जुम्ला । जुम्लामा अन्तर विद्यालय स्तरीय अण्डर-14 फुटबल प्रतियाेगिता सुरु भएकाे छ । जुम्ला जिल्ला फुटबल संघ (एन्फा) काे आयाेजनामा प्रतियाेगिता सुरु भएकाे हाे ।
आईतबारदेखि सुरु भएकाे अण्डर- 14 फुटबल प्रतियाेगिताकाे उद्घाटन गरेका छन् ।
प्रतियाेगितामा जिल्लाभरका २४ वटा टिमकाे सहभागिता रहेकाे एन्फाका उपाध्यक्ष राेसन श्रेष्ठले बताए । उनका अनुसार २४ वटा टिम मध्य १४ वटा छात्र र १० छात्राकाे टिमकाे सहभागिता रहेकाे छ ।
जुम्ला जिल्ला फुटबल संघ (एन्फा) का अध्यक्ष भरत बहादुर बुढ्थापाकाे सभाध्यक्षता र जिल्ला समन्वय समितिका प्रमुख गाैरीनन्द आर्चायकाे प्रमुख आतिथ्यतामा प्रतियाेगिताकाे उद्घाटन गरिएकाे छ ।

उद्घाटन खेल छात्रा तर्फ जेआर कर्णाली बाेर्डिङ र एसिया ईन्टरनेश्नल बाेर्डिङ स्कुलबीच भएकाे छ । नेपाल फूटबल संघ एन्फाकाे वार्षिक कार्यक्रम अनुसार जुम्लामा अन्तर विद्यालय स्तरीय अण्डर-14 छात्र छात्रा फुटबल प्रतियाेगिताकाे आयाेजना गरिएकाे एन्फा जुम्लाका महासचिव दिपेन्द्र विक्रम हमालले जानकारी दिए ।
खेलकाे उद्घाटन शत्रमा जिल्लामा उच्च पदस्थ व्यक्तिहरुकाे सहभागिता रहेकाे छ ।



