महत रजिष्टार बन्ने पक्का हुँदा बद्नाम गराउन किर्ते हस्ताक्षरको प्रपन्च

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा २०६८ सालमा स्थापना भएको हो । जसको तेस्रो कार्यकालको उपकुलपतिमा डाक्टर मंगल रावल र रजिष्टार नृपेन्द्र महत नियुक्त भए । स्थापना भई दोस्रो कार्यकाल सम्मका पदाधिकारीले लयमा ल्याउन नसकेको प्रतिष्ठानलाई तत्कालीन उपकुलपति डाक्टर रावल र रजिष्टार महतले जुरुक्कै माथि उठाए ।

स्थापनाको ९÷१० वर्ष सम्म प्रतिष्ठानको आन्तरिक आम्दानी ४ देखी ५ करोडमा मात्रै सिमित थियो । तर तत्कालीन रजिष्टार महतको कार्यवधिमा प्रतिष्ठानको आम्दानी सिधै २७ करोड भन्दा बढी पुग्यो । जसले गर्दा प्रतिष्ठानले भौतिक विकास बजेट अभाव झलेपनि प्रशासनिक क्षेत्रमा आर्थिक अभावको अन्त्य भयो ।

प्रतिष्ठानको शैक्षिक प्रशासनिक,भौतिक तथा सेवा प्रवाह सुधारमा महतको कार्यकालमा उल्लेखीय उपलब्धी पनि भए । स्थानीय भएकै हिसाबले प्रतिष्ठानको बृद्धि विकासमा उल्लेखीय योगदान तथा नयाँ केही काम गर्ने तयारी हुँदा हुदैँ कार्यकाल सकियो ।
अहिले प्रतिष्ठानमा उपकुलपति नियुक्ती भईसकेका छन् । अब रजिष्टार नियुक्ती हुन बाँकी छ ।

आफ्नो कार्यकालमा प्रतिष्ठानको भौतिक विकास,सेवा प्रवाह,प्रशासनिक सुधार र आम्दानीमा सुधार लगायतका थुप्रै राम्रा काम गरेको र ब्लड बैंक स्थापना,नयाँ कार्यक्रमको थालनी,चेरे चौर भवन निर्माण गर्न लगायतका कामलाई पूर्णता दिन नृपेन्द्र महतनै उपयुक्त पात्र भएकाले फेरी रजिष्टारमा दोहोरिने सम्भावना बढेको छ ।

उता महतको रजिष्टारमा दोहोरिने सम्भावना बढेपछि यता प्रतिष्ठानमा उनको बदनाम गराउन एउटा प्रपन्च रचिएको छ । प्रतिष्ठानका ५३ कर्मचारीको किर्ते हस्ताक्षर गरी महतको बदनाम गराउने गलत मनसायले समचारनै लेखाउन लगाएको समेत खुलेको छ ।

स्वास्थ्य खबर अनलाईनमा ‘कर्मचारीले १३ बुदेँ आरोप लगाउँदै दिए आन्दोलनको चेतावनी’ शिर्षकमा समचार प्रकाशित भएपछि प्रतिष्ठानका सयौ कर्मचारीले उक्त समचार गलत भएको र उक्त समचारमा गरिएको भनिएको ५३ जनाकै हस्ताक्षर किर्ते भएको भन्दै ध्यानर्कषण पत्र निकालेका छन् ।

झण्डै डेढ सयजना कर्मचारीले नृपेन्द्र महतको समर्थनमा उनि फेरी रजिष्टार नियुक्त भएर आउँदा खुसी रहेको भन्दै महतका विरुद्धमा गरिएको हस्ताक्षर किर्ते भएको स्पष्ट पारेका छन् । स्वास्थ्य मन्त्री र कुलपतिलाई बोर्धाथ दिइएको ध्यार्नषण पत्रमा भनिएको छ,‘प्रतिष्ठानमा तेस्रो कार्यकालको उपकूलपति र रजिष्ट्रार पदमा क्रमशः डा. मंगल रावल र नृपेन्द्र महतः नियुक्ति भई सके पश्चात प्रतिष्ठानले आस गरे अनुसारका थुप्रै उपलब्धीहरु हासिल गर्न सफल भएको छ ।

मिति २०८२ भाद्र ५ गते स्वास्थ्य खबर प्रत्रिकामा कर्मचारीले १३ बूंदे आरोप लगाउँदै आन्दोलनको चेतावनी विषयमा विभिन्न ५३ जना कर्मचारीहरुको नक्कली हस्ताक्षर गरि प्रकाशित समाचारमा गम्भिर ध्यानाकर्षण भएको छ । यस किसिमको गलत सूचना प्रबाह गरि व्यक्तिगत दुश्मनीका कारण समग्र प्रतिष्ठानको छवि माथिने आँच आउने क्रियाकलाहरुमा संलग्न कर्मचारी कारबाहीको दायरामा ल्याइदिन समेत अनुरोध गर्दछौँ ।’

पूर्व रजिस्ट्रार नृपेन्द्र महतलाई बदनाम गर्ने उद्देश्यले नक्कली हस्ताक्षर गरी पत्राचार गरिएको र त्यसलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेल सम्म पु¥याएर समाचार बनाइएको भन्दै प्रतिष्ठानका कर्मचारी शिक्षकहरु आक्रोशित बनेका छन् । प्रतिष्ठानका सबै कर्मचारी किर्ते हस्ताक्षरको विरुद्धमा उत्रिएका छन् । भने फेरी रजिष्टारमा नृपेन्द्र महत आउँदा कुनै फरक नपर्ने समेत स्पष्ट पारेका छन् ।

२०८२ भदौ ५ गते प्रतिष्ठानका शिक्षक कर्मचारीलाई जानकारी नै नदिई उनीहरूको सामूहिक हस्ताक्षर नक्कल गरेर पत्र पठाइएको खुलेको छ । यसले संस्थाको गरिमा माथि चोट पुगेको भन्दै कर्मचारी कल्याणकारी समाजले भदौ ८ गते विज्ञप्ति जारी गर्दै आपत्ति जनाएको हो

विज्ञप्तिमा भनिएको छ “मुलुकी फौजदारी अपराध संहिता २०७४ अनुसार यस किसिमको कार्य जघन्य अपराध हो । संस्थाको इज्जत र विश्वसनीयता लाई क्षति पु¥याउने षड्यन्त्रकारी क्रियाकलापमा संलग्न जोसुकै लाई कानुनी कठघरा सम्म पु¥याउनुपर्छ। ”
पत्रमा प्रयोग गरिएका हस्ताक्षर आफूहरूको नभएको भन्दै कर्मचारीहरूले प्रतिवाद गरेका छन् । काठमाडौं स्थित सहप्राध्यापक निशान्ता लामाले भने “पत्रमा गरिएको हस्ताक्षर मेरो होइन त्यसबारे मलाई कुनै जानकारी छैन ।” शैक्षिक प्रशासन प्रमुख इन्द्रराज डाँगीले पनि आफूले हस्ताक्षर नगरेको स्पष्ट पारेका छन । प्रेस विज्ञप्तिमा यस घटनालाई तत्कालीन रजिस्ट्रार विरुद्धको राजनीतिक पूर्वाग्रह र षड्यन्त्रपूर्ण चलखेलको रुपमा व्याख्या गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ,‘पूर्व पदाधिकारी पुनः नियुक्त भए पनि आपत्ति छैन । तर संस्था भित्र नक्कली हस्ताक्षर देखाएर गरिएका यस्ता कार्य संस्था विरोधी क्यान्सर हुन् ।’ कर्मचारी समाज द्वरा संस्थामा नियुक्त जोसुकैले पनि संस्थाको मर्म र हितअनुसार काम गर्नुपर्नेमा जोड दिँदै पुनः यस्ता गतिविधि भए कानुनी उपचार खोज्ने चेतावनी दिएका छन । यसैबीच विवादित कागजमा नक्कली हस्ताक्षर गरिएका भनिएका डा. सुबी बस्नेत, डा. रविन खापुङ, सविना मानन्धर, चेतबहादुर रोकाया, निर्मला पहाडी लगायतका कर्मचारी बिदामा रहेको समेत खुलेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र ८ गते आइतवार
प्रतिक्रिया दिनुहोस