अब्बल तातोपानीका, सफल हाकिमः विकास र सुशासनमा फड्को

जुम्ला । संघीयता कार्यान्वयनको आठ वर्ष बित्दै गर्दा गाउँ गाउँमा पुगेको सिंहदरबारले नागरिकका आबश्यकता परिपुर्ति, सेवा प्रवाह र विकास निर्माणलार्ई चुस्त र प्रभावकारी बनाउने अभ्यास भईरहेको छ । केन्द्रित राज्य प्रणाली भन्दा संघीयतापछि भएका विकास र सहज घर आँगनमै पाएको सेवाले नागरिक उत्साहित पनि छन् ।

तर सिमित स्रोतले असिमित नागरिकका आबश्यकता परिपुर्ति सवालमा,सेवा प्रवाह,सुशासन,पारदर्शीता लगायतका सवालमा कुन पालिकाले के कति काम गरे ? कति सुधार ल्याए भन्ने विषय अहिलेको समिक्षाको विषय हो । यो समिक्षात्मक लेख तातोपानीका प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतको हो ।

बुबा काली बहादुर कठायत र आमा प्याउरी कठायतको कोखबाट २०३४ साल भदौ १ गते जन्म लिएका कठायतले २०५४ साल असोज १ गते सरकारी सेवामा प्रवेश गरेका कठायतले करिब २५ वर्ष जिल्ला बाहिरका विभिन्न ठाउँमा सेवा गरे । संघीयता कार्यान्वयनपछि जुम्लाको कनकासुन्दरीमा केही महिना गरि सकेपछि उनले आफ्नै पालिका गएर सेवा गर्ने सोच बनाए ।
तातोपानीमा सरुवा भयो । सुरुवाती दिन केही कठिनाई पनि भयो । यदपी उनले तातोपानीको विकास,समृद्धी,सेवा प्रवाह,सुशासन र पारदर्शीताका सवाललाई प्रथामिकतामा राखेर काम गर्ने तथा पालिकालाई अब्बल बनाउने जनप्रतिनिधिको योजनामा ईट्टा थप्ने दृढता लिए । उनी तातोपानीका हाकिम मात्र होईन,रैथाने स्थानीय हुन् । उनको स्थायी ठेगाना तातोपानी गाउँपालिका वडा नं.१ राँका हो ।

२०७९ साल असोज २७ गते तातोपानी गाउँपालिकामा हाजिर भए । समय वित्दै गएपछि उनले आफ्नो सोच र दृढतालाई व्यवहारमा लागु गर्दै गए । कृषि,पर्यटन,संंस्कृती,जल,जंगल, जडिबुटिको प्रचुर सम्भावना भएपनि आबश्यक समन्वय,सहकार्य र ईच्छा शक्तिको अभावले खुम्चीएको तातोपानीले प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायत लगायत दक्ष कर्मचारी टिम,तातोपानीलाई अब्बल बनाउने हुटहुटी सहित निर्वाचित भएका पालिका अध्यक्ष नन्द प्रसाद चौलागाइ लगायतको उर्जावान जनप्रतिनिधिको साथबाट तातोपानीले विकास र समृद्धीको लय समात्यो ।

जनप्रतिनिधिले अनाआश्यक दबाब दिँदा,कर्मचारीले प्रशासनिक कठिनाइ सृजना गर्दा जिल्लाका धेरै पालिकामा अबरोध सृजना भईरहेको तमाम नजिरहरुका बीच पनि तातोपानीले आफ्नो गति रफ्तारमा बढाईरहेको कुरा सबैका लागि अनुसरण योग्य छ ।
तातोपानी जिल्लाको अब्बल पालिका हुनुका मुख्य पात्र मध्य एक हुन प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायत । उनी तातोपानीमा आएको करिब साढे ३ वर्ष समय वित्दै गर्दा विकास,सुशासन र सेवा प्रवाहले काँचुली फरेको अबस्था छ ।

बचेको बजेटबाट भवनदेखी सुशासन कायम
२०७९ असोज २७ गते तीर्थ बहादुर कठायत हाकिममा रुपमा तातोपानीमा हाजिर हुदैँ गर्दा पालिकाका कर्मचारीहरु आउने जाने ठेगान थिएन् । ११ बजे आउने कर्मचारी २÷३ नबज्दै घर जाने परिपाटी थियो । कर्मचारीको नियमितता बीना पालिकाका कामहरु प्रभावित हुने र जनगुनासो बढ्ने कुरालाई मध्यनजर गर्दै पालिकामा डिजिटल हाजिरी जडान गरियो । जसले गर्दा ढिलो आउने छिटो जाने कर्मचारीको समस्या अन्त्य भयो ।

पालिकाका शाखाहरु लिताकोटका विभिन्न घरहरुमा छरिएर बसेका थिए । पेश नेपालले आफ्नै पालिकाकै नाममा एक भवन बनाएको थियो । भाडामा वर्षेनी लाखौ रकम गईरने तर बनेको भवन प्रयोगमा नआउने भएपछि प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले उक्त भवनमा कार्यालय संचालन समेत गरे । जसले गर्दा सेवा प्रवाहमा पनि सहज भयो । भने भाडाको लाखौ रकम पनि बच्यो ।

त्यति मात्र होईन्, योजना निर्माणको बचेको पैसाबाट भवन लगाउने पालिका पनि तातोपानी पहिलो हो । अधिकाशं पालिकामा कन्टीजेन्सीको पैसा तलब भत्ता खुवाउने,योजनाका बचेका रकमहरु खर्च नगरी फिर्ता पठाउने परिपाटी छ । तर प्रमुख प्रशासकीय अधिकृत कठायतले भने तातोपानीमा योजनाबाट बचेको पैसाले भने पालिकाको दुई तले प्रशासकीय भवन निर्माण गरे ।

योजनाबाट बचेको बजेटबाट निर्माण भएको प्रशासकीय भवन । तस्बिरः कर्णाली मिसन

पेश नेपालको भवनमा कार्यालय संचालन गरेपनि धेरै शाखाहरु अझै भाडाकै घरमा बस्नु पर्ने देखियो । प्रमुख प्रशासकीय अधिकृत कठायतले भने,‘पालिकाको आम्दानी कम,खर्च बढी हुने देखिएपछि मैले समपुरक योजनामा गाउँपालिकाबाट ब्यहोर्ने रकमको ठेक्का बाट बचेको बजेट,भिडीयो डकुमेन्ट्रीको रकम र अन्य योजनाको कन्टीजेन्सी समेतको करिब ७० लाख लगानीमा १२ कोठे पक्की भवन निर्माण गरियो । जुन अहिले संचालनमा छ । यत्रतत्र छरिएर बसेका शाखाहरु अहिले एकिकृत रुपमा संचालन छन् । भने विगतमा वार्षिक भाडामा २५ लाख सम्म खर्च हुने गरेको छ । भने अहिले वडा आधारभुत स्वास्थ्य भेटनरी कृषिका फील्ड अफिसको लागी वार्षिक ८ लाख भाडामा खर्च भईरहेको छ ।’

साथै जिल्लामा आठ स्थानीय तह छन् । तर अधिकांश पालिकाले नीतिले तोके बमोजिम नत चौमासिक सार्वजनिक सुनुवाई नत समिक्षा केही गर्दैनन् । उस्तै परे केही पालिकाले वर्षौदेखी वार्षिक सार्वजनिक सुनुवाई पनि गरेका छैनन् । तर तातोपानीमा प्रमुख प्रशासकीय अधिकृत तिर्थ कठायत आएपछि उनले नियमित रुपमा हरेक चौमासिक र वार्षिक सार्वजनिक सुनुवाई गर्ने थीति बसालेका छन् । जसले सरकारले आफूले गरेका कामहरु जनतालाई सुनाउने र जनताका गुनासा सुन्नुका साथै प्रश्न गर्ने अधिकारको समेत सुनिश्चिता गरेको छ ।

यसले गर्दा सरकार जनताप्रति उत्तरदायि रहेको मात्र देखाउदैन् । सुशासन र पारदर्शीताको सवाललाई समेत जोड दिन्छ । सेवा ग्राहीका लागि प्रतिक्षालयदेखी सेवा लिने आउने सुत्केरी महिलाका लागि स्तनपान कक्ष समेत निर्माण भएको छ ।

बेरुजुमा क्रमिक सुधार
कुनै पनि निकायमा कार्यरत कर्मचारीको दक्षता र क्षामता उसको कार्य प्रगती र परिणामले देखाउँछ । बेरुजु कर्मचारीको गैरजिम्मेवारीपन,लापरबाही र नीति भन्दा बाहिर गएर खर्च गर्नुले मात्रै आउँछ । यो सवालमा कर्मचारी निकै जिम्मेवार हुनु पर्छ । जुन जिम्मेवारी र कर्तव्य तीर्थ बहादुर कठायतले आफूल कार्यरत रहँदा सम्म पूरा गरिरहेका छन् ।

उनी तातोपानीमा हाजिर हुदैँ गर्दा पालिकाको अघिल्लो वर्षको बेरुजु ८ करोड ६५ लाख ४६ हजार थियो । तर पछिल्लो वर्ष आव २०७९÷०८० मा ८ करोडबाट झरेर १ करोड ५४ लाख ७६ हजारमा बेरुजु कायम हुन आई तातोपानी बेरुजु कम गर्ने पालिकामा जिल्लाकै प्रथम भयो ।

भने पछिल्लो दुई वर्षको कार्य सम्पादन मुल्यांकनमा समेत तातोपानी लगातार प्रथम र द्धित्तिय भयो । भने आर्थिक बर्ष २०८०÷०८१ मा ३ करोड ८ लाख बेरुजु कायम भएर कम बेरुजु हुने पालिकामा जिल्लाको दोस्रो भएको छ ।

बेरुजुमा आईरहेको क्रमिक सुधारले प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतको प्रशासनिक सुधार तथा सुशासन पारदर्शीतामा उनको दक्षता कार्य कौशलता र अब्बलतालाई प्रंसशा गर्नुनै पर्छ । विगतको तुलनामा आर्थिक सुशासन बलियो बनेको देखिन्छ । यसरीनै आर्थिक सुशासनमा जोड दिएको खण्डमा आगामी दिनमा बेरुजु शुन्यमा झर्ने देखिन्छ ।

नागरिकका अत्याआबश्यक समस्या समधानका काम गर्दै गर्दा बेरुजु आउने गरेको छ । तातोपानीमा जथाभावी खर्च गरेर भन्दा पनि घर बीमा,स्वास्थ्य बीमा जस्ता नागरिकका हितका कार्यक्रममा मलेपले प्रश्न उठाएपनि यसमा कसैको स्वार्थ नजोडिएको पारदर्शी रुपमा काम गर्न पालिका अघि बढीरहेको उनको भनाई छ ।

नीतिले तोके बमोजिम नियमित सार्वजनिक सुनुवाई,समिक्षा गरेर नागरिक र स्थानीय सरकारको सम्बन्ध समधुर बनाउने र प्राप्त गुनासाहरुबाट आगामी दिनमा सेवा सुधार गर्दै लजानु पर्छ भन्ने मान्यताबाट सुशासन र पारदर्शीताका काममा जोड दिएको प्रमुख प्रशासकीय अधिकृत कठायतले उल्लेख गरे । साथै कार्यालयबाट हुने सबै सेवालाई अलनाईन प्रणालीबाट मात्रै दिने गरिएको छ । यसले आर्थिक सुशासनलाई समेत थप मजबुद बनाएको छ ।

प्रभावकारी श्रमदान अभियान,दर्जनौ योजना निर्माण
जुम्लाका आठ स्थानीयतह मध्य तातोपानीले जिल्लामै पहिलो श्रमदान अभियान संचालन गरेको छ । जसले साना लगानीका योजना श्रमदानबाटै निर्माण गर्ने,पालिकाको भव्यभार घटाउने र २÷३ लाखका योजना माग्न आउने लहर रोक्न श्रमदान अभियान चलाइएको हो ।श्रम संस्कृतिको विकास गर्ने लक्ष्य सहित पालिकाका अध्यक्ष,उपाध्यक्षनै ढुंगा माटो उठाउन हिडेपछि सबैको निस्वार्थ सहयोग पाइएको थियो ।

श्रमदान अभियानबाट पालिकाका विभिन्न वडामा दर्जनौ योजना निर्माण भएका छन् । वडा नं १ र ३ को कोठारी कुलो मर्मत,वडा नं २ र ३ को लाछु ज्यूलाको कुलो मर्मत,वडा नं ६ रावतबाडामा प्रतिक्षालय निर्माण,गाउँपालिकामा करिब २० हजार लिटर क्षमताको खानेपानी ट्याङ्कि निर्माण, वडा नं ६ को हियाखोलामा सिचाई कुलो मर्मत, वडा नं ५ मा बृक्षारोपण कार्यक्रम, वडा नं ४ को महादेव मन्दिर श्रमदानबाटै निर्माण गरिएको छ ।

श्रमदान मार्फत मर्मत गरिएको सिँचाई कूलो । तस्बिरः सागर परियार

त्यस्तै,वडा नं ७ को दुर्गा माबि मधुमा बिधालय गेट निर्माण,,वडा नं २ डागीबाडामा बाटो निर्माण निर्माण,श्रमदानबाट भएका छन् । श्रमदान अभियानलाई सुरुमा केही आलोचनात्मक दृष्टीकोणबाट हेरिएपनि पालिकाले दिएको निरन्तरता र बिना लगाए भएको विकासले श्रमदानको औचित्य पृष्टी गरेको प्रमुख प्रशासकीय अधिकृत कठायतको भनाई छ ।

त्यस्तै प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायत आईसकेपछि वडा नं ५ मा ठुलो मात्रामा तडबन्धन निर्माण,वडा नं ७र ८ जोडने राका सर्मी सडकको ट्रयाक खोल्ने काम,एकघर एकधारा,वडा नं ८ ,६ र १ वडा कार्यालय भवन निर्माण,ताम्ती स्वास्थ्य चौकी र टोप्ला आधारभुत स्वास्थ्य केन्द्रको भवन निर्माण,औधोगिक ग्रामको कम्पाउण्ड वाल निर्माण,गाउँपालिकामा स्मार्ट बोर्ड जडान,न्यायिक समितीको ईजलास निर्माण,न्यायिक समिती र मेलमीलाप कर्ताको क्षमता बृद्धी,कार्यसम्पादन मुल्यांकनमा अब्बल नतिजा,पालिकाको पहिचान झल्किने पालिका गान र पालिकाको लोगो निर्माण,उपभोक्ता समितिलाई तालिम,उपभोक्ता समितीको दर्ता,समुदायलाई योजना हस्तान्तरण, स्थानीय रैथाने उत्पादनमा आधारित दिवा खाजा सञ्चालन लगायतका नमुना योजना तथा कार्यक्रम संचालन भएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत कठायत भन्छन,‘भिजनरी तथा सरल गाउँपालिका अध्यक्ष,उपाध्यक्ष लगायत सबै वडाध्यक्षले सहज वाताबरण दिएर सेवा प्रवाह सुशासनमा तातोपानी अब्बल बन्दै गएको छ । मेरा कर्मचारी साथीहरुको पनि अथक मेहनत र पपिरश्रमले मलाई सफल बनाईरहेका छन् । कर्मचारी र जनप्रतिनिधिको समधुर सम्बन्धकै कारण तातोपानी अब्बल बनेको हो ।’

भदौभित्रै योजना सम्झौता,बैशाखभित्रै अन्तिम भुक्तानी
तातोपानी गाउँपालिका अध्यक्ष नन्द प्रसाद चौलागाईले असारे विकासलाई अन्त्य गर्न,विकास योजनाहरु गुणस्तर बनाउनका लागि भदौमै योजना सम्झौता गरी सक्ने र ढिलोमा अन्तिम भुक्तानी बैशाख मसान्तमा दिने लक्ष्य लिए । त्यो लक्ष्य कर्मचारीको सक्रियता,प्रमुख प्रशासकीय अधिकृतको नेतृत्वदायी भूमिका बिना सम्भवनै थिएन् । पालिका अध्यक्षको लक्ष्यलाई पूरा गर्न कर्मचारीको परिचालन तथा पहिलो चौमासिकमा योजना सम्झौता र बैशाख मसान्तमै अन्तिम भुक्तानी दिने लक्ष्यमा पनि तातोपानी सफल भएको छ ।

बितेका तीन वर्ष यता तातोपानीमा असारे विकास अन्त्य जस्तै भएको छ । ठेक्काबाट संचालित योजना बाहेक पालिका मार्फत उपभोक्ता गर्ने कुनै पनि काम असारमा धकेलिएका छैनन् । भने,भुक्तानीका लागि असारमा अन्य पालिकामा उपभोक्ताको लाईन हुँदा तातोपानी सुनसान हुने गरेको छ ।

कर्णालीका ७९ पालिकामध्ये पहिलो पालिकाका रूपमा कार्य सम्पादन सम्झौता गरी जनमुखी, नतिजामुखी र लगानीनुसार उपलब्धि देखाउने गरी विनियोजित कार्यक्रम र योजनाको प्रभावकारी कार्यान्वयनमा जोड दिन भदौ महिनामै योजना सम्झौता सक्ने लक्ष्य लिइएको कठायतले जानकारी दिए ।

उनले भने,‘असारमा हुने विकासलाई रोक्नु र गुणस्तरीय एवम् जनमुखी काम गर्नु हाम्रो मुख्य ध्येय हो । बितेका दुई वर्षमा लक्ष्यनुसार काम पनि गरेका छौ । वैशाख मसान्तमै अन्तिम भुक्तानी दिएर सक्ने पालिकाको दीर्घकालीन लक्ष्य सफल बनाउन हामी निरन्तर जुटको छौं । सोहीअनुसार भदौबाटै योजना सर्भे, लागत अनुमान, स्टिमेट, उपभोक्ता छनोट गरी सम्झौताको कामलाई अघि बढाएका छौं । यो निरन्तर जारी रहन्छ ।’

केही चुनौती,अबसर र आगामी योजना
आफू स्थानीय भएकोले हिसाबले पनि तातोपानीको समृद्धी र विकासका लागि गम्भीर भएर काम गर्नुपर्ने दायित्व बोध हुने गरेको प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले बताए । सिमित स्रोत साधन र असिमित आबश्यकता परिपुर्ति गर्नु पर्ने,स्थानीय भएको नाताले कसैको मन नदुखाउ भन्ने मनसायले काम गर्दा थुप्रै समस्या झेल्नु पर्यो ।

उनले भने,‘भौगोलिक विकटता,टुक्रे योजना,न्यून जनशिक्त,बुझाईको कमी, कानुनी जटिलता हाम्रा मुख्य समस्या हुन । भने,अनाआबश्यक अख्यितारमा मुद्धा हाल्ने,दुख दिने,राजनैतिक रङ्ग दिने बिभिन्न खाले दवाव दिने,पटक पटक सरुवा गराई रहन मुख्य चुनौती हुन् । यी चुनौतीलाई चिर्दै आफ्नै पालिकामा सेवा गर्नुलाई अबसरका रुपमा लिएर अघि बढेको छु ।’

साथै चुनौती भएपनि आफ्नै घरबाट कार्यालय जान सकिने,आफ्नै स्थानमा बिभिन्न कार्य गर्दा सन्तुष्टी प्राप्ती हुने,आफ्ना समाजका आवश्यक्ता अनुसारका योजना निर्माण र सेवा प्रवाह गर्न पाउनु,आफ्ना घर परिवार नाता गोता संग सम्बन्ध विस्तार हुनुलाई अबसरका रुपमा लिएको बताए ।

त्यसैगरी आफू तातोपानीमा कार्यरत रहँदा सम्म स्थानीय भएको नाताले टुक्रे भन्दा देखिने खालका ठुला ठुला योजना निर्माणमा जोड दिने,पुँजीगत बजेटमा बृद्धि र खर्चमा बृद्धि गर्ने,सुबिधा सम्पन्न प्रशासनीक भवन निर्माण गर्ने,राँका तरापीमा खानेपानी पुराउने,राँका र तातोपानीमा पक्की पुल निर्माण गर्ने योजना बनाएको प्रमुख प्रशासकीय अधिकृतले कठाययतले उल्लेख गरे ।

अन्त्यमा ३ वर्ष बढीको समयलाई सफल बनाउने,काम गर्न सहज बाताबरण दिने,आफ्नो क्षमता दक्षता अनुसार काम गर्न हौसला दिने पालिकाका अध्यक्ष,उपाध्यक्ष वडाध्यक्षहरुलाई धन्यबाद दिदैँ आगामी दिनमा पनि नीति र विविनुसार तातोपानीलाई जिल्लाकै अब्बल पालिका बनाउन आफ्नो क्षेत्रमा पूर्ण रुपमा कर्तव्य निष्ट भएर काम गर्ने समेत प्रमुख प्रशासकीय अधिकृत तीर्थ बहादुर कठायतले प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २०८२ साउन ६ गते आइतवार
प्रतिक्रिया दिनुहोस