महिनावारी विभेद विरुद्वकाे अभियान चलाउँदै हिमा

जुम्ला । नेपालकाे संविधानकाे माैलिक हक अन्तर्गत धारा (१८) मा समानताकाे हककाे व्यवस्था गरेकाे छ । सबै नागरिकलाई कानुनी दृष्टिकोणमा समान हुने छ । कुनै पनि आधारमा विभेद गर्न्ननपााईने उल्लेख छ ।

त्यस्तै माैलिक हक अन्तर्गतकै धारा (३०) मा स्वच्छ वातावरणकाे हककाे व्यवस्था गरिएकाे छ । हरेक नागरिकलाई स्वच्छ र स्वस्थ वाताबरणमा बाच्न पाउने अधिकार हुने भनेर उल्लेख गरेकाे अबस्था । त्यस्तै महिला अधिकारकाे विषय पनि संविधानले सशक्त रुपमा उजागर गरेकाे छ । भने धारा-३८ मा आवासकाे हक धारा (३८) महिलाकाे हककाे व्यवस्था गरेकाे छ।

महिलाकाे शारिरिक मानसिक विकास तथा सशक्तिकरणका लागि संविधानले स्पष्ट व्यवस्था गरेपनि चेतनाकाे अभाव,अन्धविश्वास र सामाजिक परम्पराका कारण अहिले पनि समाजमा महिला महिला माथि हुने विभेद कायमै छन् । विभिन्न विभेद मध्य महिला भएकै कारण कारण भाेग्नु पर्ने ‘महिनावारी’ विभेदबाट गाउँका महिला अझै पिडित बनेका छन् ।

गाउँघरमा विद्यमान महिनावारी विभेदले महिलाकाे संविधान प्रदत्त अधिकारहरु हनन् भईरहेका छन् । समानताकाे हक,स्वच्छ वाताबरणकाे हक, सुरक्षित आवासकाे,पाेषण तथा खाध सुरक्षाकाे हक लगायतका विभिन्न अधिकारबाट बन्चित भएर गाउँका महिलाहरु सामाजिक अन्धविश्वासकाे सिकार बन्न बाध्य छन् ।

सामाजिक अन्धविश्वास तथा कूरितीका कारण महिनावारी विभेद चुलिदैँ गएकाे अबस्थामा महिलाहरुलाई ती विभेदबाट माथि उठाउन र आत्मनिर्भर बनाउन जुम्लाकाे हिमा गाउँपालिकाले मर्यादित महिनावारी व्यवस्थापनका जनचेतना मुलक बहसकाे थालनी गरेकाे छ ।

महिनावारी विभेदबाट महिलाहरुले भाेग्नु परेका समस्या,शिक्षा,स्वास्थ्य,पाेषणबाट बन्चित हुनु परेकाे,शारिरिक, मानसिक विकासमा असर परेकाे अबस्थालाई मध्यनजर गर्दै हिमा गाउँपालिकाले जुम्लामै मर्यादित महिनावारी व्यवस्थापनका लागि ‘सुनाै महिनाकारी कूरा’ नामक बहस अभियान थालेकाे हाे । यस अभियानले हिमालाई महिनावारी विभेद मुक्त पालिका बनाउन महत्वपूर्ण भुमिका खेल्ने अपेक्षा गरिएकाे छ ।

हिमा गाउँपालिकाकाे आयाेजना तथा सुस्वा परियाेजनाकाे प्राविधिक सहयाेग तथा समन्वयमा मर्यादित महिनावारी व्यवस्थापनकाे अभियान सुरु भएकाे छ । जसकाे पहिलाे कार्यक्रम आईतबार हिमा गाउँपालिका वडा नं ३ स्थित राहदेव मावि माेफ्लामा सम्पन्न भयाे ।

कार्यक्रममा महिनावारी विभेदकाे अबस्था,न्युनिकरणका प्रयास र चुनाैती विषयक बहस गरिएकाे छ । बहसमा प्रमुख वक्ताका रुपमा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाही,महिला अभियान्ता लक्ष्मीकन्या बुढा, राहदेउका मुलधामी देउमले सार्की र कालिका खेतु स्वास्थ्य केन्द्रका डाक्टर वक्ताका रुपमा थिए । उक्त बहसलाई पत्रकार नाैरते नेपालीले सहजीकरण गरेका थिए ।

बहसमा हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण बहादुर शाहीले सामाजिक विकास र महिला सशक्तिकरणकाे मुद्वा प्रथामिकतामा राखेर हिमाले काम गरिरहेकाे बताए । उनले भने,’महिनावारी विभेद न्युनिकरण गर्न नीति बनाउनेदेखि पालिकास्तरमा धामी झाक्रि सम्मेलन सम्म गरेका छाै । चेतना विस्तारमा कार्यक्रममा उस्तै जाेड दिएका छाै । अहिले गाउँ गाउँ पुगेर महिलाई महिनावारी विभेद विरुद्ध शसक्त बनाउन अभियान थालेका हाै । याे अभियानमा सबैले साथ दिन जरुरी छ ।’

महिला अभियान्ता लक्ष्मीकन्या बुढाले अझै गाउँघरमा विभिन्न कारणले महिनावारी विभेद कायम रहेकाे बताईन् । हिमाले थालेकाे सामाजिक कुरिति विरुद्धकाे अभियानलाई सफल बनाउन सबैले हातेमाले गर्नु पर्नेमा जाेड दिईन् । गाउँ गाउँ पुगेर गरिने सनाै महिनावारीका कुरा नामक बहसले चेतना विस्तार संगै विभेद न्युनिकरणमा टेवा पुराउने विश्वास व्यक्त गरिन् ।

वक्ताका रुपमा रहेका रादेउ देवताका मुल धामी देउमले सार्कीले महिनावारी हुँदा घरमा बसे,जग छाेए,फलफूल देवता रिसाउँछन् भन्ने गलत भ्रम छरिएकाे बताए । महिनावारी महिलाकाे नियमित प्रक्रिया हाे । महिनावारी र देवताकाे कुनै सम्बन्ध छैन् । उनले भने,’ महिनावारी भएका महिलाहरुबाट म पानी खान्छु,पुजाइमा गईहाल्छु । केही त भएकाे छैन् । दही दूध खाए गाई विग्रिन्छन्,फलफूल खाए बिरुवा कुईन्छ भन्ने गलत प्रचार मात्र गरिएकाे हाे ।यसमा सत्यता छैन् ।’

वक्ता डाक्टरले पनि महिनावारी एक प्रक्रिया भएकाे र महिनावारी हुनु एक किशाेरी प्रजनन रुपमा सक्षम बन्दै गएकाे कुरा बुझ्नु पर्ने बताए ।

राहदेव मावि माेफ्लामा पहिलाे बहस सम्पन्न गर्न हिमा गाउँपालिका वास संयाेजक सुमिता शाहीले महत्वपूर्ण भुमिका निर्वाह गरेकी थिईन् । वक्ता छनाेट देखि कार्यक्रमकाे अन्य व्यवस्थापनलाई प्रभावकारी गरेकी थिईन् ।

उनी भन्छन,’ चेतनाकाे कमी र मनकाे डरले महिनावारी विभेदकाे क्रम बढेकाे हाे । महिला कूप्रथाका रुपमा रहेकाे महिनावारी विभेद न्युनिकरण गर्न सुस्वा परियाेजनाले पनि थुप्रै काम गरिरहेकाे छ । हिमाकाे सुनाै महिनावारीका कुरा अभियानमा पनि सुस्वाले निरन्तर सहकार्य गरेर महिला सशक्तिकरणमा जाेड दिने छ ।’

हिमालाई खानेपानी विकास र सरसफाईमा नमुना बनाउन महत्वपूर्ण याेगदान दिईरहेकाे सुस्वा परियाेजनाका गतिविधिलाइ जनस्तर सम्म पुराउन र आयाेजनाकाे दिगाे संचालनका लागि सबै पक्षसंगकाे समन्वय र सहकार्यलाइ समेत वास संयाेजक शाहीले प्रभावकारी बनाएका छन ।

प्रकाशित मिति : २०८२ असार २४ गते सोमवार
प्रतिक्रिया दिनुहोस