उच्च अदालत सुर्खेत जुम्ला इजलासका ९३ प्रतिशत मुद्दा फर्छ्यौट

जुम्ला । उच्च अदालत सुर्खेत जुम्ला ईजलासमा ९३ प्रतिशत मुद्वा फर्छ्यौट भएका छन् । गत आर्थिक वर्ष २०८१/८२ कूल दर्ता भएका मुद्वा मध्य असार ३० गते सम्म ९३.०८ प्रतिशत मुद्दा फर्छ्यौट भएका हुन् ।

मंगलबार उच्च अदालत सुर्खेत जुम्ला ईजलासद्वारा आयाेजित पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा प्रस्तुत प्रगति विवरण अनुसार आव २०८१/८२ मा नयाँ दर्ता भएका १९१ र जिम्मेवारी सरेका २६ मुद्वा गरि कुल २१७ वटा मुद्दा दर्ता भएका थिए ।

जसमा आर्थिक वर्षकाे असार मसान्त सम्म कुल दर्ता भएका मुद्वा मध्य २०२ वटा अर्थात ९३.०८ प्रतिशत मुद्दा फर्छ्यौट भएकाे अदालत स्राेतले जानकारी दिएकाे छ । प्रतिवदेननुसार हाल १५ वटा मुद्दा बाँकी रहेका छन् । वार्षिक फर्छ्यौट लक्ष्य १७८ रहेकाेमा लक्ष्य भन्दा बढि मुद्वा किनारा लागेका छन् ।

तीन वर्षकाे तुलनात्मक अबस्था
आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्म तीन वर्षकाे तुलना गर्दा आव २०८१/८२ मा सबैभन्दा बढी मुद्दा फर्छ्यौट भएकाे देखिन्छ ।

तथ्यांंकले उच्च अदालत सुर्खेत जुम्ला ईजलासकाे न्याय सम्पादन प्रभावकारी बन्दै गएकाे देखिन्छ
अदालतकाे तीन वर्षे तुलनात्मक विवरण अनुसार आर्थिक वर्ष २०७९/८० मा कुल २५५ मुद्वा दर्ता भएकाेमा फर्छ्यौट २०५ भएका छन् भने बाँकि ५० मुद्दा छन् ।

त्यस्तै आर्थिक वर्ष २०८०/८१ कूल २७९ वटा मुद्वा दर्ता भएकाेमा अन्तिम सम्म फर्छ्यौट २५३ वटा मुद्दा फर्छ्यौट भएका छन् । भने २६ वटा मुद्वा फर्याैट हुन बाँकि रहेेका छन् ।

साथै आर्थिक वर्ष २०८१/८२ मा २१७ वटा मुद्दा दर्ता हुदा २०२ फर्छ्यौट भएका छन् । पछिल्ला वर्षकाे तथ्यांकले न्यायीक सेवा सुधार भएकाे देखिएपनि जनस्तरमा न्यायलय प्रतिका अन्याैलता अझै कायम छ ।

त्यसैगरी गत आवमाा थुनुवा मुद्वा संख्या ४३ रहेकाेमा फर्छ्यौट ४० मुद्वा भएका छन् । थुनुवा मध्य पुरुष ३७ बालबालिका २ रहेका छन् ।

अदालतमा दर्ता भएका मुद्वाकाे विवरण हेर्दा रिट निवेदन ३४,जवर्जस्ती करणी ६२, ज्यान मार्ने उद्योग १४, कर्तव्य ज्यान १०, बहुविवाह ५,सम्बन्ध विच्छेद २,सवारी ज्यान ४ ज्यान/सवारी अंड्ङ्गभङ्ग २,मानव बेचविखन तथा ओसारपसार ५ मुद्वा दर्ता भएका थिए ।

त्यस्तै जातिय विभेद-२ लागू औषध-१४,अवहेलना २, हातहतियार तथा खरखजना ४,चाेरी ९,नकबजनी-१०,अंश-४ अन्य-३४ वटा मुद्वा दर्ता भएका थिए ।

उच्च अदालत सुर्खेत जुम्ला ईजलासका मुख्य न्यायधिष श्यामजी प्रधानले न्याय सम्पादनलाई नागरिक मैत्री बनाउन जाेड दिइरहेकाे बताए । न्यायलयमा नागरिककाे सहज पहुँच विस्तारका लागि भर्चुअल बकपत्र देखि छिटाे न्याय दिन अदालतका सबै संयन्त्र परिचालन गरिरहेकाे समेत मुख्यन्यायधिष प्रधानले उल्लेेख गरे ।

पाँच जिल्लाकाे मुद्वा विवरण
उच्च अदालत सुर्खेत जुम्ला ईजलास अन्तर्गत कर्णाली प्रदेशका माथिल्लाे कर्णालीका ५ जिल्लाकाे जिल्ला अदालतकाे मुद्वाकाे अबस्थालाई विश्लेषण गरिएकाे छ ।

जसमा जुम्ला अदालतमा ३१४ मुद्वा दर्ता हुँदा २१४ फर्छ्यौट भएका छन् । भने १ सय मुद्वा बाँकि छन् । मुगुमा १३५ मुद्वा दर्ता भएकाेमा फर्छ्यौट १०३ र बाँकि ३२ वटा मुद्वा रहेका छन् ।
भने हुम्लामा कूल दर्ता ६९ मुद्वा मध्य ६० मुद्वा फर्छ्यौट र ९ वटा बाँकि छन् । उता कालिकाेट जिल्ला अदालतमा कूल २३६ मुद्वा दर्ता भएकाेमा १७६ मुद्वा फर्छ्यौट भएकाे र ६१ बाँकि रहेका छन् ।

त्यस्तै डाेल्पा जिल्ला अदालतमा ७६ मुद्वा दर्ता भएकाेमा ५४ मुद्वा फर्छ्यौट र २२ वटा बाँकि छन् ।

प्रकाशित मिति : २०८२ साउन ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस