सडक डिभिजन कार्यालयको डोजर तोडफोड

जुम्ला – सडक डिभिजन कार्यालय जुम्लाको डोजर तोडफोड गरिएको छ । कालिकोटको तिलागुफा नगरपालिका गाल्जेमा डोजर तोडफोड गरिएको हो । वर्षादले भत्केको सडक निर्माण गर्न गएको स्काभेटर डोजर गरिएको हो । सडकको होल खोप्नका लागि गाल्जेमा आएका आरडी ०४२०६६ नम्बरको ह्याब्बी स्काभेटर डोजर कालिकोट जुपिथाका अपरिचित युवाले तोडफोड गरेका हुन् ।
सडक डिभिजन कार्यालय जुम्लाका सवारी चालक तेजेन्द्र हितानका अनुसार गाल्जेमा अवरुद्ध सडक निर्माणका क्रममा रहेको ह्याब्बी स्काभेटर डोजर जुपिथाका ६/७ जना परिचित युवाको समुहले तोडफोड गरेको बताए । उनले भने, अवरुद्ध कर्णाली राजमार्गको गाल्जेमा स्काभेटरले २५ वटा होल खोपेको थियो । खोपेका २५ वटा होल मध्ये १० वटा होलमा माटोले पुरी दिएको बताए । सवारी चालक हितानले भने,” त्यति मात्र होइन, सव डिभिजन कार्यालय जुम्लाबाट गएको टोली माथी समेत हातपात भएका छन् ।


कर्णाली राजमार्ग निर्माणका क्रममा रहेको स्कोटरलाई तेल उपलव्ध गराउनका लागि गएको बा २ भ १६६८ नम्बरको गाडीको चालकलाई हातपात गर्ने प्रयास गर्दा गाडीको भाइजरसमेत फुटेको छ । कालिकोट जुपिथाका ५/६ जना युवालाई कालिकोटको गाल्जेमा रहेको प्रहरी चौकीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय कालिकोट मान्मा पु¥याएर थप आवश्यक अनुसन्धान भइरहेको छ ।
राजमार्ग निर्माणका क्रममा रहेको स्काभेटर माथि तोडफोड गर्नु कतिको जाहेज हो । यो विषयमा सम्बन्धित निकायले थप अनुसन्धान गरि दोषीमाथि कार्वाहीको माग गर्दछौँ ।

प्रकाशित मिति : २०८२ साउन १ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस