जुम्ला । वार्षिक खेलकूद क्याण्डर बनाउन सुझाव संकलन गरिएको छ । सुस्ताएको खेल क्षेत्रलाई चलायमान बनाउन ‘वार्षिक खेलकूद क्यालेण्डर’ निर्माण गरी विभिन्न गतिविधि संचालन गर्ने लक्ष्य सहित विहिबार जुम्लामा सुझाव संकलन गरिएको हो ।
स्रोत अभावका बीच पनि खेल क्षेत्रलाई चलायमान बनाउन सक्रिय भएका जिल्ला खेलकूद विकास समितिका प्रमुख कविदत्त न्यौपानेले वार्षिक खेलकूद क्यालेण्डर निर्माण गरेर स्रोत खोज्दै विभिन्न प्रतियोगिता आयोजना गर्न सबै जुट्नु पर्ने बताए ।
खेलकूद क्षेत्रमा बजेट अभावका कारण जुम्लामा खेलकूद पूर्वाधार निर्माणदेखी प्रतियोगिताहरु हुन सकेका छैनन् । जुम्लाका आठै स्थानीयतहले खेलकुद क्षेत्रलाइ उपेक्षा गरेपछि खेल गतिविधि शुन्य जस्तै छन् । विश्व किर्तिमानी धावक हरि बहादुर रोकाया र विश्व प्रशिद्ध धाविका सुनमाया बुढाको जिल्ला जुम्लामा खेलकूदको सम्भावना थुप्रै भएपनि स्थानीयतहरुले खेल क्षेत्रलाई उपेक्षा गर्ने गरेका छन् ।
जुम्लाका आठ स्थानीयतहले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि जुम्लाका आठ पालिकाले ३ अर्ब ३२ करोडको बजेट ल्याउँँदा कुनै पनि पालिकाले खेलकुदमा बजेट छुटाएका छैनन् । खेलकूद क्षेत्रमा स्थानीयतहको उपेक्षाले खेल क्षेत्र सुस्ताउदैँ गएको छ ।पूर्वाधारको अभावकै कारण जुम्लामा नियमित खेलकुद प्रतियोगिता समेत हुन सकेका छैनन् ।

विहिबार खेलकुद विकास समिति जुम्लाद्धारा आयोजित खेलकूद क्यालेण्डर निर्माण विषयक छलफलमा सहभागी सरोकारवालाले जुम्लामा बजेट अभावदेखी पूर्वाधारको कमीले कुनै पनि खेलकूद प्रतियोगिता हुन नसकेको बताएका छन् ।
पहिलो पटक खेल क्षेत्रलाई चलायमान बनाउने विषयमा छलफलको आयोजना गरेकामा समेत प्रमुख न्यौपानेलाई सरोकारवालाले ध्यानबाद दिएका छन् ।जिल्ला खेलकूद विकास समितिको प्रमुखका रुपमा न्यौपाने आएपछि खेलकुद क्षेत्र चलायमान बन्दै गएको समेत बताएका हुन् । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले करोडौ बजेट ल्याउने स्थानीयतहले खेल क्षेत्रलाई निकै उपेक्षा गरेको बताए ।
खेलक्षेत्रको विकासमा सबै गम्भीर हुनु आबश्यक छ ।उनले भने,‘जुम्लाका आठ पालिकाले करोडौको बजेट ल्याउँदै गर्दा थोरै भएपनि खेल क्षेत्रको विकास र खेलाडीको प्रोत्साहनमा बजेट छुटाउनु पथ्र्यो । तर कसैले चासो देखाएको पाईदैन् । खेलकूद क्यालेण्डर बनाउने कुरा प्रसंशनीय छ । अब नियमित खेलहरु आयोजना गर्न सबै जुट्नु पर्छ ।’

त्यस्तै,जिल्ला खेलकुद विकास समितिका पूर्वध्यक्ष धनकृष्ण पाण्डेले संघ प्रदेशले बजेट नदिने स्थानीय तहले खेल क्षेत्रलाई प्रथामिकतामै नराख्ने प्रबृत्तिले जुम्लाको खेल क्षेत्र सुस्ताउदै गएको बताए । बजेट अभावकै कारण आफू अध्यक्ष हुँदा अपेक्षाकृत काम गर्न नसकेको उल्लेख गरे । अहिले सक्रिय कार्यालय प्रमुख आएका कारण खेल गतिविधि अघि बढ्ने अपेक्षा व्यक्त गरे ।
विश्व किर्तिमानी धावक हरि बहादुर रोकायाले आफू खाली खट्टा अभ्यास गरेर विश्वकिर्तिमान राखेको सम्झीदैँ देश संघियता गईसक्दा पनि खेल क्षेत्रको अबस्था दयनिय रहेको दुखेसो गरे । उनले भने,‘जिल्लामा खेलकूद पूर्वाधार पनि छैनन् । नियमित प्रतियोगिता पनि हुदैनन् । नियमित अभ्यास गर्ने ठाउँको अभाव उस्तै छ । निर्माण हुन लागेका संरचनाहरु अलपत्र छन् । खेलाडीलाई सामान्य चना अण्डा खाने सम्म बजेट कतै छैन् । कसरी खेल क्षेत्रको विकास हुन्छ । अब सरोकारवालाहरु गम्भीर हुनै पर्छ ।’
खेलप्रेमी तोरणसिंह कठायत,विष्णु बुढ्थापा,भीम ओली,भरत बहादुर खत्री,दिपक महत,सरोज शाही लगायतले बजेट अभावले खेल सम्भावनाहरु ओझेलमा पर्दै गएको हुँदा सबैको समन्वय सहकार्यमा नियमित प्रतियोगिताहरु गर्नुपर्नेमा जोड दिए ।

साथै नयाँ कार्यालय प्रमुख कविदत्त न्यौपाने आएपछि जुम्लामा खेलकूद गतिविधि बढ्न आशा पलाएको समेत उल्लेख गरे ।जिल्ला खेलकूद विकास समितिका कार्यालय प्रमुख कविदत्त न्यौपानेले सबैको समन्वय र सहकार्यमा जुम्लालाई खेलकूद हब बनाउन सकिने सम्भावना रहेको बताए । खेल गतिविधिलाई अघि बढाउन ‘वार्षिक खेलकूद क्यालेण्डर’ बनाउने तयारी थालेको उनको भनाई छ ।जुम्लामा सुस्ताएको खेलकूद गतिविधिलाई चलायमान बनाउन खेलकुद क्यालेण्ड बनाउ आबश्यक छ ।
उनले भने,‘पूर्वाधार विकास करोडौ खर्चिने पालिकाहरुले लाखमा मात्रै खेलदकूद क्षेत्रमा खर्चिए पनि जुम्ला खेलकूदमय बन्छ । तर धेरैले चासो दिएका छैनन् । स्रोत नभएपनि खेल क्षेत्रलाई चलायमान बनाउन लागि पर्ने अठोट छ ।’
बजेट अभावकै कारण खेलकूद विकास समितिकै आढमा निर्माण भईरहेको भलिबल प्याराफिट अलपत्र परेको छ । पातारासीमा जग्गा विवादले करोडौ खर्च भईसकेको हाईअल्टीच्युट टेर्निङ सेन्टर अस्तव्यस्त छ । प्रतियोगिता गर्नका लागि मैदान समेत छैन् ।
बेला बखत गरिने प्रतियोगिताहरु नेपाली सेनाको खेलमैदान टुडिखेलमा हुने गरेको छ । प्रायः झगडा हुने भएकोले पछिल्लो समय नेपाली सेनाले मैदान पनि दिन छोडेको छ ।भने पूर्वाधार अभावकै कारण प्रतियोगिताहरु पनि हुन छाडेका छन् ।
जिल्लामा स्रोत नभएपनि संघ प्रदेशमा गुहारेर पनि आगामी भदौमा जुम्लामा राष्ट्यि स्तरको कुनै पनि खेल प्रतियोगिता गराउने तयारी गरेको कार्यालय प्रमुख न्यौपानले जानकारी दिए ।
उनका अनुसार खेलक्षेत्रमा स्थानीयतहलाई जिम्मेवार र जवाफदेही बनाउन यूवा जनशक्तिहरु सक्रिय हुनु पर्नेमा उल्लेख गरे कार्यालय प्रमुख न्यौपानले जुम्लामा अएपछि अलत्रप खेल पूर्वाधारको अवलोकन तथा खेल गतिविधि अघि बढाउने बारे छलफल बहस हुन थालेका छन् ।



