जुम्ला । अविरल वर्षापछि सडक भत्कीन थालेपछि कर्णाली राजमार्गमा ठुला सवारी संचालनमा राेक लगाईएकाे छ ।
कर्णाली राजमार्ग अन्तरर्गत कालिकाेटकाे तिलागुफा नगरपालिका वडा नं ६ स्थित गाेठीभिरमा सडक भत्कीएपछि ठुुला सवारी संचालनमा राेक लगाईएकाे हाे ।
निकै साँघुराे भएकाे र साेही स्थानमा वर्षात संगै सडक भत्कीएकाेले दुर्घटनाकाे जाेखिम रहेकाे भन्दै ठुला सवारी संचालनमा राेक लगाईएकाे कालिकाेट डिएसपी टेक बहादुर रावलले बताए ।
उनले भने,’अविरल वर्षाका कारण राजमार्गमा क्षति पुगेकाे छ । भत्कीएपछि थप जाेखिम बढेकाले ठुला सवारी संचालनमा राेक लगाएका छाै । यात्रामा आवश्यक सजगता अपनाउन जरुरी छ।’
प्रकाशित मिति : २०८२ असार २१ गते शुक्रवार



