगानी
तातोपानी गाउँपालिका वडा नंं. २ र चन्दननाथ नगरपालिका वडा नं. १ का ५० जना किसानलाई व्यवसायीक तरकारी खेतीबाट आत्मनिर्भर बनाउन हाडवयर तथा सप्टवयरका क्षेत्रमा गरी पेश नेपालले ६४ लाख लगानी गरेको छ ।
तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिको समन्वय,यूएनडिपीको आर्थिक सहयोगमा पेश नेपाल जुम्लाद्धारा संचालित कृषि खाद्य प्रणालीका लागि नविकरणीय उर्जा (रेरास) परियोजना व्यवसायीक तरकारी खेती,किसानको आयआर्जन बृद्धि तथा पोषण सुधारका क्षेत्रमा ६४ लाख २५ हजार रुपैयाँ खर्चिएको छ ।पेश नेपालका कार्यकारी निर्देशक किशोर न्यौपानेले प्रति किसानलाई ५४ हजार बराबरको हाडवयरको सामान उपलब्ध गराइएको बताए ।
भने गोठ सुधार,जैविक तथा गोठेमल बनाउने तालिम,रोग किरा निवारणबारे क्षामता विकास लगायतका काममा समेत लाखौ लगानी भएको उनको भनाई छ ।
तातोपानी–२ को १३ रोपनी जग्गाा पुरै तरकारी खेती गरिएको छ । अर्गानिक तरकारी भएकोले माग समेत बजारमा बढीरहेको छ ।

विगतमा तमाखु रोप्ने खेतहरुमा अहिले तरकारी खेती भएको देख्दा जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चाय दंग परेका छन् ।
आईतबार संयुक्त अनुगमनका क्रममा जर्मी गाउँ पुगेका प्रमुख आर्चायले भने,‘विगतमा पानसय क्षेत्रमा तरकारी खेति गरेको पाईदैन थियो । तरकारी खेती गर्नेबारीमा तमाखु लगाउने चलन थियो । तर अहिले खेतबारीहरु तरकारीले भरिएको देखेर खुसी लाग्यो । कसैले १० हजार,कसैले १५ हजारको तरकारी बेच्यौ भनेको सून्दा महिलामा आर्थिक आत्मनिर्भरता समेत बढेको देखियो । यूवाहरु कृषिमा रमाएको देख्दा परियोजना सफल भएको महसुश भयो ।’
तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले विगतको जस्तो तरकारी उत्पादनका लागि लिएका प्लाष्टिकहरु दुरुपयोग भएको व्यवसायीक उत्पादन गरेर आत्मनिर्भर बनेकामा खुसी व्यक्त गरे ।
विगतमा तरकारी अभाव हुने तातोपानी क्षेत्रमा अहिले तरकारी हवका रुपमा विकास भएको र उत्पादनको बजारीकरण तथा संकलन केन्द्र स्थापना पालिकाले प्रथामिकता दिने उल्लेख गरे ।

व्यवसायीक तरकारी खेतिको विस्तार,बजारीकरणा तथा दिगोपनााका लागि पालिकाले अआगामी आवको नीति तथा कार्यक्रममाबाट छुट्टै नीति ल्याउने उल्लेख गरे ।पेश नेपालका परियोजना संयोजक हेमराज भट्टले ६ महिना कार्यवधि रहेकोे रेरास परियोजनाले उत्पादन बृद्धि,पोषणमा सुधार ल्याउने किसानको आयआर्जन बृद्विमा जोड दिएको बताए ।
उनका अनुसार कृषि पाठशाला संचालन गरेर तरकारी खेतिमा लाग्ने रोग किराको निवारण गर्न सिक्ने,झोल मल बनाउने,सिँचाइ गर्ने जस्ता प्राविधिक कुरा समेत सिकेर किसान विज्ञता हासिल गरेका छन् ।प्रांगरिक जिल्ला घोषणा भइसकेको अबस्थामा विषादीयुक्त तरमारीको आयात प्रतिस्थापन गर्न अर्गानिक उत्पादनमा लगानी गरिएको हो ।
परियोजनाको कूल बजेट ८३ लाख भएपनि प्रशासनिक खर्च तलब भत्ता छोडेर किसानको तरकारी खेतीका लागि ६४ लाख २५ हजार लगानी भएको भट्टले जानकारी दिए ।

कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले सरकारको कृषि कार्यक्रमहरुलाई सघाउ पुग्नेगरी अर्गानिक उत्पादन बढाउनका साथै मौसमी तथा बेमौसमी खेती,गोठेमल उत्पादन तथा भकारो सुधार,कृर्षक पाठशाला संचालन लगायतका कार्यमा परियोजनाले उल्लेखीय काम गरेको बताए ।



