जुम्ला । जुम्ला कारागारबाट ३६ कैदी भागेकाे खुलेकाे छ । मंगल राती जुम्ला कागारबाट ३६ जना कैदी भागेकाे प्रहरीले जनाएकाे छ ।
कारागारका नाईके माथि चिर्पट प्रहार गरेर ३६ कैदी मुल गेट ताेडेर भागेकाे बुझिन आएकाे छ । जुम्लाका प्रहरी प्रमुख डिएसपी रविन बाबू रेग्मीले रातकाे समयमा ३६ कैदी भागेकाे बताए । उनका अनुसार फरार कैदीकाे खाेजी कार्य जारी रहेकाे छ ।
झण्डै एक सयबढी कैदी रहेकाे जुम्ला कारागारबाट जेन-जी आन्दाेलनकाे माैका छाेपी ३६ कैदी फरार भएपछि जुम्लामा उच्च सर्तकता अपनाईएकाे छ ।
सुरक्षाकर्मीले मुख्य नाकादेखि गाउँ–वस्तीमा खोजतलासी तीव्र बनाएका छन्। स्थानीय बासिन्दालाई पनि सशंकित गतिविधि देखिए तत्काल खबर दिन आग्रह गरिएको छ। अहिले नेपाली सेनाले कारागार लाई सुरक्षा दिईरहेकाे छ ।
प्रकाशित मिति : २०८२ भाद्र २५ गते बुधवार



