जुम्ला । शिक्षालय स्थापनाकाे साढे चार दशक वितिसक्दा पनि पूरानै भवनमा चलेकाे शिक्षालयमा नयाँ पक्की छात्राबास निर्माण हुने भएकाे छ । संघीय सरकारकाे ३ कराेड रुपैया लगानीमा महिलाका लागि छुट्टै छात्राबास निर्माण हुने भएकाे हाे ।
पूराना जीर्ण भवनमा संचालन भईरहेकाे शिक्षालयकाे समस्यालाई मध्यनजर गरी चालू आवमा महिला छात्रबास निर्माण हुने गरि ३ कराेड बजेट विनियाेजन भएकाे कर्णाली प्राविधिक शिक्षालयका प्रमुख टेकेन्द्र थापाले बताए ।
प्राविधिकि जनशक्ति उत्पादनकाे अग्रणी संस्था कर्णाली प्राविधिक शिक्षालय ४५ वर्ष पूराना भवनमा संचालन गर्नुपर्ने बाध्यता छ ।
उनले भने,’ पुराना संचरनाहरु प्राय: जीर्ण हुँदै गएका छन् । प्राविधिक जनशक्ति उत्पादनकाे भराेसा केन्द्र शिक्षालय प्रति यहाँका सराेकारवालाकाे खासै चासाे छैन् । यदपी संघ र प्रदेशबाट पछिल्ला वर्षमा केही सहयाेग पाएपछि थाेरै राहत भएकाे छ ।’
चालू आर्थिक वर्ष २०८२/०८३ मा कार्यान्वयन हुने गरि संघिय सरकारबाट जुम्लाकी सांसद विनिता कठायतकाे पहलमा महिला छात्रबास निर्माणका लागि ३ कराेड विनियाेजन भएकाे शिक्षालय प्रमुख थापाले जानकारी दिए ।

सहरी विकास मन्त्रालय मार्फत सघन सहरी तथा भवन निर्माण आयाेजनाकाे कार्यालय जुम्लाका ३ कराेड बजेट आएकाे र उक्त कार्यालयले ठेक्का मार्फत निर्माण हुने छ ।
शिक्षालयमा रहेका कुल ११० भाैतिक संरचना छन् । ती मध्य अधिकांश पूराना र जीर्ण भईसकेका छन् । कर्णाली प्राविधिक शिक्षालयकाे स्थापना २०३७ साल साउन ५ गते भएकाे हाे ।
शिक्षालयमा रहेका ५८ भवन मध्य कर्मचारी आवास भवन २४ वटा,छात्राबास भवन ३ वटा छात्र भवन ९ वटा, शैक्षिक भवन ४ वटा लगायतका भवन रहेका छन् । जसमध्य छात्राबास अभाव रहेकाेले नयाँ निर्माणकाे माग भएनुसार बजेट विनियाेजन भएकाे छ ।
११० वटा संरचना मध्य अधिकांश भवन जीर्ण भईसकेका छन् । बजेट अभावले उक्त भवनहरु निर्माण हुन सकेका छैनन् । भने जीर्ण भवनमै शिक्षालय संचालन भईरहेकाे छ । स्थानीय निर्माण सामाग्री ढुंगा माटाेकाे प्रयाेग भवन निर्माण गर्न माग गर्न शिक्षालय प्रमुख थापाकाे भनाई छ । शिक्षालयका सबै भवन स्थानीय स्राेत साधनबाट बनाईएकाे र सिमेन्टेन्ट बनाउँदा त्यति साेभनिय नहुने भएकाेले डिजाईन स्टमेटमै ढुंगाकाे प्रयाेगलाई उल्लेख गर्नु पर्ने बताए ।
यसैबीच कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयकाे ५० लाख लगानीमा शिक्षालयका २५ वटा भवनकाे पूर्निर्माण गरिएकाे छ । गतआवमा ५० लाख विनियाेजन गरिएकाेमा कूल ४९ लाख हजार खर्चर २५ वटा भवनकाे मर्मतसंभार गरिएकाे हाे । जीर्ण भवन मर्मत गरेसंगै पठन पाठनमा सहज भएकाे छ ।
साथै आव २०७९/०८० मा चन्दननाथ नगरपालिकाकाे एक कराेड लगानीमा शिक्षालय जाेड्ने सडक काठे साँगुदेखि पुनालासम्म कालाेपत्रे भएकाे छ । भने,आव २०८०/०८१ मा शिक्षालय जाेड्ने सडक कालाेपत्रे गर्न थप एक कराेड विनियाेजन भई काम भएकाे शिक्षालय प्रमुख थापाले उल्लेख गरे । उनका अनुसार कूल ६५२ राेपनी जग्गामा शिक्षालय फैलिएकाे छ ।
गत आर्थिक वर्ष २०८१/८२ मा कूल बजेट ८ कराेड १३ लाख ७३ हजार विनियाेजन भएकाेमा ७ कराेड ४४ लाख ७८ हजार खर्च भएकाे छ । जसमा पूँजिगत बजेट ७ कराेड १६ लाख ३४ हजारमध्य खर्च ६ कराेड ३१ लाख ९९ हजार भएकाे छ ।
हाल शिक्षालयमा विभिन्न विषयमा ४ सय ९० जना विद्यार्थी अध्ययनरत छन् ।

जसमा सिभिल तर्फ १३५ जना,फारमेसी तर्फ ११४ जना, एजी प्लान्ट साईन्स तर्फ १२८ जना, फरेष्टी तर्फ ७५ जना र एचए तर्फ ३८ जना गरि कूल ४९० विद्यार्थी अध्ययनरत छन् । कर्णाली प्रदेशका १० वटै जिल्ला सहित देशभरका अन्य जिल्लाबाट पनि विद्यार्थी प्राविधिक शिक्षा अध्ययनका लागि जुम्ला पुगेका छन् ।
२०३७ सालमा स्थापना भएकाे याे प्राविधिक शिक्षालयले झण्डै ४ हजार भन्दाबढी दक्ष जनशक्ति उत्पादन गरिसकेकाे छ । राज्यका उच्च ओेहाेदामा समेत उक्त शिक्षालयका उत्पादन पुगिसकेकन छन् ।
४५ ओैँ वार्षिक उत्सव सम्पन्न
कर्णाली प्राविधिक शिक्षालयकाे ४५ ओैँ वार्षिक उत्सव विभिन्न कार्यक्रम मनाईएकाे छ । साेमबार कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीकाे प्रमुख आतिथ्यतामा शिक्षालयकाे ४५ ओैँ वार्षिक उत्सव सम्पन्न भएकाे हाे ।
वार्षिक उत्सवका अबसरमा विभिन्न प्रतियाेगितामा उत्कृष्ट हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएकाे थियाे । शिक्षालयलाई विभिन्न तवरले सहयाेग प्रदान गर्ने निकायलाई समेत कदर पत्र प्रदान गरिएकाे थियाे ।

कार्यक्रममा कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र बहादुर शाहीले देशकै जेठाे शिक्षालयकाे गरिमा बचाउन सबै पक्ष गम्भीर हुनु पर्ने बताए ।
उक्त शिक्षालयकाे पहिलाे ब्याच समेत रहेका प्रदेश सभा सदस्य शाहीले भने,’यहाबाट उत्पादित जनशक्ति देशका उच्च ओहाेदामा रहेका छन् । शिक्षालयकाे महत्व र गरिमा जाेगाउने हाम्राे दायित्व हाे । शिक्षालयकाे विकासका निम्ति प्रदेश सरकारसंग आबश्यक पहल गर्न म सधै लाग्ने छु ।’
शिक्षालयकाे भाैतिक तथा शैक्षिक विकासमा बजेटकाे अभाव हुन नदिनका लागि प्रदेशका सरकारसंग जाेडदार माग गर्ने समेत प्रतिबद्वता गरे ।
प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले कर्णाली प्राविधिक शिक्षालय देशभरीकै जेठाे शिक्षालयका रुपमा आफूलाई अब्बल बनाएकाेले याे संस्था प्रति जुम्लाबासीले गर्व गर्नु पर्ने बताए ।
शिक्षालय संचालक समितिका अध्यक्ष समेत रहेका सिडिओ शर्माले यहाँकाे शिक्षालाई अझै विश्वासिलाे र गुणस्तरीय बनाउनका लागि पूर्वाधार विकासदेखि नियमित पठनपाठनमा ध्यान दिन समेत सुझाव दिए । स्थानीय उपलब्ध स्राेत साधनकाे अधिकतम प्रयाेग गरेर व्यहारिक शिक्षामालाई जाेड दिन पनि अपिल गरे ।



